Mani Gurung Video & Photography

Mani Gurung Video & Photography Freelance Photojournalist, News & Multimedia Editor, Digital Creator, Website & Graphic Designer, Photo & Videographer

Video, Photography, Website Design, Multi Media Editing and Designer, News, Entertainment,

स्व. मेनकाजी गुरुङको योगदान स्मरण गर्दै पाँचौं स्मृति सभा सम्पन्नपोखरा, २०८३ जेठ १७— वरिष्ठ संस्कृतिकर्मी, नृत्य निर्देश...
01/06/2026

स्व. मेनकाजी गुरुङको योगदान स्मरण गर्दै पाँचौं स्मृति सभा सम्पन्न
पोखरा, २०८३ जेठ १७— वरिष्ठ संस्कृतिकर्मी, नृत्य निर्देशक तथा हिमाली साँस्कृतिक परिवारका संस्थापक उपाध्यक्ष स्वर्गीय मेनकाजी गुरुङको पाँचौं स्मृति दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। हिमाली साँस्कृतिक परिवार र तमु धिं नेपालको संयुक्त आयोजनामा आयोजित स्मृति सभा तमु धिं नेपालको प्राङ्गणमा सम्पन्न भएको हो।
https://www.facebook.com/media/set/?set=a.882817731506167&type=3

स्व. मेनकाजी गुरुङको योगदान स्मरण गर्दै पाँचौं स्मृति सभा सम्पन्न

पोखरा, २०८३ जेठ १७ — वरिष्ठ संस्कृतिकर्मी, नृत्य निर्देशक तथा हिमाली साँस्कृतिक परिवारका संस्थापक उपाध्यक्ष स्वर्गीय मेनकाजी गुरुङको पाँचौं स्मृति दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। हिमाली साँस्कृतिक परिवार र तमु धिं नेपालको संयुक्त आयोजनामा आयोजित स्मृति सभा तमु धिं नेपालको प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रममा संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्य सुवेदार जसबहादुर गुरुङ, सल्लाहकार शान्ति गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चित्रबहादुर गुरुङ, चिउली पार्चे तमु समाजका अध्यक्ष क्याप्टेन शमशेर गुरुङ, वातावरणविद् डा. हुम गुरुङ तथा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाललगायतका व्यक्तित्वहरूले स्व. गुरुङको तस्बिरमा दीप प्रज्वलन तथा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

वक्ताहरूले हिमाली साँस्कृतिक परिवारको स्थापना कालदेखि नै स्व. गुरुङले प्रदान गरेको नेतृत्व, मार्गदर्शन, सल्लाह तथा संस्थागत विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको व्यक्तित्व र कृतित्वको प्रशंसा गरेका थिए। उनी नेपाली लोककला, नृत्य, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै सांस्कृतिक क्षेत्रले एक असल अभियन्ता गुमाएको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रमका अध्यक्ष ज्ञानबहादुर थापाले स्व. गुरुङ बहुआयामिक व्यक्तित्वका धनी, सामाजिक अभियन्ता तथा कलाकारहरूको हकहितका पक्षमा निरन्तर आवाज उठाउने प्रेरणादायी व्यक्तित्व भएको बताए। उनले भने, “स्वर्गीय मेनकाजी गुरुङको भौतिक उपस्थिति आज हामीबीच नरहे पनि उहाँले नेपाली लोककला, साहित्य, नृत्य र संस्कृतिको क्षेत्रमा पुर्‍याउनुभएको योगदान, प्रदान गर्नुभएको ज्ञान, संस्कार र नेतृत्व सधैं जीवित रहनेछ। उहाँका आदर्श र मूल्यहरू नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहनेछन्।”

ज्ञानबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमु धिं नेपालका उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने परिवारका तर्फबाट स्व. गुरुङका माइला भाइ श्रीजंग गुरुङले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन हिमाली साँस्कृतिक परिवारका सचिव डविन गुरुङले गरेका थिए।

Tamu Gurung
Mani Tamu

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम५. https://www.facebook.com/share/p/1ERU9...
28/05/2026

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२
पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम
५. https://www.facebook.com/share/p/1ERU9N2HPr/

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम४. https://www.facebook.com/share/p/14g85...
28/05/2026

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२
पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम
४. https://www.facebook.com/share/p/14g85S7ukb5/

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम३. https://www.facebook.com/share/p/1CvLp...
28/05/2026

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२
पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम
३. https://www.facebook.com/share/p/1CvLp7yNjS/

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम२. https://www.facebook.com/share/p/1CoFT...
28/05/2026

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२
पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम
२. https://www.facebook.com/share/p/1CoFT1qjRm/

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम१. https://www.facebook.com/share/p/1XeYk...
28/05/2026

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२
पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम
१. https://www.facebook.com/share/p/1XeYkevFgj/

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम१६, https://www.facebook.com/share/p/1Ram...
28/05/2026

धन बहादुर गुरुङ सांगीतिक साँझ-२०८२
पत्रकार सम्मेलन एवम् धन्यवाद ज्ञापन कार्यक्रम
१६, https://www.facebook.com/share/p/1RamRYf7yn/

