Our Sunsari .Com

Our Sunsari .Com Offcial facebook Page of
www.OurSunsari.com

गाँजा तस्करीमा भेटियाे भारतीय नम्बरको एम्बुलेन्स ,१४८ किलाे गाँजा सहित २ भारतीय पक्राउसुनसरी प्रहरीले चतराबाट तेह्रआरडी ...
05/05/2026

गाँजा तस्करीमा भेटियाे भारतीय नम्बरको एम्बुलेन्स ,१४८ किलाे गाँजा सहित २ भारतीय पक्राउ
सुनसरी प्रहरीले चतराबाट तेह्रआरडी तर्फ आउँदै गरेकाे भारतीय नम्बर प्लेटकाे एम्बुलेन्सबाट १४८ किलाे गाँजा बरामद गरेकाे छ ।
सुनसरी प्रहरीका अनुसार चेकिङ टाेली देखेर भागेकाे एम्बुलेन्सलाई पिछा गरी नियन्त्रणमा लिइएकाे हाे । प्रहरी गाँजा सहित दुई भारतीय नागरिकलाई लिइएको जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक भारत सुपाैलका धर्मेन्द्र कुमार यादव र गाडीमा सवार साेही स्थानका माे.सदाम रहेका छन् ।

इनरुवा नगरपालिकामा ३९० घण्टे कम्प्युटर तालिम कक्षा शुरुइनरुवा नगरपालिकाको आयोजना र नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च से...
05/05/2026

इनरुवा नगरपालिकामा ३९० घण्टे कम्प्युटर तालिम कक्षा शुरु
इनरुवा नगरपालिकाको आयोजना र नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर इनरुवाको प्राविधिक सहयोगमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ३९० घण्टे कम्प्युटर तालिमको कक्षा सञ्चालनमा आएको छ।
आज आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख केदार भण्डारी र नगर उपप्रमुख बिनिता कुमारी मेहताले तालिम सहभागीहरूसँग भेटवार्ता गर्नुभयो। उहाँहरूले सहभागीहरूले गुणस्तरीय सिकाइ हासिल गरी तालिम पश्चात सीपयुक्त उज्ज्वल भविष्य निर्माण गर्न सक्ने शुभकामना व्यक्त गर्नुभयो।
नगरपालिकाले तालिम कार्यक्रमले स्थानीय युवाहरूलाई प्राविधिक सीप प्रदान गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

05/05/2026

घाइते महिलाले दु:ख दिएकाे भन्दै अदालत जाने वडा अध्यक्षकाे तयारी । रकम बार्गेनिङ गरेकाे आराेप ।
उपचार अभावमा घाइते महिला माइतीघरमा धर्ना बसेकाे र उद्धार गरी उपचारमा लगिएकाे विषय मिडियामा छाएपछि इनरूवा ६ का वडा अध्यक्षले पत्रकार सम्मेलन मार्फत आफ्नाे धारणा राखेका छन् ।
साे क्रममा उनले सवारी दुर्घटना,घाइतेकाे अवस्था, उपचार, घटना उपरकाे जारी कानुनी प्रकृया सहित विकसित पछिल्लो घटनाक्रम बारे आफ्नाे कुरा राखेका छन् ।
उनले प्रशासनमा सहमति भेैसक्दा समेत मुद्दा उचालेर बदनाम गराउने काम भएकाे प्रति आपत्ति जनाउँदै न्यायकाे माग सहित अदालत जाने बताएका छन् ।
#सुमनथापा #इनरूवानगरपालिका #अध्यक्ष #वडानम्बर६ #सवारीदुर्घटना #घाइतेधर्ना #मानहानीकाेतयारी ***n #जिल्लाप्रशासनसुनसरी

03/05/2026

जुन सञ्चार क्षेत्रले देशमा लाेकतन्त्र स्थापित गर्न सक्छ भने सञ्चार बािराेधी सरकारलाई पनि ढाल्न सक्छ: पत्रकार इकबाल अहमद

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दीप प्रज्वलन इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–१ लोकतान्त्रिक चोकमा विश्व ...
03/05/2026

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दीप प्रज्वलन
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–१ लोकतान्त्रिक चोकमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र पत्रकारिताको महत्त्व तथा लोकतन्त्रमा प्रेसको भूमिकाबारे चर्चा गरिएको समेत गरिएकाे थियो। सहभागीहरूले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
विश्वभर प्रेस स्वतन्त्रताको महत्त्वलाई उजागर गर्न, पत्रकारहरूको अधिकारको संरक्षण गर्न तथा स्वतन्त्र अभिव्यक्तिको वातावरण सुदृढ बनाउन हरेक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ।
उक्त दिवस सन् १९९३ मा संयुक्त राष्ट्र संघ को महासभाले आधिकारिक रूपमा घोषणा गरेपछि विश्वभर मनाउन थालिएको हो।

