Sabina

Directions Website

Sabina Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabina, Photographer, Pumdikot, Pokhara.

स्वागत छ यहाँलाई मेरो Profile सम्म घुम्दै आइपुग्नु भएकोमा 🙏 यहाँका पोस्टहरु सकेसम्म स्वास्थ्य बर्दक,ज्ञान बर्दक, हुनुका साथै भरपुर मनोरञ्जनात्मक बनाउने मेरो प्रयास रहनेछ,कृपया शुद्ध मन लिएर प्रवेश गर्नुहोला ।
धन्यवाद 🙋‍♀️

 #गजलसाथीसङ्गीको प्रगति हेर्दाहेर्दै,कति छिटो आफू पछि परेछु—थाहा भएन!जिम्मेवारीको भारी थियो काँधमा यति धेरै,भोलि गर्छु भ...
05/10/2026

#गजल
साथीसङ्गीको प्रगति हेर्दाहेर्दै,
कति छिटो आफू पछि परेछु—थाहा भएन!
जिम्मेवारीको भारी थियो काँधमा यति धेरै,
भोलि गर्छु भन्दाभन्दै ढलेछु—थाहा भएन।।

छानीछानी थुपारेका थियौं आफैंले सपनाहरू,
ब्युँझिदा त सारा महल ढलेछ—थाहा भएन।
रङ बदल्ने यो दुनियाँको भीडभाडमा एक्लै,
आफ्नै छायाँसँग पनि बिछोड परेछु—थाहा भएन।।

साँझ पर्‍यो, झिलीमिली बत्ती बले शहरमा,
जीवनको यो कालो रात टलेछ—थाहा भएन।
थकाइ मारेर अलिकति बस्छु मात्र के भनेको थिएँ,
सत्यै आँखा सधैंलाई बन्द भएछ—थाहा भएन।।

शुभ रात्री 🙏
#दशैं #आयो fans

एता गजेडीले नशाको तालमा लालपुर्जा बाडेछ । यो उछिट्टिएर आएको कसैको कृपाले प्रधानमन्त्री भएकोलाई एसरी बाड्न हुँदैन भन्नेनै...
05/10/2026

एता गजेडीले नशाको तालमा लालपुर्जा बाडेछ । यो उछिट्टिएर आएको कसैको कृपाले प्रधानमन्त्री भएकोलाई एसरी बाड्न हुँदैन भन्नेनै हेक्का कहाँबाट होस्🤗 प्रमुख: सल्लाहाकार कुमार दाजुको रोजाइ त ऐला ब्रान्ड नै थियो, आजकल कुन ब्रान्ड पिउनुहुन्छ कुन्नी 🤔
पोशाक चाहिँ चेक सट हो अस्ति पनि देखेको .. तर राम्रो सल्लाह दिनै जान्नुहुन्न।

यसरी भोट बैङ्क न सुकाईदेउ Balen दाइ 🙏
अलि अलि राख्देउ अरुलाई पनि ..काम कम बोल्ने बढि गर । यहाँ कामको भन्दा बोलिको बिस्वास गर्ने कार्यकर्ता पनि छन तिनको पनि टोल समाजमा राम्रै इज्जत छ 🤗
त्यो २०१५ सालको घोषणापत्रमै उल्लेख थियो भनेर अहिलै जान्ने पल्टेर किन भन्नुपरेको 🤔🤔
कोही कोहीले माटोलाई माया गर्नुपर्छ भनेको भनेकै छन् ..कोही कोहीले अमेरिका कहिले बनाउ छन् भनेर भोक न तिर्खा भाका छन्

fans
Gopal Niroula

खल्लो दशैँ........खै, कसरी सुरु गरौं यो दशैँ? दशैँ त आँगनमै आइसक्यो, तर यो मनलाई कसरी खुसी बनाउनु?आज प्रायः हरेक घरका सद...
05/10/2026

खल्लो दशैँ........
खै, कसरी सुरु गरौं यो दशैँ? दशैँ त आँगनमै आइसक्यो, तर यो मनलाई कसरी खुसी बनाउनु?

आज प्रायः हरेक घरका सदस्यहरू देश बाहिर छन्। कसैका बुवा, कसैका छोरा, कसैका श्रीमान् त कसैका बुहारीहरू रोजीरोटीको खोजीमा साउदी अरब, मलेसिया, कतार, दुबई, ओमान, कुवेत—जताततै परदेशको भूमिमा पसिना बगाइरहेका छन्। घरमा चाडपर्व आए पनि सँगै चाड मनाउने आफ्ना मान्छेहरू टाढा परदेशमा छन्, जसले गर्दा हरेक घरका आँगनहरू सुनसान र अधुरा बनेका छन्।

