Routine of Band Surkhet

07/08/2026

लाइन बस्नुका धेरै फाइदाहरू पनि छन् । 😌

• नयाँ साथी बनाउने र नयाँ मान्छे चिन्ने मौका मिल्छ ।
• धैर्य गर्ने बानी बस्छ ।
• निःशुल्क खुट्टाको Exercise हुन्छ ।
• मोबाइलको ब्याट्री लामो समय टिक्छ अनि मोबाइलको आयु लामो हुन्छ ।
• आफ्नो अगाडि कति जना छन् भनेर गन्दा Math को अभ्यास हुन्छ ।
• घाममा उभिदा प्रसस्त भिटामिन D पाइन्छ ।
• एकै ठाउँमा घण्टौँ उभिँदा ध्यान (Meditation) गरेजस्तो अनुभव हुन्छ ।
• लाइनमा भएका मान्छेसँग गफ गर्दा Communication Skills बढ्छ ।
• लाइनमै चिनजान हुन्छ, Love पर्छ, अनि कुरा बिहेसम्म पनि पुग्न सक्छ ।
• काम बनेपछि ठुलै उपलब्धि हासिल गरेको जस्तै खुसी लाग्छ ।

अरु थप्दै जाम् । of Band Surkhet

 #संशोधित परीक्षा तालिका सार्वजनिक :४ बर्ष स्नातक तह प्रथम बर्षको यहि मिति २०८३ साउन १८ र १९ गते सञ्चालन हुने भनिएको परी...
01/08/2026

#संशोधित परीक्षा तालिका सार्वजनिक :
४ बर्ष स्नातक तह प्रथम बर्षको यहि मिति २०८३ साउन १८ र १९ गते सञ्चालन हुने भनिएको परीक्षा हाल देशमा विद्यमान दु:खद् परिस्थितिलाई मध्य नजर गरि विशेष कारणबस १८ र १९ गतेको परीक्षा केही पर सारिएकको छ ।
!सम्पुर्ण विषयका परीक्षा मिति परिमार्जन गरिएको भने होईन ।

...शान्ति, एकता र सामाजिक सद्भाव नै नेपालगन्जको पहिचान! 🤝आज नेपालगन्जमा बाँके सिडियो, नगर प्रमुख, विभिन्न धर्मगुरु तथा स...
01/08/2026

...शान्ति, एकता र सामाजिक सद्भाव नै नेपालगन्जको पहिचान! 🤝

आज नेपालगन्जमा बाँके सिडियो, नगर प्रमुख, विभिन्न धर्मगुरु तथा सर्वसाधारणको उपस्थितिमा ‘नागरिक स्तरीय बृहत् सामाजिक सद्भाव र्‍याली २०८३’ बिपी चोकदेखि वीरेन्द्र चोकसम्म भव्य रूपमा सम्पन्न भएको छ।

आपसी भाइचारा र सामाजिक सहिष्णुता सधैँ कायम रहोस्!

सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक जना १२ वर्षको गणेश यादबको मृत्यु भएको र अर्का एक जना गम्भीर घा...
30/07/2026

सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक जना १२ वर्षको गणेश यादबको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको बताइएको छ। घटना पछी गोलबजार क्षेत्रमा जिल्ला प्रशासनबाट कर्फ्यु जारी। 🙏😭

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्तकर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाल कम्युनिष्ट प...
29/07/2026

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता मङ्गलबहादुर शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीले मंगलबार शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको नियुक्तिपत्रमार्फत जानकारी दिएका हुन्।

सुर्खेतको मंगलगढी चोकमा रहेको नेपाली सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित श्री रिपुमर्दिनी पेट्रोल पम्प औपचारिक रूपमा सञ्...
28/07/2026

सुर्खेतको मंगलगढी चोकमा रहेको नेपाली सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित श्री रिपुमर्दिनी पेट्रोल पम्प औपचारिक रूपमा सञ्चालनमा आएको छ।

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर: - कार, भ्यान, पिकअप, ट्या...
27/07/2026

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर:

- कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन (काठमाडौं आउँदा रु. ६५, जादा रु. ६०)
- मिनी बस, मिनि टिपर/ट्रक (काठमाडौं आउँदा ११५, जादा रु. ८०)
- बस, ट्रक (काठमाडौं आउँदा रु.२६०, जादा रु. २००)
- मल्टी एक्सल ट्रक, सवारीसाधन, भारी उपकरण (काठमाडौं आउँदा रु. ६००, जादा रु. २५०)

