20/04/2026
स क्ह्रोँए क्ल्हेप्री समुह बनकट्टाको मुटुमा अझै ताजा रहेको घाउ फेरि बल्झिएको छ। ११ दिनको छोटो अन्तरालमै, हाम्रो आफ्नै स्व. दर्पण तमुका प्रिय बजै आमा हिरा माया तमुस्यो लाई पनि गुमाउनु परेको यो क्षण शब्दले व्यक्त गर्न नसकिने पीडादायी बनेको छ।
१९९६/०३/०८ मा जन्मिएकी उहाँले २०८३/०१/०६ बिहान यस संसारबाट बिदा लिनु भयो। दर्पणसँग जोडिएको स्मृतिहरू अझै ओझेलमा जान नपाउँदै, उहाँको बजै आमा हिरा माया तमुस्यो को यो असमायिक बिछोडले हामी सबैलाई पुनः स्तब्ध बनाएको छ।
दर्पण र उहाँको परिवारसँग जोडिएका हरेक सम्झनाहरू अहिले झन् भारी बनेका छन्। नाताको गहिराइ, मायाको उचाइ, र सँगै बिताएका पलहरू आज आँसु बनेर झरिरहेका छन्। एउटै परिवारमाथि छोटो समयमा परेको यो दोहोरो चोटले हाम्रो समुहलाई नै शोकमग्न बनाएको छ।
स्व. दर्पण तमु र उहाँकी बजै आमा हिरा माया तमुस्यो — तपाईंहरू हाम्रो मन र सम्झनामा सधैं जीवित रहनुहुनेछ। तपाईंहरूले छोड्नुभएको माया, आत्मीयता र सम्झनाहरूले हामीलाई सधैं एकजुट बनाइरहनेछ।
यस कठिन घडीमा हामी सम्पूर्ण स क्ह्रोँए क्ल्हेप्री समुह बनकट्टा, शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौं।