28/10/2026
चित्लाङ कार्तिक नाच २०८३ :
चित्लाङको प्रसिद्ध कार्तिके नाच (कार्तिक नाच) एक ऐतिहासिक एवं मौलिक सांस्कृतिक उत्सव हो, जुन मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ माझगाउँमा हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सुरु हुन्छ।
काठमाडौँ उपत्यकाको प्रसिद्ध पाटनको कार्तिक नाचसँग मिल्दोजुल्दो देखिने यो परम्परा चित्लाङमा पनि करिब ५०० वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।
यो नाच स्थानीय माझगाउँको 'डबली' मा लगातार तीन दिनसम्म रात्रिकालीन समयमा प्रदर्शन गरिन्छ। नाचमा पौराणिक धार्मिक कथाहरूलाई अभिनय, नृत्य, संगीत र संवादका माध्यमबाट जीवन्त रूपमा उतारिन्छ। विशेष गरी कृष्ण, अनिरुद्ध, उषा, चित्रलेखा र वाणासुरसँग सम्बन्धित पौराणिक आख्यान तथा कृष्ण र वाणासुरबीचको युद्धको प्रसङ्ग यसमा देखाइन्छ।
यो जात्रा चित्लाङका स्थानीय बलामी समुदायको सामूहिक सहभागिता सञ्चालन हुन्छ।
यसै सन्दर्भमा, चित्लाङ कार्तिक नाचको शोभा बढाउनुका साथै सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरी यस ऐतिहासिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सहयोग गरिदिनुहुन The Newars परिवारको तर्फबाट हार्दिक अनुरोध गर्दछौँ। 🙏❤️
Pc: Pradip Maharjan Photography