रेफ्रीका निर्णयहरू ‘मिलोमतोपूर्ण’ भएको दाबी गर्दै विश्वकप फाइनल पुनः खेलाउन माग गरिएको एक ज्ञापनपत्रमा अर्जेन्टिनाका ८० ...
24/07/2026

रेफ्रीका निर्णयहरू ‘मिलोमतोपूर्ण’ भएको दाबी गर्दै विश्वकप फाइनल पुनः खेलाउन माग गरिएको एक ज्ञापनपत्रमा अर्जेन्टिनाका ८० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् । एक्स्ट्रा टाइममा फेरान टोरेसले गरेको एक मात्र गोलको मद्दतले स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको थियो । लियोनल मेसीले आँसुका साथ बिदाइ लिँदा अर्जेन्टिनी टोली शोकमग्न भयो र मैदानमा खेलाडीहरूबीच केहीबेर तनावपूर्ण स्थिति समेत सिर्जना भएको थियो ।

त्यसयता स्पेनले ट्रफी मड्रिड लगिसकेको छ भने अर्जेन्टिनी प्रशंसकहरूले ‘न्याय’का लागि आफ्नै पहल सुरु गरेका छन् ।

गिसेला सान्चेज नामक एक समर्थकले ‘चेन्जडट ओआरजी’मा एउटा निवेदन दर्ता गर्दै रेफ्रीको कडा आलोचना गरेकी छिन् र खेल पुनः खेलाउन माग गरेकी छिन् ।

हाल ८२,००० हस्ताक्षर पुगेको उक्त निवेदनको पृष्ठमा उनले लेखेकी छिन्, ‘अर्जेन्टिना र स्पेनबीचको हालैको फाइनल खेल रेफ्रीको विवादास्पद र भ्रष्ट प्रदर्शनले धमिलिएको छ । भिडियो प्रमाणहरूका अनुसार, खेलको नतिजा प्रभावित पार्न रेफ्री बिकेका थिए । यो खेलाडी, प्रशिक्षक र विशेष गरी ती प्रशंसकहरूका लागि एउटा ठूलो धोका हो, जो खेल मैदानमा प्रतिभा र समर्पणका आधारमा निर्णय भएको हेर्न चाहन्छन्, न कि रेफ्रीको मिलोमतोमा ।’

उनले थप लेखेकी छिन्, ‘यदि हामीले यस्तो विश्वव्यापी मञ्चमा भ्रष्टाचारलाई बेवास्ता गर्‍यौं भने, यसले भविष्यका खेलाडी र प्रशंसकहरूका लागि नराम्रो उदाहरण पेश गर्नेछ । त्यसैले, हामी फिफालाई यी घटनाहरूको गम्भीरता र पारदर्शिताका साथ समीक्षा गर्न र यस पटक ‘भ्रष्ट रेफ्री’को प्रभावबिना फाइनल खेल पुनः खेलाउन विचार गर्न आग्रह गर्दछौँ ।’

एक समर्थकले लेखेका छन्, ‘फाइनल पुनः खेलाइयोस्, उनीहरू यस्तो अन्यायको हकदार थिएनन् ! न्याय हुनैपर्छ !’ आयोजकहरूका अनुसार जुलाई १९ मा बन्द हुनुअघि उक्त विपक्षी निवेदनमा करिब २ करोड ९० लाख हस्ताक्षर संकलन भइसकेको थियो ।

Congratulations Spain 🎉🎉👏👏2026 Fifa World Cup Winner 👏👏
20/07/2026

Congratulations Spain 🎉🎉👏👏
2026 Fifa World Cup Winner 👏👏

🏆🇦🇷⚔️🇪🇸 The Final the football world has been waiting for.A legend chasing one more unforgettable chapter. 🌟A fearless y...
19/07/2026

🏆🇦🇷⚔️🇪🇸 The Final the football world has been waiting for.

A legend chasing one more unforgettable chapter. 🌟
A fearless young star ready to create his own legacy. ✨

Messi vs Yamal.
Argentina vs Spain.
One trophy. One champion. Eternal glory awaits. 🏆🔥

💬 Who lifts the FIFA World Cup 2026 trophy tonight?
❤️ Argentina | 👍 Spain

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Band Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category