Global Photo bank

Directions Website

Global Photo bank Rajister no : 83350400043862
Sanchar Rajistar Bhagmati Province : 00339/083-084
Pan No : 110477248
Global photo bank is a photo gallery.

All photos are seeing free every time every day.

विश्वका पर्यटकलाई नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु               काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्ग...
06/11/2026

विश्वका पर्यटकलाई नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु


काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्यसहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा ‘ ’ अभियान औपचारिक रूपमा सुरु गरिएको छ ।

डिजिटल प्रविधि, सिर्जनात्मक सामग्री र ऐतिहासिक महत्वका विषयहरु उजागर गरी नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, सम्पदा तथा विविध पर्यटकीय अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्यसहित शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।

नेपाल सरकारको सहकार्यमा नेपाल पर्यटन बोर्ड र टिकटकले आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी थिए । सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने अभियानले नेपालको पर्यटन प्रवर्द्धनसँगै स्थानीय सिर्जनाकर्मी, उद्यमी, व्यवसाय तथा समुदायलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले डिजिटल प्लेटफर्मले विश्वमा पर्यटकीय गन्तव्य चिनाउने परम्परागत शैलीमा परिवर्तन ल्याएको उल्लेख गर्दै यस्ता माध्यमलाई नेपालको पर्यटन, कला, संस्कृति र उद्यमशीलताको प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए ।

उनले भने, “डिजिटल प्लेटफर्मले विश्वले गन्तव्यहरू पत्ता लगाउने तरिकामा परिवर्तन ल्याएका छन् । संसारको एउटा कुनाबाट साझा गरिएको कथाले अर्को कुनामा रहेको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ । हामी टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने सम्भावित दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्छौं ।”

नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार विभागका निमित्त निर्देशक सुनील शर्माले यस सहकार्यलाई नेपालको गन्तव्य प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरे । उनले भने, “यो पहल नेपालको गन्तव्य बजारीकरणको दृष्टिकोण रूपान्तरण गर्ने महत्त्वपूर्ण प्रस्थानबिन्दु हो ।

टिकटकसँगको सहकार्यबाट प्राप्त अनुभवलाई अन्य अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मसँगको सहकार्य विस्तार गर्दै नेपालको दृश्य र अन्तर्राष्ट्रिय पहुँच बढाउन उपयोग गर्ने हाम्रो अपेक्षा छ ।”

नेपाल केवल हेर्ने गन्तव्य नभई अनुभूति गर्ने, आत्मसात् गर्ने र स्मरणमा राख्ने अनुभव भएको उल्लेख गर्दै शर्माले सिर्जनाकर्मीहरूलाई नेपालको सुन्दर दृश्य मात्र नभई यहाँको विविधता, संस्कृति, प्रकृति र स्थानीय समुदायसँगको सम्बन्धलाई समेत आफ्ना सामग्रीमार्फत विश्वसामु प्रस्तुत गर्न आग्रह गरे ।

अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट आएका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव विश्वव्यापी दर्शकमाझ साझा गरिरहेका छन् । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहने कार्यक्रम छ ।

त्यसैगरी, अभियानलाई थप प्रभावकारी बनाउन टिकटकमा छुट्टै ‘ ’ ह्यासट्याग पेज सञ्चालनमा ल्याइएको छ । नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग टिकटकको ‘कोलाब’ फिचरमार्फत सहकार्य गर्दै नेपालको मौलिक पहिचान र स्थानीय दृष्टिकोणलाई प्रवर्द्धन गर्नेछ ।

विभिन्न पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) समेत गरिनेछ ।
टिकटकका मिडल इस्ट, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले यस सहकार्यले नेपालको पर्यटकीय सम्भावना विश्वसामु पुर्‍याउनुका साथै स्थानीय सिर्जनाकर्मी र साना व्यवसायलाई डिजिटल अर्थतन्त्रबाट लाभ लिन सहयोग पुग्ने बताए ।

उनले नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी सामुदायिक विकास, स्थानीय उद्यमशीलता र नेपाली कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने दीर्घकालीन प्रयासका रूपमा अघि बढाउन चाहेको उल्लेख गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्द्धनसम्बन्धी नीति तथा प्राथमिकतासँग जोडिएको यस अभियानले नेपालको अन्तर्राष्ट्रिय बजारीकरणमा सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम र डिजिटल सिर्जनाकर्मीबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ । यसअघि टिकटक र नेपाल पर्यटन बोर्डको सहकार्यमा तीन सयभन्दा बढी स्थानीय पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरी टेलिङ तालिम प्रदान गरिएको

