15/05/2026
पुरानो रिसिबिका कारण नुवाकोटमा दुई दाजुभाइ ह'त्या, भरुवा बन्दुकले गोलि हा'नेर मा''रिएको खुलासा, ज्यान लिने ६ जना ब'न्दुकसहित पक्राउ ।
काठमाडौं । नुवाकोटमा दुई दाजुभाइको ह'त्या प्रकरणमा प्रहरीले आधा दर्जन व्यक्तिलाई प'क्राउ गरेको छ। म्यागङ गाउँपालिका–४ किम्ताङका ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको ह'त्या आरो'पमा ६ जनालाई निय'न्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार स्थानीय धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइला सहितलाई प'क्राउ गरिएको हो। चार जनालाई हिजै निय'न्त्रणमा लिइएको थियो भने घट'नाका मुख्य अभियुक्त मानिएका धने र माइलालाई बिहीबार बिहान पौने ६ बजे धादिङको खनियाँबास गाउँपालिका–५ भिरवनबाट पक्रा'उ गरिएको प्रहरीले जनाएको छ। मंगलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्केका समराज र सूर्यमानको श'व हिजो बिहान किम्ताङ खोलामा ढुंगाले छो'पेर लुकाइएको अवस्थामा फेला परेको थियो। दुवै श'व पो'ष्टमार्टमका लागि त्रिशुली अस्पताल पठाइएको छ।
प्रारम्भिक अनुसन्धानमा पुरानो रिसिबिका कारण भरुवा बन्दुक प्रहार गरी दाजुभाइको ह'त्या गरिएको खुलेको प्रहरीले जनाएको छ। घ'टनास्थलबाट प्रहरीले खु'कुरी, तीन वटा भरुवा ब'न्दुक र एउटा मोटरसाइकल समेत ब'रामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।💔😥