हाम्रो वालिङ राम्रो वालिङ

  • Home
  • Nepal
  • Waling
  • हाम्रो वालिङ राम्रो वालिङ

हाम्रो वालिङ राम्रो वालिङ हाम्रो वालिङ राम्रो वालिङ 🤗
यो पेज मार्फत वालिङ को बारेमा बिभिन्न update हरू समावेश गरिने छ🙏

वालिङ मा पर्यटक भित्र्याउन निम्ति र वालिङलाई सबैनेपालिहरु सहझै चिन को लागि खोलिएको पेज हो।।

वालिङमा ग्यास अभाव : एक पसलमा ५० सिलिन्डर ग्यास आउँदा करिब ३०० जनाको नाम टिपोट हुने गरेको छ। ग्यासको माग अत्यधिक भए पनि ...
18/08/2026

वालिङमा ग्यास अभाव : एक पसलमा ५० सिलिन्डर ग्यास आउँदा करिब ३०० जनाको नाम टिपोट हुने गरेको छ। ग्यासको माग अत्यधिक भए पनि आपूर्ति न्यून हुँदा उपभोक्ता समस्यामा परेका छन्।

स्याङ्जाको गल्याङ नगरपालिका–३ आमिलाखरकबाट साउन २९ गते रातिको समयमा चोरी भएको लु प्र.०१–००४ प २४१८ नम्बरको मोटरसाइकल प्रह...
18/08/2026

स्याङ्जाको गल्याङ नगरपालिका–३ आमिलाखरकबाट साउन २९ गते रातिको समयमा चोरी भएको लु प्र.०१–००४ प २४१८ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारेको छ।

चोरी भएको मोटरसाइकल साउन ३१ गते पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दी खोलामा फेला पारिएको हो। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी आज मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ।

मोटरसाइकल हस्तान्तरण गर्दै गल्याङ प्रहरी प्रमुख याम बगालेले चोरीका घटनामा प्रहरीको निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइने बताउनुभयो।

नाग पञ्चमीको अवसरमा वालिङ–१०, भकुण्डे शिवालय मन्दिर मा कृतन
17/08/2026

नाग पञ्चमीको अवसरमा वालिङ–१०, भकुण्डे शिवालय मन्दिर मा कृतन

17/08/2026

नाग पञ्चमीको अवसरमा वालिङ–१०, भकुण्डे शिवालय मन्दिर मा

वालिङमा लाखे नाच सुरनाग पञ्चमीको अवसरमा वालिङ–९, भूम्रेमा नेवा समाजको परम्परागत लाखे नाच सुरु भएको छ। 🥁✨
17/08/2026

वालिङमा लाखे नाच सुर

नाग पञ्चमीको अवसरमा वालिङ–९, भूम्रेमा नेवा समाजको परम्परागत लाखे नाच सुरु भएको छ। 🥁✨

बोलबम टोलीको सामाजिक कार्य : बालिकाको उपचारका लागि रु. ४४ हजार ५०० सहयोग 🙏जुम्लाको तिला गाउँपालिका–४ घर भई वालिङमा मजदुर...
17/08/2026

बोलबम टोलीको सामाजिक कार्य : बालिकाको उपचारका लागि रु. ४४ हजार ५०० सहयोग 🙏

जुम्लाको तिला गाउँपालिका–४ घर भई वालिङमा मजदुरी गर्दै आउनुभएका प्रकाशनाथ योगीकी १८ महिने छोरी रेजिनाको उपचारका लागि बोलबम समितिले रु. ४४ हजार ५०० आर्थिक सहयोग गरेको छ।

घरको छतबाट खसेर घाइते भएकी बालिकाको टाउकोमा ३२ वटा टाँका लगाइएको छ। बोलबम यात्रामा सहभागीहरूले संकलन गरेको रकम समितिका अध्यक्ष दिपेन्द्र तिवारीसहितको टोलीले बालिकाका बुवा प्रकाशनाथलाई हस्तान्तरण गरेको हो।

सहयोगी सबैमा हार्दिक धन्यवाद तथा बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना। 🙏❤️

17/08/2026

श्री सरस्वति माध्यामिक विधालय,वालिङ -१३खानिडाँडा उदियाचौर ❤️ Shiva Bhattarai सबिना सारू मगर Sum Man Gaihre Sangeeta Pathak

🙏 नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🌿 #नागपञ्चमी  #शुभकामना
17/08/2026

🙏 नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🌿

#नागपञ्चमी #शुभकामना

झरि पछिको वालिङ बजार❤️
16/08/2026

झरि पछिको वालिङ बजार❤️

नेपाल आदर्श क्याम्पसका प्राध्यापक तथा नेपाल आदर्श माध्यमिक विद्यालयका मा.वि. तह इन्चार्ज शिवलाल गौतमको हृदयघातका कारण आज...
16/08/2026

नेपाल आदर्श क्याम्पसका प्राध्यापक तथा नेपाल आदर्श माध्यमिक विद्यालयका मा.वि. तह इन्चार्ज शिवलाल गौतमको हृदयघातका कारण आज बिहान असामयिक निधन भएको छ।
अत्यन्तै लगनशील, सहयोगी तथा मिलनसार स्वभावका गौतमको निधनले विद्यार्थी, सहकर्मी तथा विद्यालय परिवारमा शोक छाएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौ।

Address

Syangja
Waling
08

Telephone

+9779815148730

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो वालिङ राम्रो वालिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो वालिङ राम्रो वालिङ:

Shortcuts

Share

Category