Aux Studio

Aux Studio Hello Guys. Welcome to My Official page

28/04/2026
सशस्त्र प्रहरीको गुण्डागर्दी...सिमा सुरक्षा गुल्म माडर सिरहाका डिएसपी बिजय हमालले भारतीय नम्बर प्लेट बाईकमा आएर सर्वसाधा...
27/04/2026

सशस्त्र प्रहरीको गुण्डागर्दी...
सिमा सुरक्षा गुल्म माडर सिरहाका डिएसपी बिजय हमालले भारतीय नम्बर प्लेट बाईकमा आएर सर्वसाधारणलाई दु:ख दिएको भन्दै अहिले माडरको अवस्था तातेको छ ।
माडरमा व्यापारीहरु संग रकम लिएर तस्करी गराएको उनी माथी आरोप छ ।
#गृहमन्त्रालय

28/03/2026

शासकीय सुधारसम्बन्धी सरकारका १०० कार्यसूची सार्वजनिक

वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले विभिन्न मन्त्रालयसम्बन्धित निर्णय गरेको थियो । जसअन्तर्गत २४ भदौको घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने र १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्नेलगायतका छन् ।
यी हुन् केहि महत्वपूर्ण बुँदा:
- भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने
- ०४८ यताका उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र अधिकार्सम्पन्न समिति गठन गर्ने
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत बेड निःशुल्क गरिने
- विद्यालय र विश्वविद्यालयबाट दुई महिना दिनभित्र दलीय विद्यार्थी संगठन हटाउने
- विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने
- पासपोर्ट, नागरिकता, लाइसेन्स लगायतका सेवा घरमै पुर्‍याउने व्यवस्था आगामी सय दिनभित्र लागू गर्ने
- सेवा प्रक्रियालाई Faceless, समयबद्ध र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने
- निर्वाचनमा सहभागी सबै दलका घोषणापत्रमा समावेश कार्यान्वयनयोग्य विषय समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने
- सात दिनभित्रै संविधान संशोधनको बहस थालिने

बालेन सरकारका शासकीय सुधार सम्बन्धी १०० कार्यसूची छोटकरीमा :-१. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।२. स...
28/03/2026

बालेन सरकारका शासकीय सुधार सम्बन्धी १०० कार्यसूची छोटकरीमा :-

१. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
२. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
३. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
४. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
५. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
६. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
७. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
८. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
९. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
१०. सेवा प्रवाह सरल र छिटो बनाइने।
११. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
१२. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
१३. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
१४. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
१५. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
१६. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
१७. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
१८. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
१९. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
२०. नागरिक सेवा केन्द्र स्थापना गरिने।
२१. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
२२. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
२३. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
२४. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
२५. हेलो सरकार प्रणाली सुधार गरिने।
२६. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
२७. सरकारी कागजात घरमै पुर्‍याइने।
२८. डिजिटल प्रणाली सुदृढ बनाइने।
२९. डेटा एकपटक मात्र संकलन गरिने।
३०. एप र पोर्टल सरल बनाइने।
३१. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
३२. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
३३. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
३४. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
३५. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
३६. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
३७. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
३८. डिजिटल नियामक निकाय स्थापना गरिने।
३९. IT संरचना एकीकृत गरिने।
४०. IT सम्बन्धी कानून बनाइने।
४१. डिजिटल आर्किटेक्चर तयार गरिने।
४२. Betting एप बन्द गरिने।
४३. सम्पत्ति छानबिन समिति गठन गरिने।
४४. सुशासन केन्द्र सुधार गरिने।
४५. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
४६. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
४७. सदाचार नीति लागू गरिने।
४८. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
४९. आयोजना व्यवस्थापन सुधार गरिने।
५०. e-procurement प्रणाली लागू गरिने।
५१. परियोजना सहजीकरण कानून ल्याइने।
५२. सडक आयोजना समयमै पूरा गरिने।
५३. लगानी प्रक्रिया सरल बनाइने।
५४. परियोजनाको लगानी मोडेल तय गरिने।
५५. एकद्वार लगानी प्रणाली लागू गरिने।
५६. Startup प्रक्रिया छिटो बनाइने।
५७. SME ऋण सहज बनाइने।
५८. व्यवसाय दर्ता एकीकृत गरिने।
५९. रोजगार र सीप केन्द्र बनाइने।
६०. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
६१. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
६२. अपराधीमाथि कडा कारबाही गरिने।
६३. प्रभावित व्यवसायलाई राहत दिइने।
६४. PM Delivery Unit स्थापना गरिने।
६५. लगानी संस्थाहरू एकीकृत गरिने।
६६. साना उद्योग दर्ता सरल बनाइने।
६७. डेटा आदानप्रदान प्रणाली बनाइने।
६८. CSR रकम केन्द्रित गरिने।
६९. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
७०. ढुवानी अवरोध हटाईने ।
७१. पारदर्शी लगानी वातावरण बनाइने।
७२. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
७३. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
७४. ऊर्जा क्षेत्र सुधार गरिने।
७५. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
७६. जलाधार संरक्षण गरिने।
७७. शहरी विकास कानून ल्याइने।
७८. निष्क्रिय स्रोत प्रयोग गरिने।
७९. e-billing अनिवार्य गरिने।
८०. कर प्रणाली सुधार गरिने।
८१. कोषहरू एकीकृत गरिने।
८२. खानी क्षेत्र सुधार गरिने ।
८३. भन्सार प्रणाली सुधार गरिने।
८४. धरौटी रकम उपयोग गरिने।
८५. स्वास्थ्य सेवा सुधार गरिने।
८६. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
८७. परीक्षा परिणाम समयमै निकालिने।
८८. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
८९. कक्षा ५ सम्म परीक्षा हटाइने।
९०. कृषि क्षेत्र सुधार गरिने।
९१. सुकुम्बासी समस्या समाधान गरिने।
९२. सार्वजनिक जग्गा संरक्षण गरिने।
९३. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
९४. CIB लाई प्रविधियुक्त बनाइने।
९५. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
९६. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
९७. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
९८. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
९९. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
१००. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