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्र            ...
06/11/2026

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्र


२० कात्तिक, काठमाडौँ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ।

शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा प्रविष्ट गर्न निर्देशन दिएको हो।

विभागद्वारा जारी गरिएको पत्रअनुसार विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र रहेको, सरकारी जग्गा भोगचलनको कागज भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको, ऐलानी तथा प्रति जग्गा लगायत सबै किसिमका जग्गाको विवरण सङ्कलन गरिनेछ।

विद्यालयहरूले इमिसमा (IEMIS) लगइन गरी 'School Profile' अन्तर्गतको 'Management & Others' मा गई जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातका विवरणहरू भरी 'Land Report' मार्फत प्रतिवेदन लिन सक्ने विभागले जनाएको छ।

विद्यालयको जग्गासम्बन्धी समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्न र यसको स्वामित्वलाई सुरक्षित बनाउन यो कदम चालिएको बताइएको छ। यसका लागि सम्बन्धित सरोकारवाला निकाय, संस्था र व्यक्तिहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्न भनिएको छ।

विद्यालयबाट प्रमाणीकरण भई आएका विवरणहरूको एकमुष्ट जिल्लागत प्रतिवेदन आगामी दुई महिनाभित्र विभागमा पठाइसक्न निर्देशन समेत दिइएको छ।

यसरी आएका विवरण अध्ययन गरि सामुदायिक विद्यालयको जग्गा संरक्षणमा आवश्यक कदम चालिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभएको छ।

'हामीलाई कतिपय विद्यालयहरूसँग पर्याप्त जग्गा नभएको तथा केही विद्यालयको जग्गा अन्य निकायहरूको नाममा वा नियन्त्रणमा रहेको गुनासोसमेत प्राप्त भएको छ,' यसबारे थप स्पष्ट पार्दै मन्त्री पोखरेल भन्नुहुन्छ, 'विवरण संकलनका क्रममा कुनै विद्यालयको आफ्नै नाममा जग्गा नभएको वा अन्य निकायहरूसँग रहेको पाइएमा आवश्यक परे मन्त्रिपरिषद्‌बाटै निर्णय गराएर भए पनि विद्यालयहरूलाई जग्गाको पुर्जा नै उपलब्ध गराइनेछ।'

महासंघको सहकार्यमा नेतृत्व विकास सम्बन्धि कार्यशाला सम्पन्न          नेपाल उद्योग वाणिज्य महासंघ र महिला उद्यमी महासंघ न...
06/11/2026

महासंघको सहकार्यमा नेतृत्व विकास सम्बन्धि कार्यशाला सम्पन्न


नेपाल उद्योग वाणिज्य महासंघ र महिला उद्यमी महासंघ नेपालको सहकार्यमा महिला उद्यमीहरूको नेतृत्व क्षमता तथा व्यक्तिगत विकास अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार, काठमाडौंमा नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न भएको छ । एगचउयकभ, एयधभच बलम ल्बचचबतष्खभस् ीभबमष्लन ाचयm ध्ष्तजष्ल(ीभबमभचकजष्उ ाचयm तजभ क्ष्लकष्मभ इगत विषयक उक्त कार्यशाला आत्मचेतना, व्यक्तिगत क्षमता पहिचान, उद्देश्यअनुरूप नेतृत्व विकास तथा व्यावसायिक जीवनमा सकारात्मक प्रभाव सिर्जना गर्ने विषयमा जोड दिइएको थियो । कार्यशालामा ीभ्ऋ ीबध बलम भ्अयलयmष्अ ऋययउभचबतष्यल भ्गच ब्कष्ब न्mदज् की प्रबन्ध निर्देशक तथा जर्मनीको बर्लिनस्थित क्ष्पि च्यबम ऋयललभअत त्इइ भ।ख् का बोर्ड सदस्य कुन्दुज काचिएभाले सहजिकरण गर्नुभएको थियो । कार्यशाला सञ्चालनकै लागि उहाँ जर्मनीबाट नेपाल आउनुभएको थियो । कार्यशालामा व्यक्तिगत उद्देश्यको पहिचान, आफ्ना क्षमता र सम्भावनाको उपयोग तथा आत्मविश्वासका साथ नेतृत्व गर्ने विषयमा छलफल गरिएको थियो । साथै, व्यक्तिगत अनुभव, सोच र दृष्टिकोणले नेतृत्व शैली, निर्णय प्रक्रिया तथा व्यावसायिक सम्बन्धमा पार्ने प्रभावबारे समेत सहजीकरण गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठले उद्यमशीलताको सफलताका लागि व्यावसायिक तथा प्राविधिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, निर्णय क्षमता र नेतृत्व सीप पनि महत्त्वपूर्ण हुने बताउनु भयो उहाँले महिला उद्यमीहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता विकासमा यस्ता कार्यक्रमले सहयोग पुरÞ ्याउने धारणा राख्नु भयो । सो अवसरमा महासंघका द्वितीय उपाध्यक्ष बसन्ती प्रधान तथा महासंघकी प्रथम उपाध्यक्ष सुनिता वैद्यले कार्यशालाको उद्देश्य तथा विषयवस्तुबारे जानकारी दिँदै महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिवृद्धि तथा उनीहरूको व्यावसायिक विकासका लागि महासंघले विभिन्न क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

