06/01/2023
Happening Today 🙏🏻
***** हार्दिक आमन्त्रण *****
आज पौष शुक्ल पुर्णिामा श्री स्वस्थानी ब्रतकथा प्रारम्भका साथै ।
श्री चागुनारायण मन्दिर देखि प्राचीन राजदरबार हनुमानढोका परिसर सम्म,श्री चागुनारायण यात्रा तथा माटोको भांडाकुंडा फुटाउने जात्रा ।
Happening Today at 4pm
छ्याला पुन्ही (Chhyala punhi)
पौष शुक्ल पुर्णिमालाई नेपाल भाषामा छ्याला पुन्ही भनिन्छ । नेवार समुदायमा रहेको विभिन्न पर्वहरु कृषि र सरसफाइ संग सम्बन्धित रहेको हुन्छ । यो पुर्णिमालाई पनि सरसफाइ गर्ने पर्वको रुपमा लिइन्छ । यसदिन घरमा बर्ष भरि प्रयोग गरि टुटेका फुटेका माटोका सामानहरु घर नजिक रहेको "छ्वास" मा मिल्काउने गर्दछ । माटोको सामान भन्नाले घ:, स्वमा, टेप, अथ, कलाचा, गोप भाजं, भेग:, आदि हुन । यसैदिन भगवान चांगुनारायण काठमाडौको तलेजु भवानीकोमा लग्ने गर्दछ । चांगुनारायण, लक्ष्मी, र सरस्वतीको प्रतीक चाँदीको तीनवटा कलश तलेजुमा लग्ने गर्दछ । यो एक लिच्छविकालिन परम्परा हो । यसरी चांगुनारायणलाई तलेजु लागेको हुनाले यात्रा रोक्न वा पर सार्न भगवानलाई अपसगुन होस र यात्रा रोकियोस भनेर बाटोमा माटोको भाडाकुडाहरु फुटाउने गरेको भन्ने भनाइ रहेको छ । चांगुनारायण काठमाडौ ल्याएको हो भनी साक्षी राख्न बसन्तपुरमा कुमारीको समेत उपस्थिती हुने गर्दछ । यसदिन देखि भक्तपुरको हनुमानघाट, काठमाण्डौंको साखु, र ललितपुरको लुभुमा एक महिने श्री स्वस्थानी माताको व्रत बस्न सुरु गर्ने गर्दछ ।
लेख: GR Ranjit
Next article 🙏🏻
चागुँनारायणको प्रतीकको रुपमा रहेको कलश चाँगुनारायणबाट हनुमानढोका दरबारमा लागि देवी कुमारीले स्वागत गरि तलेजु भवानीभित्र बिधिबत पूजाका लागि भोलि कलशलाई चाँगुनारायणबाट लगिने भएको हो ।
मध्यकालभन्दा अघिदेखि नै शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन चलेको सरोकारवालाहरू बताउँछन् ।
चाँगुनारायणसँगै देवी लक्ष्मी र देवी सरस्वतीको कलशलाई बोकी नाङ्गो खुट्टा करिब ५ घन्टा हिँडेर हनुमानढोकासम्म ल्याउने चलन रही आएको छ ।
किंवदन्ती अनुसार परापूर्वकालमा राजाहरु जनताप्रति अनुत्तरदायी हुन थालेपछि सबैले राजा भगवान सरह हुने भएकोले आफ्नो जनतालाई निष्पक्ष न्याय दिनुपर्ने दबाव दिन थाले । राजा भगवानको स्वरुप भएको भन्दै चाँगुबाट ल्याएको कलशमा राजालाई हेर्न लगाइन्छ । त्यसमा हेर्दा आफूलाई भगवान स्वरुपको देखेपछि राजा जनताप्रति उत्तरदायी बन्छन् भन्ने विश्वासका साथ यो अहिलेसम्म चल्दै आएको छ ।
देउता लाने रुट यस्तो रहेको छ : चाँगुनारायण –मुलपानी – दक्षिणढोका – जोरपाटी – खास्ती–चाबही–नक्साल–कमलादी गणेश (न्हुपुखु(रानिपुखु)–जमल–हनुमानढोका तलेजु ध्वाखा
सो यात्राका विशेष आर्कषण :
चाँगुनारायणदेखि हनुमान ढोका दरबार सम्मको लिच्छबिकालिन बाटो जाने
–बाटोमा पर्ने विभिन्न ठाउँमा पूजा
–श्री कुमारी माजुको दर्शन
–श्री चाँगुनारायणलाइ फर्किन नदिन ठाउँठाउँमा खालि माटोको भाँडो देखाउने (तर आज भोलि माटोको भाँडो फुटाउने चलन छ।)
–४/५ घण्टा जति हिँडेर जाने
थप: साउने फाकं, माघं न्हाकं अर्थात साउनमा कर्कलो र माघमा सिस्नु, साउनको कलश यात्रा गराउनु पूर्व चाँगुनारायणमा कर्कलो मिसाइ खिर चढाउने चलन छ भने माघको यात्रा अगाडि सिस्नुसहित को खिर भोग बनाइ चढाउनुपर्ने चलन छ । यो चलन लिच्छविकालदेखिको हो ।
चाँगुनारायणका प्रजेन ग्वालाको सहयोगमा
Until a few years ago, locals of the Kathmandu valley were seen smashing pots here and there at pub...