03/27/2026
प्रचण्डले विश्वासको मत नपाएपछि प्रधानमन्त्री पदबाट पदच्युत हुनुपर्यो र त्यस लगत्तै केपी शर्मा ओलीले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। सामाजिक सञ्जाल निर्बाध रूपमा चलिरहेकै छन्। विदेशमा रहेका आफ्ना सन्तानहरूलाई बाआमाले निर्बाध रूपमा मेसेन्जरमा फोन गर्न पाइरहेकै छन्।
भदौ २३ गते केटाकेटीहरूले भ्रष्टाचार हो कि के हो भन्ने विषयमा माइतीघर मण्डलामा सानो भेला गर्ने रहेछ। त्यस्तो भेला केटीहरूको भात पकाई खेल हो भनेर प्रधानमन्त्रीले व्यंग्य गर्नुभयो, किनकि प्रधानमन्त्रीलाई थाहा थियो चैत १५ को जसरी दबाउन सकिन्छ भनेर। तर पनि कोमल मनका धनी प्रधानमन्त्रीले आन्दोलन हुनुभन्दा एक घण्टा अगाडि नै आन्दोलनकारीहरूलाई वार्तामा बोलाउनुभयो र आफूले आन्दोलनकारीहरूको माग सम्बोधन गर्ने, आफू घमण्डी नहुने, भ्रष्टाचार नगर्ने र गर्न नदिने भनेपछि सबै आन्दोलनकारीहरू त्यस दिन घर फर्किए। स्थिति सामान्य नै भयो।
भोलिपल्ट भदौ २४ गते पार्टीको सम्मेलन सकेर प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै दैनिक कामकाजमा फर्किनुभएको छ। गृहमन्त्री रमेश लेखक भिजिट भिसा ढाकछोप गर्न यताउति दौड गरिरहनुका साथै आफ्नो दैनिक गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहनुभएको छ। यता नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्ना प्यारा दाजु–भाउजुलाई रिजाउनका लागि कहिले बुढानिलकण्ठ, कहिले पार्टी कार्यालय धाइराख्नुभएको छ।
रवि लामिछाने पनि नख्खु कारागारमा अदालतको आदेश कुरिरहनुभएको छ। उता बालेन आफ्नो महानगरको दैनिक कामकाज राम्रो ढंगले गरिरहनुभएको छ। सुनिता डङ्गोल ज्यूले फेरि स्टन्टले देश बन्छ? स्टन्टले देश बन्दैन भनेर भाषण दिइरहनुभएको छ। सुधन गुरुङ आफ्नै समाज सेवाको काममा व्यस्त हुनुहुन्छ।
नेपालीहरू दैनिक ३–४ हजार जनाको हाराहारीमा एयरपोर्ट जाने आउने क्रम भइरहेकै छ। राजीव खत्री र जगदीश खरेलले टेलिभिजनमा खबरदारी गरिरहेका छन्। न्यायालय र अख्तियारमा घुसका ठूला–ठूला डिलहरू भइरहेकै छन्। जनतामा चरम निराशा उतिकै व्याप्त छ। वाइडबडी, एनसेल, गिरीबन्धु, पोखरा एयरपोर्ट, ललिता निवास, छाया सेन्टर, ओम्नी, भुटानी शरणार्थी काण्ड लगायतका थुप्रै काण्डहरू कसरी ढाकछोप गर्न सकिन्छ भनेर नेताहरूको छलफल भइरहेकै छ।
संसद भवनमा अनपढहरूको रोइलो छ, सर्वोच्च अदालतमा ढिलो भए पनि सुनुवाइ भइरहेकै छ। सिंहदरबारमा भ्रष्टाचारीहरूको मिटिङ चलेकै छ, सरकारी कर्मचारीहरू टेबलमुनि हात छिराउँदै छन्।
यता आज चैत्र 13 गते शेरबहादुर देउवा प्रधानमन्त्री बन्न गिद्धले सिनो ढुकेर बसेजस्तै बसेर, प्रधानमन्त्री बन्दा लगाउनका लागि कोट सिलाउन नोकर–चाकरलाई अर्डर गरिराखेका छन्। फेरि आर्जु भाउजु चाहिँ अब फर्स्ट लेडी बन्ने भन्दै मख्ख छिन्। भ्रष्टाचारीहरू र दलालहरू यता मख्ख परिरहेकै छन्। केपी ओलीमा दुई तिहाइको दम्भ छँदैछ।
अनि म झल्यास्स बुझिएँ। अनि समाचार पढे
"B***n Shah प्रधान मन्त्री मा नियुक्त"
अनि मनमनै सोचेँ, क्या नराम्रो सपना अनि क्या राम्रो विपना। फेरि निराश हुँदै सोचेँ, सपनै हुनु थियो भने त्यो ७६ जनाको मृत्यु भएको पनि सपना भएको भए नि हुन्थ्यो नि।
फेरि भूपी शेरचनलाई सम्झिएँ —
“हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए।”
आज ठ्याक्कै त्यही भयो…
मुलुक बन्ने अवस्थामा गयो।
हार्दिक बधाई बालेन दाइ।
✍️ Aman Tiwari