Chitwan Rhinos Won by 30 Runs
06/11/2026

Chitwan Rhinos Won by 30 Runs

Red Bull Catch
06/11/2026

Red Bull Catch

T20 विश्वकपमा न्यजुलियान्ड विरुद्ध शतक बनाएका युवराज पोखरा एभेन्जर्समा अनुबन्ध                 काठमाडौ। कात्तिक २० गते ।...
06/11/2026

T20 विश्वकपमा न्यजुलियान्ड विरुद्ध शतक बनाएका युवराज पोखरा एभेन्जर्समा अनुबन्ध


काठमाडौ। कात्तिक २० गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले क्यानडाका ब्याटर युबराज सम्रा र युएईका बलर मारुफ मर्चेन्टलाई अनुबन्ध गरेको छ । पोखराले जारी एनपीएलको बाँकी खेलका लागि एसोसिएट राष्ट्रका दुई खेलाडी अनुबन्ध गरेको छ ।

टी२० विश्वकपमा न्युजिल्यान्ड विरुद्ध शतक प्रहार गरेका क्यानडाका युवराज सम्रा ओपनिङ ब्याटर हुन् ।

२० वर्षीय सम्राले क्यानडाका लागि १९ ओडिआई र २० टी२०आई खेल खेलेका छन् । उनले टी२० आईमा १ शतक र ३ अर्धशतकसहित ५८६ रन बनाएका छन् । ओपनिङमा आक्रमक ब्याटिङ गर्ने युवराज सम्राको आगमनले पोखराको टप अर्डरमा सहयोग मिल्नेछ ।

यस्तै २१ वर्षी मारुफ मर्चेन्ट लेगस्पीनर हुन् । उनले केही दिनअघि भएको हङकङ सिक्सेसमा युएईको टिमबाट खेलेका थिए ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यसअघि बंगलादेशका शकिब अल हसन, महेदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंकाका चमिका करुणारत्ने, धनन्जय लक्षण र सदिरा समराविक्रमालाई अनुबन्ध गरेको छ ।
जारी एनपीएलमा पोखराले शुक्रबार चितवन राइनोजसँग आफ्नो चौथो खेल खेल्दैछ

06/11/2026

कला परियोजनाका लागि एक लाख रुपैयाँसम्म अनुदान, ललितकला प्रज्ञा–प्रतिष्ठानले माग्यो प्रस्ताव



काठमाडौं । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले साना, सिर्जनात्मक तथा प्रभावकारी कला परियोजनालाई प्रोत्साहन गर्ने उद्देश्यले कला सङ्घ–संस्थासँग प्रस्ताव माग गरेको छ।

प्रतिष्ठानले ‘पकेट आर्ट प्रोजेक्ट कोल्याबोरेसन’ कार्यक्रमअन्तर्गत खुला आह्वान गरेको हो।

कार्यक्रमअन्तर्गत छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ। यस चरणमा अधिकतम चारवटा परियोजना छनोट गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार प्रतिस्थापन कला (इन्टलेसन आर्ट), फोटोग्राफी, भिडियो आर्ट, डिजिटल आर्ट, पर्फर्मेन्स आर्ट, सार्वजनिक कला तथा अन्य समकालीन प्रयोगात्मक कलासम्बन्धी परियोजनाले प्रस्ताव पेस गर्न सक्नेछन्।

