जिन्दगीको रमाईला पलहरु

जिन्दगीको रमाईला पलहरु निष्पक्ष र स्वतन्त्र खवरको अभियान ........

इनरुवा १ सोमबार हाट नजिक बासँ घारी छेउमा पानीमा डुबि रहेको अवस्थामा एक शव फेला परेको छ,  महिलाको शव हुन सक्ने प्रारम्भिक...
25/09/2025

इनरुवा १ सोमबार हाट नजिक बासँ घारी छेउमा पानीमा डुबि रहेको अवस्थामा एक शव फेला परेको छ, महिलाको शव हुन सक्ने प्रारम्भिक अनुमान, घटना स्थलमा थप अनुसन्धान हुदै #खकर चौतारी #ईनरुवा #नेपाल प्रहरी

23/09/2025

सन्ध्याकालीन रङमा भगवती मन्दिरको दृश्य 🙏 HAPPY DASHAIN ❤️💖

23/09/2025

म‍ोटरसाईकल चोरी गर्ने रंगेहात पक्राउ:

हिजो २०८२ साल असोज ६ गते घटस्थापनाका दिन दिउँसो अन्दाजि ४:०० बजेको समयमा जिल्ला सुनसरी ईनरुवा न.पा. वाडा नं. ३ जिल्ला अदालत छेउ व्यवसाय गरि बस्ने कोमल दत्तको नाममा रहेको को.२९ प. ४६९६ न. को मोटरसाईकल चोरी गर्दै गर्दा स्थानियहरुले रंगेहात पक्राउ गरि कुटपिट गरेर घाईते समेत बनाएका छन् । घाईतेको मुखमा चोटपटक लागेको छ भने घाईतेको जिल्ला अस्पताल ईनरुवा, सुनसरीमा उपचार भइरहेको र अबस्था सामान्य रहेको बताइएको छ । मोटरसाईकल चोरी गर्ने व्यक्ति भारतको सुपौल जिल्ला बनेलिपट्टि बस्ने बर्ष २५ का प्रकाश कुमार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । घटनाको थप अनुसन्धानका लागि अस्थाई प्रहरी पोष्ट सखुवागाछिबाट प्रहरी सहायक निरिक्षक दयाराम खतिवडाको कमाण्डमा ३ सदस्य प्रहरी टोलि खटाइएको स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले थप चार जना मन्त्री थप्दै अन्तरिम मन्त्रिपरिषद् विस्तार गरेकी छन्। अब मन्त्रिपरिषद्‌मा कार्...
22/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले थप चार जना मन्त्री थप्दै अन्तरिम मन्त्रिपरिषद् विस्तार गरेकी छन्। अब मन्त्रिपरिषद्‌मा कार्कीसहित आठ सदस्य भएका छन्।
नवनियुक्त मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, तात्कालिक राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र पत्रकार जगदीश खरेल रहेका छन्।
कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दै सोमवार अपराह्ण नवनियुक्त मन्त्रीहरूलाई शपथ गराए हुन ।

एक वर्षमा ३९२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ६ अर्बभन्दा बढी बिगो माग:
21/09/2025

एक वर्षमा ३९२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ६ अर्बभन्दा बढी बिगो माग:

जेन-जेड आन्दोलनले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका क्षतिग्रसत भएपछि हाल पालिकाका सम्पूर्ण प्रशासनिक कार्यहरु सवारी पार...
21/09/2025

जेन-जेड आन्दोलनले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका क्षतिग्रसत भएपछि हाल पालिकाका सम्पूर्ण प्रशासनिक कार्यहरु सवारी पार्किङ्ग स्थलबाट सञ्चालन भएका छन् ।
#जिन्दगिकाे रमाईला पलहरु #भोक्राहानरसिंह

प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएकी छिन् । यसअघि ३ जना मन्त्री नियुक्त गरेकी प्रधानमन्त...
21/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएकी छिन् । यसअघि ३ जना मन्त्री नियुक्त गरेकी प्रधानमन्त्री कार्कीले आज भने ७ जना मन्त्रीहरु नियुक्त गरेर आफू नेतृत्वको क्याविनेटलाई पूर्णता दिन लागेकी हुन् । अहिले गृह र कानून मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले सम्हालेका छन् ।
यस्तै, अर्थ मन्त्रालयको नेतृत्वमा रामेश्वर प्रसाद खनाल छन् । भने कुलमान घिसिङलाई भने उर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिईएको छ । प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने भनेर यसअघि नै भनिसकेकी छिन् । आज ७ जना मन्त्रीहरु नियुक्त गर्नेगरि बालुवाटारले तयारी गरेको बताइएको छ ।

ईनरुवा नगरपालिकाको सामाजिक सुरक्षा भत्ता नविकरणको म्याद थप सम्बन्धी सुचना ।
21/09/2025

ईनरुवा नगरपालिकाको सामाजिक सुरक्षा भत्ता नविकरणको म्याद थप सम्बन्धी सुचना ।

21/09/2025

प्रधानमन्त्रीको भनाई- जेन-जी आन्दोलनमा क्षति बेहोरेको निजी क्षेत्रलाई सहयोग गर्छु:

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुख व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ संस्थाका साथै औद्योगिक घरानाका प्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री सुशिला कार्कीले आफू सदैव निजी क्षेत्रको साथमा रहेको भन्दै पुनरुत्थानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका क्रममा भएको क्षतिका बारेमा जानकारी दिएका थिए । उनीहरूले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको धारणा व्यक्त गरेका थिए ।
साथै उनीहरूले करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आङ्कलन रहेको समेत जानकारी गराएका थिए । छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि आग्रह गरिएको थियो ।
निजी क्षेत्रले राखेका सुझाव र मागमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनु भयो । सरकारको प्रतिवद्धताबाट निजी क्षेत्र निकै आशावादी रहेको ढकालको भनाइ छ ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारबाही हुनुपर्ने माग उद्योग व्यवसायीहरुले अगि सारेका छन् ।

20/09/2025

नयाँ अर्थमन्त्री रामेश्वर खनालले भदौ २४ गतेको तोडफोड र क्षतिपछि निजी क्षेत्रलाई उठाउन विशेष पुनरुत्थान योजना ल्याएको ल्यएका छन् । यस अन्तर्गत ५ सुविधाहरु पाइने छ ।

१- कर्जाको किस्ता सार्ने सुविधा -: प्रभावित व्यवसायीले तीन महिनासम्म किस्ता पछि धकेल्न पाउनेछन्। असोजको किस्ता पुसमा, कात्तिकको माघमा, मंसिरको फागुनमा सारिने।

२- तलब ऋणमा ब्याज अनुदान -: कर्मचारीलाई तलब दिन लिएको ऋणमा मात्र ब्याज छुट हुने छ, जसले रोजगारी जोगाउन सहयोग गर्नेछ।

३- कर तिर्न समय थप -: बन्दका कारण समयमा कर तिर्न नसक्नेहरूलाई जरिवाना वा विलम्ब शुल्क नलाग्ने गरी थप समय दिइनेछ।

४- बीमा दाबी छिटो भुक्तानी -: क्षतिग्रस्त व्यवसायीले १५ दिनमै ५०% बीमा रकम अग्रिम पाउने, बाँकी रकम क्षति मूल्यांकनपछि पाउने।

५- नयाँ कर्जा आधार दरमै -: जरुरी परे नयाँ ऋण बैंकबाट प्रिमियम नलिई आधार दर (बेस रेट) मै उपलब्ध हुनेछ।

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when जिन्दगीको रमाईला पलहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share