Sabina

Sabina Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabina, Photographer, Pumdikot, Pokhara.
(4)

स्वागत छ यहाँलाई मेरो Profile सम्म घुम्दै आइपुग्नु भएकोमा 🙏 यहाँका पोस्टहरु सकेसम्म स्वास्थ्य बर्दक,ज्ञान बर्दक, हुनुका साथै भरपुर मनोरञ्जनात्मक बनाउने मेरो प्रयास रहनेछ,कृपया शुद्ध मन लिएर प्रवेश गर्नुहोला ।
धन्यवाद 🙋‍♀️

02/09/2026

स्वस्थ रहन शरीर जति दुखाए पनि फाइदा छ 🤗कृपया मन नदुखाउनुहोला 🙏

नोट: यसो फुर्सद भयो कि मोबाइलमा मात्रै झुन्डिनु भन्दा थोरै समय स्वास्थ्यमा पनि लगानी गर्न सकिन्छ भन्ने उद्देश्यले मात्रै यो भिडियो राखिएको हो 🤗
अन्य अर्थ नलागोस् ल ✅

fans

शीतल बतास, सफा आकाश, वसन्तको यो याम, पालुवा पलाए झैँ मनमा पनि, झुल्कियो खुसीको घाम✅ प्रकृतिसँग मितेरी लगाउँदै, रमाउँदै छ...
02/09/2026

शीतल बतास, सफा आकाश,
वसन्तको यो याम,
पालुवा पलाए झैँ मनमा पनि,
झुल्कियो खुसीको घाम✅

प्रकृतिसँग मितेरी लगाउँदै,
रमाउँदै छिन् यी नारी,
बोटबिरुवा र फूलहरू बीच,
देखिन्छिन् साह्रै प्यारी✅

हृदयका सारा खुसीहरू आज,
ओठैमा सजिएका छन्,
नयाँ रहर र नयाँ उमङ्गले,
पाइलाहरू अघि बढेका छन्✅

शुभ प्रभात 🙏☕️


fans

वर्षौंको प्रतीक्षापछि भूमिहीन नागरिकहरूले नयाँ सरकारबाट बल्लतल्ल लालपुर्जा पाउन थालेका थिए उहाँहरू आफ्नो सुरक्षित ओतको ख...
01/09/2026

वर्षौंको प्रतीक्षापछि भूमिहीन नागरिकहरूले नयाँ सरकारबाट बल्लतल्ल लालपुर्जा पाउन थालेका थिए उहाँहरू आफ्नो सुरक्षित ओतको खुसी साट्दै गरेको त्यो पल, थप अर्को बज्रपा त आइलाग्यो देशलाई 😭 रसुवा, नुवाकोटको त्रिशुली बजार, धादिङ, चितवन हुँदै बगेका नदीले देशै रुवायो 😭
तिब्बतबाट रसुवा, भोटेकोशी हुँदै त्रिशुली र नारायणी पुगेर महाविपत्तिको रापले खरानी बनाइदियो। एकातर्फ आफ्नो जमिनको मालिक बनेकाहरूको खुसी थियो भने अर्कातर्फ घर, धनसम्पत्ति र व्यापारले भरिपूर्ण त्रिशुली र रसुवा बजारका सम्पन्न बासिन्दाहरूले क्षणभरमै सबथोक र आफ्ना प्रिय परिवारका सदस्यसमेत गुमाउनुपरेको कहालीलाग्दो दृश्य थियो।

अकल्पनीय रूपमा भएको यो भीषण विध्वंसले बस्तीहरूलाई निमेषभरमै चिहानमा परिणत गर्दा चारैतिर हाहाकार मच्चियो। सर्वस्वसहित परिवार नै गुमाउनुपरेको यो अकल्पनीय पीडाले सम्पूर्ण मानव जीवनको असहायतालाई उदाङ्गो पारेको छ। हराइरहेका हजारौं नागरिक कहिलेसम्म सम्पर्कमा आउलान् जीवित छन् वा छैनन् भन्नेसम्म अत्तोपत्तो अझै लागेको छैन।
यस संकटको घडीमा कुनै पनि प्रकारको राजनीतिक दाउपेच वा भेदभाव गर्ने छुट कसैलाई छैन। पीडामा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको आँशु पुछ्न र उनीहरूलाई पुनर्जीवन दिन अब सिङ्गो देश एक हुनुपर्छ। त्यसैले हामी सबैले मिलेर आआफ्नो ठाउँबाट सकेको सहयोग गरौं, विपत्तिमा राजनीति नगरौँ र तेरो मेरो नभनी मानवीय धर्म निभाऔँ।

शुभ दिन 🙏
fans

हजुर चाहिँ कुन उमेर समूहमा पर्नु भयो कुन्नी 🤔आज यसो सर्वेक्षण हेरेको मेरा पोष्टहरू पढ्ने महिला साथीको सङ्ख्या 👉 ५% 👉 पुर...
31/08/2026

हजुर चाहिँ कुन उमेर समूहमा पर्नु भयो कुन्नी 🤔
आज यसो सर्वेक्षण हेरेको मेरा पोष्टहरू पढ्ने महिला साथीको सङ्ख्या 👉 ५%
👉 पुरुष ९४% 👉अन्य १% =१००% हुनुहुँदो रहेछ, भने उमेर समूहमा ३५/४४ अग्रता कायमै....😁🤪

fans

दैवी प्रकोप को पीडामा मल्हम सट्टा मजाक 👇माननीय हर्क साम्पाङद्वारा खुल्ला आह्वान 👉 जो जो हराउनुभएको छ उहाँहरुले कारण सहित...
31/08/2026

दैवी प्रकोप को पीडामा मल्हम सट्टा मजाक 👇
माननीय हर्क साम्पाङद्वारा खुल्ला आह्वान 👉 जो जो हराउनुभएको छ उहाँहरुले कारण सहित तुरुन्तै SMS गर्नुहोला 🙏🤪😁

fans

दुःखद खबर 😭😭धेरैजनाले रिपोर्ट गरेपछि हर्क साम्पाङको Facebook पेज Suspend  हुन लागेको छ। तपाईले रिपोर्ट त गर्नु भएको छैन ...
31/08/2026

दुःखद खबर 😭😭
धेरैजनाले रिपोर्ट गरेपछि हर्क साम्पाङको Facebook पेज Suspend हुन लागेको छ। तपाईले रिपोर्ट त गर्नु भएको छैन नि ?
कृपया त्यसो नगरिदिनुहोस् 🙏 कहिलेकाहीँ अन्टसन्ट जेजे बोलेपनि उहाँ एउटा राष्ट्रिय दलको अध्यक्ष तथा जननिर्वाचित माननीय हुनुहुन्छ।

fans

मुस्कान त केवल,ओठको एउटा सजावट मात्र हो,वास्तविक कथा त,आँखाका गहिराइहरूले भन्छन्🫰 नपत्याए मेरो आँखामा नियालेर हेर्नुहोस्...
31/08/2026

मुस्कान त केवल,ओठको एउटा सजावट मात्र हो,वास्तविक कथा त,आँखाका गहिराइहरूले भन्छन्🫰
नपत्याए मेरो आँखामा नियालेर हेर्नुहोस् 😁
शुभ प्रभात ☕

🙏

fans

Address

Pumdikot
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Sabina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category