नेपालमा कानुनी रूपमा दर्ता भएका कला सङ्घ–संस्थाले मात्र यस कार्यक्रममा आवेदन दिन पाउनेछन्। प्रस्तावमा संस्थाको परिचय, परियोजनाको अवधारणा, अनुमानित बजेट तथा नेपाल सरकारअन्तर्गतका निकायमा संस्था दर्ता भएको प्रमाणपत्र समावेश गर्नुपर्नेछ।

त्यसैगरी, संस्थाको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ। परियोजनाको अवधारणा आधिकारिक प्रतिनिधिबाट हस्ताक्षरित हुनुपर्ने र संस्थाको वा प्रतिनिधिको सम्पर्क नम्बर तथा इमेल ठेगाना स्पष्ट उल्लेख गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा मौलिकता, सिर्जनशीलता, कलात्मक सान्दर्भिकता, कार्यान्वयनको सम्भाव्यता र समुदायमा पार्ने प्रभावलाई मुख्य आधार बनाइनेछ।

प्रतिष्ठानले आवेदन पेस गर्ने अन्तिम मिति मङ्सिर १४ गते तोकेको छ।

इच्छुक कला सङ्घ–संस्थाले विस्तृत जानकारीका लागि प्रतिष्ठानको आधिकारिक वेबसाइट हेर्न वा सीताभवन, नक्साल, काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी, यात्रुले अब लाइभ फिडबाटै सामानको अवस्था हेर्न सक्ने...
06/11/2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी, यात्रुले अब लाइभ फिडबाटै सामानको अवस्था हेर्न सक्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । सामान आउने प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता सिर्जना हुने गरेको थियो । नयाँ व्यवस्थाले ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

पछिल्लो समय मन्त्री पौडेलले विमानस्थलको सेवा सुधार, प्रविधिको उपयोग र यात्रुको सुविधालाई प्राथमिकतामा दिने कुरामा गम्भीर रुपमा पहल गरेका छन् । यस पहलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ । यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासको रुपमा हेरिएको छ ।

नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड            काठमाडौं । नेपालको मौलिक संस्क...
06/11/2026

नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड


काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई विश्व बजारमा स्थापित गरेर वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन् ।

सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला नेपाल पर्यटन बोर्डले बुधबार बेलुका काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजित ‘वेलनेस टुरिजम इन नेपाल : ग्लोबल पर्स्पेक्टिभ्स एन्ड स्ट्राटेजिक प्रायोरिटिज’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको वेलनेस पर्यटनको पहिचान अरू देशको अवधारणाको नक्कल गरेर नभई आफ्नै मौलिक विशेषताका आधारमा निर्माण गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ निगेल फ्र्याङ्कलिनले नेपालसँग विश्व वेलनेस पर्यटन बजारमा विशिष्ट पहिचान स्थापित गर्न आवश्यक प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक आधार रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी कथा र रणनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने बताए ।

विश्वका प्रतिष्ठित लक्जरी होटल तथा वेलनेस संस्थाहरूसँग काम गरेको दुई दशकभन्दा लामो अनुभव भएका फ्र्याङ्कलिनले नेपालको वेलनेस पर्यटन प्रवर्द्धन गर्दा नेपालको मौलिक पहिचानलाई कमजोर बनाउन नहुने धारणा राखे । “नेपालले वेलनेस पर्यटनको प्रवर्द्धन गर्दा अरू देशको अवधारणालाई जस्ताको तस्तै अपनाउनु स्वभाविक देखिँदैन । नेपालको आफ्नै संस्कृति, आध्यात्मिकता, परम्परा र प्रकृतिसँग जोडिएको जीवनदर्शन छ । विश्व बजारलाई नेपालले आफ्नै कथा सुनाउनुपर्छ । यहाँका मन्दिर, संस्कृति, परम्परा र समुदायसँग जोडिएका अनुभवलाई विश्वसामु पुर्‍याउन सक्नुपर्छ,” फ्र्याङ्कलिनले भने।