29/11/2025
24/11/2025

धेरैलाई लाग्छ—‘नेपाली’ हुनु एउटा पुरानो, स्थिर र स्वाभाविक सत्य हो। तर इतिहास भन्छ, हाम्रो पहिचान त्यति सरल छैन। यो शक्ति, धर्म, राजनीति र विद्रोहले बनेको लगातार बदलिँदो कथा हो।

विश्लेषक सीके लाल को पुस्तक ‘नेपाली हुनलाई’ मा आधारित भएर, यहाँ नेपाली पहिचानबारे पाँच महत्वपूर्ण सत्य प्रस्तुत छन्—जो सुन्दा आश्चर्य लाग्न सक्छ।



१. ‘असिल हिन्दुस्थाना’: राज्यभन्दा पहिले धार्मिक परियोजना

पृथ्वीनारायण शाहको ‘एकीकरण’ केवल सैन्य अभियान मात्र थिएन। त्यो भारतमा बढ्दै गएको मुगल-इस्लामिक प्रभावबाट सुरक्षित एक ‘शुद्ध हिन्दुस्तान’ बनाउने धार्मिक–राजनीतिक परियोजनासमेत थियो।
उनीहरूको सफलतामा पण्डित, जोगी, सन्यासीहरूको अनौपचारिक गुप्तचर सञ्जाल ले ठूलो भूमिका खेलेको थियो।



२. ‘वफादार गोरखाली’: वीरताको कथा ब्रिटिसले निर्माण गरेको

हामीले गौरव गर्ने ‘गोर्खाली’ पहिचानलाई ब्रिटिस साम्राज्यले आफ्नो सैन्य आवश्यकताका लागि संस्थागत बनायो।
१८५७ पछि उनीहरूले बफादार लडाकु खोजे—र गोर्खालीलाई अलग “लडाकु जाति” का रूपमा तयार गरियो।
राणाहरूको स्वार्थ र ब्रिटिस रणनीतिले गोर्खाली पहिचानलाई एउटा राजनीतिक उत्पादन बनायो।



३. महेन्द्रको ‘एक देश, एक भेष’: माथिबाट थोपरिएको राष्ट्रवाद

पञ्चायतकालको राष्ट्रवाद कुनै स्वतः विकसित विचार थिएन।
राजा महेन्द्रले पहाड–हिन्दू–राजतन्त्रात्मक संस्कृतिलाई राष्ट्रिय पहिचान का रूपमा थोपरे।
शिक्षा, रेडियो, पोशाक, भाषा—सबैलाई एउटै मोडेलमा ढालेर विविधतामाथि पर्दा हालियो।



४. विद्रोहहरू: नयाँ पहिचानको जन्म

माओवादी युद्ध र मधेस आन्दोलन केवल राजनीतिक द्वन्द्व थिएनन्।
यी आन्दोलनहरूले एकल नेपालीपन को पुरानो ढाँचालाई तोडे—र बहुजातीय, बहुभाषिक वास्तविकतालाई केन्द्रमा ल्याए।
अब एक मानिस नेपाली पनि हुन सक्छ र थारू/मधेसी/मगर पनि—दुवैमा कुनै विरोध छैन भन्ने सोच स्थापित भयो।



५. ‘नेपालीपन’ बाट ‘नेपालियता’: भविष्यको बाटो

सीके लालले दुई शब्दबीचको ठूलो फरक देखाउनुहुन्छ:
• नेपालीपन (Nepalipan): सांस्कृतिक पहिचान—जुन विश्वभर राख्न सकिन्छ।
• नेपालियता (Nepaliyeta): राजनीतिक पहिचान—राज्य, नागरिकता र साझा भविष्यमा आधारित।

हामीलाई अब राज्यको नागरिकतामा आधारित, समावेशी र बहुल पहिचानतर्फ अघि बढ्न आवश्यक छ।



निष्कर्ष

नेपाली पहिचान कुनै स्थिर शिलालेख होइन।
यो पृथ्वीनारायण शाहदेखि महेन्द्रको राष्ट्रवाद र त्यसलाई चुनौती दिने विद्रोहहरूसम्म—निरन्तर बदलिँदो कथा हो।

आज पुरानो मोडेल भत्किँदै छ, नयाँ पूरा बनेको छैन।
अहिलेको ठूलो प्रश्न—अब हामी कुन कथा लेख्ने?

04/10/2025
10/07/2024

Address

Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Aux Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category