परिचय :
यो रेडियो हेमजा ८८.५ मेगाहर्ज–सुन्दर नगरी पोखरा महा नगरपालिका वडा नम्वर-२५ हेमजाको मिलनचोकमा स्थापित भएको छ । यस संस्थामा स्थानीय प्रतिष्ठित बुद्धिजीवी, समाजसेवी, व्यापारी, उद्योगी, लगायत विभिन्न व्यवसायी क्रियाशिल हुनु हुन्छ । त्यसैगरी दशौं वर्षसम्म पत्रकारीता र सञ्चार क्षेत्रमा लाग्नु भएका युवाहरुको प्रशंसनीय सहभागिता समेत रहेको छ । परिवर्तित परिवेशमासञ्चार माध्यम प्रति बढ्दै आएको जनविश
्वास र समाजमा परेको प्रभावलाई समेत समेट्ने पहिचानका साथ यस रेडियोलाई प्रतिष्ठापित गर्ने प्रद्धिवद्धता संस्थापक र सञ्चारका पारखीहरुको सशक्त सहभागिता छ ।
वि.सं. २०६८/श्रावण /३१ गते सहकारी प्रशिक्षण तथा डिभिजनकार्यालय पोखरामा रजिष्टर्र्ड हेमजा सञ्चार सहकारी संस्था लि. मार्फत सूचना तथा सञ्चार मन्त्रालयबाट वि.सं. २०६९.आषाढ.१७/गते स्वीकृत लिई सामुदायिक एफ.एम स्टेशनका रुपमा दैनिक विहान ५ बजे देखि बेलुकी १० बजे सम्म रेडियो हेमजा प्रसारण हुँदै आइरहेकोछ । यस हेमजा सञ्चार सहकारी संस्था लि. ले अहिलेको परिवेशमा वचत नीति लिई रेडियो सञ्चालन गर्न नपाउने भनि –डिभिजनपोखराले दिएको जानकारी अनुसार हाल रेडियो हेमजा ८८.५ मेगाहर्ज मात्र सञ्चालन गरिएको छ र पछि सम्बन्धित कार्यालयले दुबै संस्था संचालन गर्न भनी अनुमति दिएमा सो नीति अनुसार अगाडि बढिने छ।
यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई रेडियोबाट पाउने सेवा सुविधाको पहिलो प्राथमिकता दिने नीति राखेको छ। आफ्ना स्रोतालाई समयमानै स्पष्ट सुसूचित हुने गरी अधिकार सुरक्षित गर्दै कृषि पर्यटन पर्यावरण शैक्षिक आदि विषयका कार्यक्रमहरुलाई प्राथमिकता दिने लोकप्रिय लक्ष्य लिएको छ । यो विषयमा आतिरिक्त गरीब असहाय, अशक्त, दैवीप्रकोप पीडितहरुका लागि मानवीय एवं सामाजिक महइभ्वका विषयहरुका प्रचारप्रसारमा समेत सहयोग पु¥याउने छ । अहिलेको व्यावसायिक र प्रतिस्पधात्मक समयमा कार्यक्रमहरूलाई बढी जनमुखी, उत्तरदायी र जनचाहना अनुरुप बनाउन कार्यक्रम निर्माण तथा उत्पादन समूहका जनशक्तिहरू निरन्तर क्रियाशिल रहदै आएका छन् ।
प्रशारण पहुँच
सूचना तथा सञ्चार मन्त्रालयबाट वि.सं. २०६९/आषाढ/१७ गते देखि १०० वाट क्षमतामा प्रशारण हुन पाउने गरी स्वीकृति प्राप्त रेडियो हेमजाको आधुनिक रेडियो उपकरण—प्रशारण सामग्री र यससँग सम्वन्धित भौतिक पूर्वाधारहरूको उचित सन्तुलन र अन्य सुविधाका कारण हेमजा मिलनचोकमा प्रशारण केन्द्र रहेको छ । यसको प्रशारण पहँुच कास्की, तनहुँ, स्याङ्गजा, गोरखा, लमजुङ्ग, मनाङ्ग, पाल्पा, पर्वत, मुस्ताङ्ग जिल्ला लगायत अन्य छिमेकी जिल्लाका अधिकांश स्थानहरूमा रहेको कुरा परीक्षण प्रशारणको श्रोता प्रतिक्रिया सर्वेक्षणले देखाएको छ । अन लाइनव वाट संसारको कुनै पनि कुनामा बसेर त्यसको लागी www.radiohemja.com.np लग अन गरी सुन्न सकिनेछ । यस एफ.एम. ले श्रोताहरूको चाहना अनुरुप र समयानुकुल कार्यक्रम निर्माण, उत्पादन र प्रशारण गरी, यस क्षेत्रकै पूर्णत प्रतिनिधिमुलक एफ.एम रेडियो स्टेशनको रुपमा यसलाई स्थापित गर्न सकिनेछ भन्नेमा हामी विश्वस्त छौं ।
उद्देश्यहरु :
* राष्ट्र र जनताप्रति पूर्ण इमान्दार र जिम्मेवार भई श्रोताहरूको सुसूचित हुने अधिकारको संरक्षण गर्ने ।
* प्रशारण माध्यमबाट धर्म,दर्शन,कला,साहित्य, कृषि, पर्यटन, भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा सहयोग पु¥याउने ।
* श्रोताको चाहनाअनुरुप ज्ञानवद्र्धक, शिक्षाप्रद एवं जागरणमुलक कार्यक्रम उत्पादन र निर्माण गरी प्रशारण गर्ने ।
* राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरुको जानकारी दिन सुचनामुलक विभिन्न कार्यक्रमहरू प्रशारण गर्ने ।
* लोकगीत, आधुनिक गीत साथमा अन्य भाषाभाषिका गीत संगितका माध्यमबाट स्वस्थ मनोरञ्जन प्रदान गर्ने ।
* राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संगठन एवं व्यवसायिक संस्थाहरुको कार्यक्रम र उत्पादनहरूलाई सार्वजनिकरण गर्ने ।
* राष्ट्रियता, शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, उद्योग, वातावरण आदि विषयमा नागरिकहरूलाई सचेत र जागरुक बनाउने ।
* आफ्ना प्रशारण पहुँच भएका क्षेत्र वा जिल्लाका महत्वपुर्ण चाडपर्व, उत्सव समारोह आदिको विशष प्रशारण गर्ने ।
* विश्वसनिय वास्तविक सूचना तथा विचारको सम्प्रेषण गरी सभ्य विकसित एवं लोकतान्त्रिक समाज निर्माणमा सहयोग पुर्याउने ।
सेवा तथा अवसर
* विभिन्न संघसंस्था,उद्योगी, व्यवसायी लगायत सम्वन्धीत सबैसँग निरन्तर सम्पर्कमा रहने ।
* प्रचलिक कानुन र आपसी सहमतीका आाधारमा कार्यक्रम प्रायोजन, विज्ञापन तथा प्रत्यक्ष प्रशारण सम्वन्धी सेवाका लागि समय उपलब्ध गराईने ।
* आपसी सहमतिमा निश्चित समय र शुल्क निर्धारण, विभिन्न कार्यक्रम तथा समारोहलाई प्रत्यक्ष प्रशारण सम्वन्धी सेवा उपलब्ध गराउने ।
* व्यापारिक विज्ञापन, शुभकामना तथा बधाई एवं सेवा सम्वन्धी विज्ञापन गर्न सकिने।