07/07/2019
अधुरो... लेखन यात्रा लगभग सकिनै आँटेको छ,विगत छ/सात महिना यता जागिरको समय बाहेक सबै समय यसैलाई दिँदै आएको छु, अधुरो अर्थात मैले हाल लेखिरहेको उपन्यास|
"उपन्यास?", "म यो के सुन्दैछु?", "उपन्यास, त्यो पनि नाथुरामले...?!" हो तपाईहरुलाई यस्तै अचम्म नलाग्ला भनेर म भन्दिन् | किनकी मेरो अनुभव,उमेर,योग्यता,क्षमता आदि कुराले उपन्यास त के कुरा, चार हरफबाट बन्ने मुक्तक पनि लेख्छु भन्दा कसैले बिस्वास गर्दैनन् सायद, तर उपन्यास लेखन जस्तो कामको जोखिम उठाएको छु| आज भन्दा करिब दुई बर्ष अगाडी एउटा साथीले मेरो डायरी पढेर भनेको थियो, "नाथुराम, तिम्रो लेखन शैली राम्रो छ,तिमी किन एउटा उपन्यास लेख्दैनौँ?" "उफ्, मजाक पनि अलि राम्रो गर न, यार|" "म अनि उपन्यास?" मैले हाँस्दै उसलाई जवाफ दिएको थिए| मेरो पढाई पनि लगभग त्यति खेर देखि नै अौपचारिक रुपमा रोकिएको थियो| तर मेरो स्व-अध्ययन भने निरन्तर जारी नै थियो,अहिले पनि छ, र मलाई लाग्छ जिन्दगी भरि नै चलिरहन्छ, त्यसपछि म गुल्मीबाट घर फर्किए,साथमा महत्वपुर्ण केही किताबहरु,केही उपन्यासहरु, अन्य राम्रा थुप्रै पुस्तकहरू लिएर, अन्य कामहरु बाहेकको समय सबै पुस्तक पढन खर्चिन थाले,बढी त उपन्यासहरु पढेँ| हो त्यही समय देखि उपन्यासतिर म केन्द्रित हुन् थाले| उपन्यासमा मेरो यस्तो लगाव बस्यो कि मैले पनि एउटा उपन्यास लेख्ने प्रयास गर्ने निर्णय लिए|
उपन्यास पढेको अनुभव पहिलो भने थिएन,सानै छँदा #देवसिँह सेन ठकुरीले लेखेको उपन्यास #अधुरो सपना यस्तै केही नामको किताब पढेको थिए,कक्षा सातमा पढदा #जगदिश घिमिरेको आख्यान #सकस, लगायत अरु पुस्तकहरु पढेको थिए,जस्तै भूई फूलको देश आदि,कक्षा आठमा पढ्दा #बुद्धिसागरको #कर्णाली ब्लुज,युवा लेखक #सुविन भट्टराईको उपन्यास #समर लभ, #कृष्ण धारावासी,दिवान सिँह राई, #नारायण वाग्ले लगायतका किताबहरु थुप्रै पढेँ| कोर्षका किताबहरु बाहेक उपन्यास,पत्रपत्रिका,सामान्य ज्ञान तथा अन्य रचनाहरुलाई समय दिन्थेँ, गणितका हिसाबहरु,बिज्ञानका थेउरीहरु भन्दा नेपाली बिषयको पिरियडमा साहित्यकारहरुको जीवनी पढदा खुसी मिल्थ्यो, तत्कालिन महेन्द्र उच्च मा.बि,हालको महेन्द्र नमूना माध्यमिक बिद्यालयले प्रकाशन गर्ने #शैल सन्देश नामक कितावमा आफ्ना रचनाहरु प्रकाशित गर्थे, (कथा, भत्किएको जिन्दगी),(लेख,नेपालमा कृषि क्रान्तिको खाँचो) लगायतका रचनाहरु छापिएका थिए| खुबै रुची थियो साहित्य क्षेत्रमा,सानै देखि स्वभाव पनि त्यस्तै,महेन्द्रमा पढ्दा हाम्रो उपन्यास पढ्ने समुह नै बन्यो बिशाल पन्थी,दिपक भन्डारी,अञ्जन श्रेष्ठ,अनु तन्डन(दिदि),साबित्री खत्री(दिदि) लगायतका,हामी सबै मिलेर उपन्यास किन्थ्यौँ र पालै पालो पढ्थ्यौं| अच्युत घिमिरेको श्रूति संबेग लगायत अन्य थुप्रै रेडियो कार्यक्रमहरु सुन्थेँ| अहिले त्यी दिनहरु सम्झिदा अति रमाइलो लाग्छ|
