Sirjana Sizzu

Directions Website

Sirjana Sizzu Adventurous Film Maker Sirjana Sizzu is a fearless Nepali travel vlogger who has been exploring remote corners of Nepal since 2020.
(3)

With a background in forestry and a passion for the outdoors, she documents her solo journeys to little-known destinations, sharing her experiences through captivating videos filmed and edited on her phone.

Her YouTube channel has garnered over 100+ subscribers and page with 123+ followers, making her one of Nepal's leading travel content creators. Despite challenges like limited connectivity and monetization hurdles, Sirjana continues to inspire others by venturing into unexplored places and connecting with communities along the way.

जुम्लाका स्याउ खानुभएको छ ? नोट :  मित्रहरु तिहारको भोलिपल्ट देखि हाम्रो SizzEcoCamp ढोरपाटनमा जुम्लाको स्याउ खाना पाउनु...
10/11/2026

जुम्लाका स्याउ खानुभएको छ ?

नोट : मित्रहरु तिहारको भोलिपल्ट देखि हाम्रो SizzEcoCamp ढोरपाटनमा जुम्लाको स्याउ खाना पाउनुहुने छ है ।

10/11/2026

अब गिडी दह घुम्ने पालो तपाइको ।

गिडी दह ...समृद्द जुम्लाको बहार हौ तिमी। ६/७ वर्षअघि एक्लै हिँड्दा लाग्थ्यो, के साँच्चै यी दुःखपीडाले भरिएका पहाडहरूमा म...
06/11/2026

गिडी दह ...समृद्द जुम्लाको बहार हौ तिमी।


६/७ वर्षअघि एक्लै हिँड्दा लाग्थ्यो, के साँच्चै यी दुःखपीडाले भरिएका पहाडहरूमा मान्छे आउलान् त? के हरेक दिन ढोको, नाम्लो, चुलोचौको, लेकबेँसी गर्दै अनेकौँ जिम्मेवारीले थिचिएका स्थानीयहरूले ‘घुम्नुपर्छ है’ भन्ने मेरो अभियान बुझ्लान् त? कतै गाली पो गर्ने हुन् कि, ‘कस्तो काम नपाएर हिँडेकी हो’ भन्ने हुन् कि! कतै मजाक पो उडाउने हुन् कि! यस्ता अनेकौँ सोच मनमा आइरहन्थे, विशेषगरी कर्णालीमा यात्रा गर्दा।

कर्णालीमा ६/७ वर्षअघि रोपेको पर्यटन प्रचारप्रसारको बीउ बल्ल हुर्किएर फूल्न थालेछ।

बीचबीचमा मलजल गर्न र गोडमेल गर्न १०/१२ पटक नै पुगियो। म टाढाको मान्छेले मात्रै गरेर के हुन्थ्यो र! कर्णालीका मान्छेहरूको पर्यटनप्रतिको माया, जोश, जाँगर र उत्साह देखेर कसम, म जति खुसी सायद कोही छैन।

निरन्तरता नै सबैभन्दा ठूलो हतियार रहेछ। यात्रा कहिल्यै रोकिएन, प्रचारप्रसार जारी नै रह्यो।

आज त्यही यात्रामा साथ दिने, सँगै हिँड्नेहरूको लर्को लागेको छ। स्थानीयहरूले पर्यटनका बारेमा यति धेरै बुझिसकेका छन् कि अब यसमा कुनै दुईमत नै छैन।

यसपालि हामी जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको गिडी दहको प्रचारप्रसारमा हिँडेका थियौँ। गिडी खोलाबाट १५ जना स्थानीयसहित हाम्रो यात्रा सुरु भएको थियो।

बाटोमा त्यति धेरै स्थानीय देख्दा म आफैँ रनभुल्लमा परेँ। यो के भइरहेको छ? हामी कहाँ जाँदै छौँ? यति धेरै मानिस कि जडीबुटी टिप्न लेकतिर जाँदा हुन्छ्न कि त तीर्थयात्रामा जाँदा हुन्छ। फेरि यी दुवैको सिजन पनि थिएन।

गिडी खोला बाट हिडेको पहिलो दिन बास बस्न हामी फुल्चौल्या पुग्यौँ। हामि बसेको धर्मशालामा रातिको एक–दुई बजेसम्म पनि मान्छेहरू आउने क्रम जारी नै थियो।

रातारात हिँडेर बिहानै पुग्नेहरू पनि थिए। दोस्रो दिन त जम्माजम्मी २७/२८ जना स्थानीय हामीसँगै हिँड्ने भए।

बाटोमा मलाई यो सपना हो कि विपना जस्तो लागिरह्यो। मैले मेरो टिमका केशव भाई लाई पनि भनेँ, ‘भाइ यार, के हो यस्तो? किन यस्तो उत्साह छ?’