समावेशी पत्रकारितालाई व्यवहारमा उतार्न फोनिज गण्डकीको क्षमता अभिवृद्धि तालिम**पोखरा, १२ जेठ** ।नेपाल आदिवासी जनजाति पत्र...
28/05/2026

समावेशी पत्रकारितालाई व्यवहारमा उतार्न फोनिज गण्डकीको क्षमता अभिवृद्धि तालिम
**पोखरा, १२ जेठ** ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा दुईदिने “समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम” सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा आयोजित उक्त तालिम मंगलबारदेखि सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रकारितामा निरन्तर सिकाइ, तालिम र क्षमता विकास अत्यावश्यक रहेको बताइन् । उनले समाजको पिँधमा रहेका समुदायका आवाजलाई सञ्चार माध्यममार्फत मूलधारमा ल्याउनुपर्नेमा जोड दिइन् ।
https://www.facebook.com/media/set/?set=a.877620765359197&type=3

समावेशी पत्रकारितालाई व्यवहारमा उतार्न फोनिज गण्डकीको क्षमता अभिवृद्धि तालिम
**पोखरा, १२ जेठ** ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा दुईदिने “समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम” सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा आयोजित उक्त तालिम मंगलबारदेखि सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रकारितामा निरन्तर सिकाइ, तालिम र क्षमता विकास अत्यावश्यक रहेको बताइन् । उनले समाजको पिँधमा रहेका समुदायका आवाजलाई सञ्चार माध्यममार्फत मूलधारमा ल्याउनुपर्नेमा जोड दिइन् ।

गुरुङ, मगर, थकाली, तामाङ, दलित लगायत विविध जातजाति र भाषाभाषी समुदायको साझा थलो गण्डकी प्रदेश भएकाले सबै समुदायका कथा, पीडा र मुद्दालाई सञ्चार माध्यमले प्राथमिकताका साथ समेट्नुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, “समावेशी पत्रकारिता भनेको केवल कोटा प्रणाली होइन, समाजको किनारामा रहेका नागरिकको आवाजलाई केन्द्रसम्म पु¥याउने माध्यम हो ।” पत्रकारिता सूचना प्रवाहमा मात्र सीमित नभई सामाजिक न्याय स्थापित गर्ने सशक्त माध्यमसमेत भएको उनको धारणा थियो ।

प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारहरू आफ्नो भाषा, संस्कृति र पहिचानका ‘ब्रान्ड एम्बेसडर’ भएको उल्लेख गर्दै उनीहरूको व्यावसायिक सुरक्षा तथा क्षमता अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताइन् । आगामी बजेट तथा योजनामा पत्रकारका आवश्यकता समेटिने गरी प्रस्ताव ल्याउन उनले सम्बन्धित पक्षलाई आग्रह गरिन् । साथै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीलाई सुझाव दिइन् ।

कार्यक्रममा फोनिजका संघीय महासचिव समिर बलामीले समावेशिताको मुद्दा नारामा सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्ने आवश्यकता औंल्याए । उनले फोनिजको स्थापना सीमान्तकृत, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायका आवाजलाई मूलधारको सञ्चार क्षेत्रमा स्थापित गर्ने उद्देश्यले भएको बताए ।

उनले पत्रकारितामा दैनिक रूपमा समावेशिता र आदिवासी जनजातिका मुद्दालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै कम्तीमा २० देखि २५ प्रतिशत समाचार यस्ता विषयमा केन्द्रित हुनुपर्ने धारणा राखे ।

महासचिव बलामीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ–१६९) तथा नेपालको संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकारबारे पत्रकारहरू जानकार हुनुपर्ने बताए । कानुनी अधिकारबारे स्पष्ट बुझाइ भए मात्रै सञ्चारकर्मीले प्रभावकारी रूपमा पैरवी गर्न सक्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले आदिवासी जनजाति समुदायभित्र रहेका प्रतिभा र मुद्दालाई सञ्चार माध्यमको मूलधारमा ल्याउन विशेष पहल आवश्यक रहेको बताइन् । यस्ता तालिमले ओझेलमा परेका आवाजलाई स्थापित गर्न र पत्रकारहरूको व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास थियो ।

उनले मिडियाको निष्पक्षता र स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै भनिन्, “लोकतन्त्र संस्थागत र सुदृढ बनाउन स्वतन्त्र र निष्पक्ष मिडिया अपरिहार्य छ ।”

तालिममा कास्की, स्याङ्जा, बागलुङ, म्याग्दीलगायत जिल्लाका ५० जना पत्रकार सहभागी छन् । तालिममा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, संघीय सचिव एमबी आस्थामगर तथा फोनिज गण्डकीका सल्लाहकार हुमबहादुर गुरुङ, दीपेन्द्र श्रेष्ठ र मनोज घर्ती मगर प्रशिक्षकको रूपमा रहेका छन् ।

फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव सुरज थापाले गरेका थिए ।

31/03/2026

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Mani Gurung Video & Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mani Gurung Video & Photography:

Shortcuts

Share