03/05/2026

अपहरणकाे नाटककाे आराेप लागेपछि छाेरा समेत आए मिडियामा । मामाकाे डिजाइनमा बाबुआमाले फसाउन खाेजेकाे लगाए आराेप। आफु निर्दाेष रहेकाे गरे दाबी ।।
पत्रकार सम्मेलनमा बुहारीले सासु-ससुरा र परिवारका सदस्य उपर लगाइन दाइजाेकाे नाममा मानसिक यातना समेत दिएकाे आराेप । प्रहरीमा समेत जानकारी गराएकाे भन्दै निष्पक्ष छानबिनकाे गरिन उनले माग ।
#भाेक्राहाकाेघटना #अपहरणभनिएकाेघटना
#यसअघि बहिनीले पत्रकार सम्मेलन गरी दाजुले सम्पत्ति हत्याउन सुनियोजित घटना बुनेकाे आराेप लाउँदै पत्रकार सम्मेलन गरेकी थिइन । #त्यसपश्चात बाबुआमाले पत्रकार सम्मेलन गर्दै दाजुभाईसँगकाे मिलेमताेमा स्वयं छाेराले अपहरणकाे नाटक रचेकाे आराेप लगाउँदै आफुहरूमाथिकाे आराेप झुटाे भएकाे बताएका थिए । #पेचिलाेबन्दै #घटना #प्रहरीकाे गहिराे अनुसन्धान जरुरी । #यतासुनसरीप्रहरीले घटनाकाे सूक्ष्म अनुसन्धान जारी रहेकाे जनाएको छ । #सुनसरीप्रहरी

03/05/2026

दाइजोकाे लागि ससुरालीबाट बारम्बार यातना भेग्दै आइरहदा श्रीमानलाई ससुराली पक्षले अपहरण गरि भारत पुर्याएपछि तबसुम खातुन आइन् मिडियामा ।

इतिहास आज...सुनसरी सदरमुकाम इनरुवा-२ लक्ष्मीनारायण चा‌ैक स्थित रहेकाे श्री लक्ष्मीनारायण मन्दिर स्थापना गर्ने व्यक्तिहरु...
02/05/2026

इतिहास आज...
सुनसरी सदरमुकाम इनरुवा-२ लक्ष्मीनारायण चा‌ैक स्थित रहेकाे श्री लक्ष्मीनारायण मन्दिर स्थापना गर्ने व्यक्तिहरु हरिलाल मेहता,संजय यादव,रघुनन्दन मेहता, विन्देश्वर साह थिए ।
एैलानी जग्गामा केही मानिसहरूले अतिक्रमण गरि केही संरचना बनाउन खाेजेपछि उनिहरुले गाउँकाे आवश्यकता अनुसार उनिहरुले फुसकाे घरमा माटाको मूर्त बनाएर मन्दिर स्थापना गरेका थिए । तत्कालीन अवस्थामा साे मन्दिरकाे पुजारी साेही स्थानका फुलेश्वर यादव थिए ।

प्रहरीलाई कम्प्युटर तालिमइनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले ग्यालेक्सी कम्प्युटर पोइन्ट इनरुवासँगको सहकार्यमा विभि...
02/05/2026

प्रहरीलाई कम्प्युटर तालिम

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले ग्यालेक्सी कम्प्युटर पोइन्ट इनरुवासँगको सहकार्यमा विभिन्न शाखामा कार्यरत प्रहरी कर्मचारीका लागि ३ दिने कम्प्युटर क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ।

तालिममा कम्प्युटरको आधारभूत तथा उन्नत ज्ञान भएका प्रहरी कर्मचारीलाई सहभागी गराई उनीहरूको सीप थप निखार्ने लक्ष्य राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यस तालिमले कर्मचारीको क्षमता वृद्धि गर्नुका साथै दैनिक कार्यसम्पादनलाई अझ सहज र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

सुनसरीका पत्रकार  इकवाल अहमदले श्रम संस्कृति  पार्टीमा औपचारिक रूपमा प्रवेश गरेकाे छ । अहमदलाई श्रम सस्कृति पार्टीका केन...
02/05/2026

सुनसरीका पत्रकार इकवाल अहमदले श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेकाे छ । अहमदलाई श्रम सस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले धरानकाे चिण्डे डाडामा आयाेजना गरेको श्रम शिविरमा पार्टीको सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन ।

वहाँलाई क कस्ले चिन्नुभयाे?विगत लामाे समयदेखि जिल्ला अस्पतालमा बस्दै आउनुभएको छ वहाँ ।
02/05/2026

वहाँलाई क कस्ले चिन्नुभयाे?
विगत लामाे समयदेखि जिल्ला अस्पतालमा बस्दै आउनुभएको छ वहाँ ।

02/05/2026

Address

Inaruwa Sunsari
Sunsari

Alerts

Be the first to know and let us send you an email when Our Sunsari .Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Sunsari .Com:

Share