यी सबै कुराहरु छोडौँ, यति लामो आफ्ना बिगतहरु लेख्नु र सुनाउनु जरुरी थिएन र म चाहान्न पनि थिँए| तर बिगतका मेरा केही अत्यन्तै भावनात्मक, बियोगान्त र केही तस्विरहरु सहितको स्टाटसको बारेमा मेरो भलो चाहनेहरु,आफन्तजनहरु र केहि मेरो समस्यामा मनमनै हाँस्ने आदरनीय मनहरुको प्रश्नको जवाफको एकमुष्ठ रुपमा उत्तर दिन यो कुरा लेख्नै पर्ने आवस्यकताको महशुस गरेँ| मैले सुरुवातमै उपन्यास लेखिरहेको कुरा त अवगत गराईहाले| युवाहरुप्रति लक्षित उपन्यास,प्रेम र जीवनका कठिनाईलाई मुख्य बिषय बनाई लेखिरहँदा कहानीमा कतै बालापनका रमाइला क्षण,कतै अभाव, कतै उमेर अवस्थासँगै प्रेममा मिठो मिलनको पल त कतै बियोगान्त बिछोडका पलहरु समेत्नु पर्दा पात्रहरुलाई मैले न्याय गर्नै पर्दथ्यो,रोदन भर्नु पर्दथ्यो,द्वन्द्व भर्नु पर्दथ्यो, पढ्नेलाई पनि त्यसैमा हराउने बनाउने प्रयास गर्नु पर्दथ्यो जसका लागि सुरुमा आफैलाई लेखिरहेको बिषयले प्रभावित पार्नु पर्दछ,आफैलाई प्रभावित पारेन भने अरुलाई प्रभावित पार्न सकिदैन भन्ने मेरो मान्यता हो| आफैलाई प्रभावित पार्न त्यो कुरा आफैलाई परेको जस्तो महशुस गर्नु पर्यो,केहि असल र खराब दुबै खाले मानिसहरुको संगत गर्नु पर्ने हुन्छ,र मैले गरे पनि मुख्य कुरा त के भने मैले अनुभव नगरेको कुरा धुम्रपान र मद्यपान गर्ने केहि मानिसहरुको संगत गरेको र तिनीहरुको क्रियाकलाप,बडिल्यागंवेज आदिको गहिरो अध्ययन,र नक्कल गरेको छु | कतिपय ठाँऊमा गाली खाँए, फेसबुकमा नानाथरी फोटो र बियोगान्त स्टाटसहरु लेखिरहेँ किनकी त्यसबाट मलाई शसक्त लेखनको लागि ठूलै सहयोग मिलिरहेको हुन्थ्यो | पात्रमा आफै डुबेर लेख्दा धेरै पटक आफै रोएको छु, चित्त नबुझेर लेख्दिन भन्दै पानाहरु च्यातेर मिल्काएको पनि छु, कतै राम्रा शब्दहरुको लाईन बन्दा खुशीले एक्लै हाँसेको पनि छु | सुबिन भट्टराई लगायत अन्य थुप्रै नेपाली लेखकहरु देखि भारतीय लेखक चेतन भगत,अग्रेजी लेखक पाउल्हो कोहेल्लोको किताबहरु खोजी खोजी पढेको छु|
अनत्यमा तयारी लामो समय देखि भएता पनि छ/सात महिना यता निरन्तर यसैमा समय ब्यातित गरिरहेको छु| यसै क्रममा मैले केहि स्टाटस र तस्बिरहरु पोष्ट गर्दै गर्दा धेरैले प्रशन गर्नु भएको छ,कतिले गाली पनि गर्नु भएको छ,कति साथीहरुले त बोलाउन र संगत पनि छोड्नु भएको छ, सबै भन्दा मुख्य कुरो त मेरो नियत माथि आशंका गरिएको मात्रै हैन मेरो पारिवारिक सम्बन्ध,दाम्पत्य सम्बन्ध र ब्याक्तिगत आचरणलाई बिषय बनाएर खुबै छलफल र कुरा काटिन्छ रे! जे-जसो भएता पनि यसको प्रत्यक्ष फाईदा म आफैले लिएको छु| यो लेखन यात्रा पुस्तक बनेर तपाईहरुसम्म आईपुग्ला नपुग्ला तर मलाई आत्मसन्तुष्टि,लेखनमा निखारता,अध्ययनशिल,जीवनका समस्याहरु केलाउन सक्ने क्षमताको बिकाश जस्ता फाईदाहरु मिल्नेछ| तपाईहरुले जस्तो सोचे पनि,जस्तो अड्कल काटे नि|
धन्यवाद! तपाईहरु सबै जनालाई ज-जसले मलाई असल मार्गनिर्देश गर्नु भयो| यो लेखबाट कसैको आत्मसम्मानमा चोट पर्न गएको भए क्षमा चाहान्छु|
- नाथुराम बुढा मगर