यसैबीचमा, बाढी र पहिरोको दर्दनाक विपत्तिमा परेर हजारौं दाजुभाइ तथा दिदीबहिनीहरू घरबारविहीन भएका छन्। जसले आफ्नो सर्वस्व गुमाए, उनीहरूको आँसु अहिलेसम्म सुकेको छैन। अझ विडम्बना त यो छ कि, विपत्तिले बगाएर लैजाँदा कतिपय प्रियजनहरूको लासको अत्तोपत्तोसमेत छैन। जिउँदो वा मृत शरीर भेटिने कुनै टुंगो नभएपछि, दशैँ रोकिने भयो, चाडको जुठो पर्ला वा कर्म गर्नुपर्ला भनेर आफन्तहरूले कुशको लास बनाएर दाहसंस्कार गर्न बाध्य छन्। अहिले उनीहरू त्यही कुशको लासलाई साक्षी राखेर किरियापुत्री बस्न, काजक्रिया गर्न र खास्टो ओढेर बस्न विवश छन्।

घरबारसहित परिवारका सबै सदस्यहरू गुमाएकाहरू आज खुला आकाशमुनि रित्तो हात बाँचिरहेका छन्। कतिपयका घरमा त यी सब विपत्ति देख्ने कोही आफ्ना छैनन्, घरका मुख्य मान्छेहरू परदेशमा छन् त कोही यस धर्तीबाट अस्ताइसकेका छन्। चाडपर्वको खुसी साट्ने घर र परिवार नै बाँकी नभएपछि, आफन्तको लासको टुंगो नभएर कुशको लास जलाउनुपर्ने यो कहालीलाग्दो पीडा बोकेर यो मन कसरी खुसी हुन्छ? रगत र आँसुले भिज्एको यो दशैँ इतिहासकै सबैभन्दा बढी खल्लो र नरमाइलो बनेको छ।
हामीले चाडपर्व मनाउनै हुन्न भन्ने होइन। घरपरिवार साथमै हुनेहरूले आफ्नै घरभित्र सामान्य रूपमा मनाउनुहोस्, परिवारसँग रमाइलो गर्नुस्। तर, दायाँबायाँ टोल-छिमेकमा कुनै पनि किसिमको तडकभडक र चर्को रमाइलो नगर्नुहोस्। किनकि, हाम्रै छिमेकीहरू अहिले रोइरहेका छन्। सँगै रहेका, सुखदुःखमा साथ दिनुपर्ने परिवारहरू आज पीडामा छन्। उनीहरूको यो मर्माहत अवस्था र आँसुका सामु हामी कसरी खुला रूपमा नाच्न र रमाइलो गर्न सकौला र? कृपया, उहाँहरूको पीडाप्रति केही समवेदना र लचकता अपनाइदिनुहोस्।

वास्तवमा, एउटा छिमेकीलाई दुख्दा अवश्य पनि अर्को छिमेकी रुनुपर्छ, र एक जना छिमेकी रोएको देख्दा अर्को छिमेकीले धाप मारेर सान्त्वना दिनुपर्छ। यही नै हाम्रो साँचो मानवीय धर्म र छिमेकीको कर्तव्य हो।

#दशैं #आयो #तर #खल्लो fans

उसले बडो उत्सुकतापूर्वक सोध्दै थियो😁 तिम्रो उचाइ कति छ 🤔मैले सोचे यिनको गणित कमजोर रहेछ। यति दिनसम्म देखिरहेको हेरिरहेको...
05/10/2026

उसले बडो उत्सुकतापूर्वक सोध्दै थियो😁
तिम्रो उचाइ कति छ 🤔
मैले सोचे यिनको गणित कमजोर रहेछ। यति दिनसम्म देखिरहेको हेरिरहेको मान्छेलाई उचाई सोध्ने हो त थाहा पाइन्न त्यति नी 😁 फेरि सोचे जवाफ त दिनै पर्यो अनि भन्ने आर्मी, पुलिस मा जागिर खाने उमेर गइसक्यो 🤗 म्यादी प्रहरीको लागि फिट छु।
आजकाल भने अलि शान्त छ 😁
प्रश्न सकिएको त होइन होला🤭
अलि डराएर हो कि 🤔

शुभ प्रभात ☕ fans 🙏
#दशैं #आयो

कता कता दसैँको सपिङ गर्दिन खोजे जस्तो नि गर्छन् फेरि..🤣 अनि कता-कता एकाउन्ट रित्तै हुन्छ कि भनेर डराए जस्तो नि गर्छन् फे...
04/10/2026

कता कता दसैँको सपिङ गर्दिन खोजे जस्तो नि गर्छन् फेरि..🤣
अनि कता-कता एकाउन्ट रित्तै हुन्छ कि भनेर डराए जस्तो नि गर्छन् फेरी🤭
भो भो त्यो भीडभाडमा हात समाएर सँगै भौंतारिनै पर्दैन😁
अनलाइमै कार्ड भरिदेउ, घरको ढोकामा कुरियर आउँदा म त्यसैमा मख्ख पर्दीम्ला नि माया पनि भन्न मन लाउनी फेरि 🤭📦🛍️
अब सुतौँ होला है 🤗 fans #दशैं #आयो

⚠️ दसैँलाई 'दशा' बन्न नदिऔँ:सार्वजनिक अपिल🙏यसपटकको दसैँमा घर जानुअघि यो तस्बिर एकपटक गहिरिएर हेर्नुहोला। बाटाघाटाको नाजु...
04/10/2026