केशव बेला–बेला जिस्काउँथ्यो, ‘तपाईंले चुनाव लड्नुभएको छ, त्यसैले हामी सबै प्रचारप्रसारमा हिँडेका हौँ, हा हा…।’

चुनाव त यो हो नै, तर यसमा हार भने छैन। गन्तव्यमा पुगेर सकुशल फर्किन सक्यौँ भने जित भइहाल्छ। अझै ठूलो जित त त्यतिबेला हुन्छ, जतिबेला हाम्रा पाइला पछ्याउँदै अरू मान्छे पनि ती गन्तव्यसम्म पुग्छ्न र स्थानियले सानो तिनो भएपनि रोजगार पाउँछ्न्।

यो दसैँ–तिहारको कामको चटारो हुने बेला, बच्चाबच्ची, दिदीबहिनी, दाजुभाइहरू यत्रो लेक र जङ्गल काटेर हामीसँगै आउनुभएको थियो।

हेर न, कुनै बेला हामी एक जना स्थानीय गाइडसमेत नभेटेर, बाटो सिकाउने मान्छेसम्म नपाएर सुनसान लेकमा कति डराउँदै हिँड्थ्यौँ। कति उकालाहरूमा पानीको प्यासले प्याकप्याक हुन्थ्यौँ।

आज त्यही बाटोमा उकाली–ओराली र चौतारीमा ‘स्याउ खानुहोस्’ भन्ने मान्छेहरू छन्। ‘कोदोको रोटी नुनसँग खानुहोस्’ भन्नेहरू छन्। त्यही सुनसान जङ्गलभित्र ‘गीत सुन्नु हुन्छ भन्ने मान्छेहरू थिए त्यहि टिममा कविता भन्ने, नाच्ने, र्‍याप सुनाउनेदेखि हँसाउनेसम्म सबै थिए। यति भएपछि यात्रा रमाइलो र यादगार नहुने त कुरै भएन।

तर अझै खुसी त मलाई स्थानीयहरूले पर्यटनलाई बुझेको देखेर लागिरहेको थियो। बाफ रे! यो ५/६ वर्षको अवधिमा कर्णालीका मान्छेहरूले यति धेरै कुरा बुझिसकेछन्। घुम्न आउनेहरूलाई अथाह माया गर्न थालेछन्।

गिडी दहको सुन्दरतामा चुर्लुम्म डुबेर, स्थानीयहरूको माया, साथ र सहयोग बोकेर हामी फर्कियौँ।

तपाईंहरूका लागि एउटा भिडियोकोसेली बोकेर आएका छौँ। त्यो कोसेली अझै मिठो तरिकाले पस्किन केही समय लाग्नेछ। धैर्य गर्नुहोला है।

यदि तपाईंले हाम्रो Sirjana Sizzu युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छ भने यो भिडियोकोसेली सिधै तपाईंको मोबाइलमा आइपुग्नेछ।

अन्त्यमा, कर्णालीका ती तमाम स्थानीय दाजुभाइ, दिदीबहिनीहरूलाई मनैदेखि धन्यवाद। तपाईंहरूको माया, साथ र उत्साह नै हाम्रो यात्राको सबैभन्दा ठूलो उपलब्धि हो।

यो यात्रालाई उचाईमा पुराउन गिडी दहलाई संसार भर चिनाउन कुनै पनि कसुर बाँकि नराख्ने तातोपानी गा . पा ४ का वडा अध्यक्ष अ्मर रोकाय सर , गिडी दह पर्यट्न प्रचार प्रसार समिति र तातोपानी गा .पा परिवारलाई धेरै धेरै धन्यवाद ।

पर्यटनको बीउ रोप्न समय लाग्छ, हुर्काउन निरन्तरता चाहिन्छ र फूल्न स्थानीयको साथ चाहिन्छ।

माया कर्णाली ❤️

05/11/2026

गिडी दह तातोपानी ४. जुम्ला नेपाल !!
Explore an Amazing New Destination.

03/11/2026

लागियो है मित्रहरु जुम्लाको तातोपानी गाउँपालिका ४ मा रहेको गिडि दह !!

02/11/2026

Namaste from Jumla❤️

01/11/2026

यो स्वर र शब्द लेखन दुबैलाई सम्मान !
कर्णाली ❤️

Good morning from Rakam Karnali
30/10/2026

Good morning from Rakam Karnali

Congratulations Dilchan Pun New venture Buki Gear
27/10/2026

Congratulations Dilchan Pun
New venture Buki Gear

Address

Greater London

Alerts

Be the first to know and let us send you an email when Sirjana Sizzu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby photography services