उनका अनुसार विश्व पर्यटन बजारमा वेलनेसको माग बढ्दै गएको अवस्थामा नेपालले आफ्नो सांस्कृतिक र आध्यात्मिक सम्पदालाई पर्यटन अनुभवसँग जोडेर नयाँ पहिचान निर्माण गर्न सक्छ । वेलनेसलाई केवल स्पा, मसाज वा आरामसँग सीमित नगरी आत्मिक शान्ति, प्रकृतिसँगको सम्बन्ध, अपनत्व र जीवनशैलीसँग जोडेर प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । उनले विश्वका मानिसहरू बढ्दो व्यस्तता र कोलाहलबाट थकित भइरहेका बेला उनीहरूलाई नेपालको प्राकृतिक र सांस्कृतिक जीवनशैलीसँग जोड्ने अवसर रहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक लक्ष्मण गौतमले नेपालको वेलनेस पर्यटन विकासमा मौलिक सम्पदाको संरक्षण र पर्यटक आगमन वृद्धि तथा पर्यटनबाट प्राप्त हुने आर्थिक लाभबीच सन्तुलन कायम गर्नु मुख्य चुनौती रहेको बताए । “हामी अहिले एउटा विरोधाभासपूर्ण अवस्थामा छौँ । एकातिर हाम्रो प्राचीन सम्पदा, धार्मिक आस्था, संस्कृति र मौलिक पहिचान जोगाउनुपर्ने दायित्व छ भने अर्कोतर्फ पर्यटकको संख्या बढाउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र पर्यटनबाट प्राप्त हुने लाभ विस्तार गर्नुपर्ने आवश्यकता छ । यी दुई पक्षबीच सन्तुलन कायम गर्दै अगाडि बढ्नु आजको मुख्य चुनौती देखिन्छ,” गौतमले भने।

उनका अनुसार वेलनेस पर्यटनको मूल उद्देश्य मानिसलाई आफैँसँग जोडिन, आफ्नो अस्तित्व बुझ्न र आत्मिक शान्ति प्राप्त गर्न सहयोग गर्नु हो । नेपालले आफ्नो संस्कृति, प्रकृति र जीवनशैलीमा निहित यस्ता अनुभवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सक्ने उनले बताए ।

गौतमले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा अझै पनि हिमाल र पर्वतारोहणकै पहिचान बढी स्थापित रहेको उल्लेख गर्दै वेलनेस पर्यटनमा छुट्टै अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न नयाँ मानक आवश्यक रहेको बताए । नेपालले आफ्नो मौलिक विशेषतालाई अन्तर्राष्ट्रिय बजारले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल वेलनेस पर्यटनको विशिष्ट पहिचान, सन् २०२७ को वेलनेस पर्यटन वर्षको तयारी, अन्तर्राष्ट्रिय बजारमा नेपालको ‘पोजिसन’ निर्धारण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यका प्राथमिकताबारे छलफल भएको थियो ।

अन्तरक्रियामा सरकार तथा निजी क्षेत्रका वेलनेस पर्यटन सम्बद्ध संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका प्रतिनिधिहरूले वेलनेस पर्यटनलाई नेपालको समग्र पर्यटन व्यवसायसँग जोडेर विकास गर्नुपर्ने धारणा राखेका थिए । यसका लागि स्पष्ट सन्देश, मौलिक पर्यटन अनुभव र अन्तर्राष्ट्रिय बजार लक्षित प्रभावकारी प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

डब्ल्यूटीएममा नेपाल: भोटेकोशी बाढीको उदाहरण दिँदै पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण       ...
05/11/2026

डब्ल्यूटीएममा नेपाल: भोटेकोशी बाढीको उदाहरण दिँदै पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

बेलायतको लन्डनमा नोभेम्बर ४, २०२६ मा विश्व यात्रा बजार (डब्ल्यूटीएम) को अवसरमा विश्व यात्रा तथा पर्यटन परिषद् (डब्ल्यूटीटीसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन (यूएन टुरिजम) को संयुक्त आयोजनामा सम्पन्न २०औँ डब्ल्यूटीएम मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुँदै पर्यटनमन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको गम्भीर प्रभावबारे नेपालको अनुभव प्रस्तुत गरेका हुन् ।

‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । बेन थम्पसनले सञ्चालन गरेको छलफलमा मन्त्री पौडेलले जलवायुजन्य विपद्का कारण पर्यटन पूर्वाधार र पर्यटकीय सम्पत्तिमा पुग्ने क्षति तथा यसले पर्यटन क्षेत्रको दिगोपनमा पार्ने प्रभावबारे धारणा राखेका थिए ।

उनले भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे । जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिरहेको उनको भनाइ थियो ।

पर्यटनमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सुदृढ संस्थाहरूको सहभागितामा आधारित प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्न सके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उनले उल्लेख गरे ।

सम्मेलनमा सहभागी मन्त्री तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिहरूले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक-निजी सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए ।

Address

Gokarneshwor Manucipality 9 Sunder Tole Panikholsa Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Global Photo bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby photography services