⚠️ दसैँलाई 'दशा' बन्न नदिऔँ:
सार्वजनिक अपिल🙏

यसपटकको दसैँमा घर जानुअघि यो तस्बिर एकपटक गहिरिएर हेर्नुहोला। बाटाघाटाको नाजुक अवस्था, पहिरोको उच्च जोखिम र भत्किएका पुलहरूले यसपालिको यात्रालाई ज्यादै खतरनाक बनाएको छ। राजधानीलगायत ठूला सहरहरूबाट वर्ष दिनको चाड मनाउन आफ्ना गाउँघर फर्किने तयारीमा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई विशेष सावधानी अपनाउनुहुन जोडदार अपिल गर्दछौँ।

सम्भव छ भने यसपटक घर नजानुहोस्। दसैँ अर्को वर्ष पनि आउँछ, हरेक साल आउँछ तर जिन्दगी यो एउटा चाडभन्दा धेरै मूल्यवान् छ। यस वर्ष अत्यधिक वर्षा र बाटोको खराब अवस्थाका कारण यात्रामा जोखिम अत्यधिक छ। विशेषगरी दसैँको मौका छोपेर यातायात व्यवसायीहरूले 'मौकामा चौका हान्न' सहरका लोकल रुटमा चल्ने पुराना गाडीहरू रिजर्भ गर्ने र नयाँ बसको टिकटको पाना देखाएर यात्रु ठग्ने प्रवृत्ति बढेको छ। त्यसैले यात्रा तय गर्नुअघि गाडी चलाउने चालक सोही रुटको नियमित र अनुभवी हो वा होइन राम्ररी पक्का गर्नुहोस्। लगातार लामो दूरी कुदाउँदा नसुतेका र थाकेका चालकहरूले ठूलो दुर्घटना निम्त्याउन सक्छन्। सहरको राम्रो पिचमा बिस्तारै गुड्ने गाडीहरू हिलो र पहिरोयुक्त अप्ठ्यारा हाइवेमा अनियन्त्रित हुन सक्छन्, त्यसैले गाडीको अवस्था र सुरक्षा मापदण्डहरू राम्ररी जाँच गर्नुहोस्।

सिट पाइएन वा अन्य कुनै बहानामा साना तथा मझौला सवारी साधनहरू रिजर्भ गरेर जोखिम मोसलेर यात्रा नगर्नुहोला। सम्भव भएसम्म नियमित र आधिकारिक रुटका भरपर्दो गाडीहरू मात्र छान्नुहोस्। खुसी साट्न हिँडेको चाड जीवनभरको रुवावासी नबनोस्। सचेत बनौँ, सुरक्षित बनौँ! यहाँहरूको यस वर्षको दसैँ यात्रा मंगलमय, शुभ र सुरक्षित रहोस् 🙏🚗

यो अपिल हजुरको मोबाइलमा आयो भने कृपया सेयर गर्नुहोस् आफूलाई काम नलागे पनि आफ्ना साथीभाइहरूलाई काम लाग्न सक्छ।
धन्यवाद नमस्कार

#दशैं #आयो #गाउँ #जानेवाला #जो #कोहि #सचेतरहनुहोला fans

डाक्टरको नियत पनि ठिक थियो भन्न चाहिँ सकिन्न तर युवतीको अनुमति बिना शरीरमा हात नलगाएको कुरा डाक्टर आफैले भनिरहेको सुनिन्...
04/10/2026

डाक्टरको नियत पनि ठिक थियो भन्न चाहिँ सकिन्न तर युवतीको अनुमति बिना शरीरमा हात नलगाएको कुरा डाक्टर आफैले भनिरहेको सुनिन्छ फेरि नजिकै अर्की महिलाले चार वर्षअघि मलाई पनि यसले यसै गरेको भनेर हातपात गर्न तम्सिएको पनि देखिन्छ यो भन्दा त पहिला पहिलाको झारफुक प्रविधि नै ठिक थियो कि क्या हो झैँ पनि लाग्ने फेरि 🤗🤪
डाक्टरको काम दुखेको ठाउँमा छाम्ने होला
जे होस् प्रशासनले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गरोस्।
#बिरामी भएर उपचार गर्न आएकि बिरामीलाइ डाक्टरले संबेदनसिल अंगमा छोएपछि डाक्टर,बिरामी र बिरामीका आफन्त हात हालहालको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको देखेँ साह्रै दुःख लाग्यो ।
थापा मेडिकल कोहलपुर
゚ fans

भाग्यमानीको सुन्दर ससुराली गाउँ,चिन्नुहुन्छ भने प्रतिक्रिया पाउँ✌️चिसो हावा अनि तातो-तातो सुकुटीको सुवास,यहाँको खसीको मा...
04/10/2026

भाग्यमानीको सुन्दर ससुराली गाउँ,
चिन्नुहुन्छ भने प्रतिक्रिया पाउँ✌️
चिसो हावा अनि तातो-तातो सुकुटीको सुवास,
यहाँको खसीको मासु र ऐलाको मिठास🫰

#दशैं #आयो ゚ #सुन्दर #देश fans

Address

Pumdikot
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Sabina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category