30/10/2026
सञ्चारगृह प्रवेश गरी पत्रकारलाई गिरफ्तार गर्ने कार्य बन्द गर
मिति ः २०८३÷०७÷१३
नेपाल प्रहरीले शुक्रबार साँझ विभिन्न सञ्चार गृहका कार्यालय तथा समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा लिने प्रयास गरेको घटनाप्रति फोटो पत्रकार क्लब घोर भत्सर्ना गर्दछ ।
सादा पोशाकका प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने, पक्राउ गर्न खोज्ने र मिडियालाई त्रसित बनाउने कार्य प्रेस स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता र संविधान प्रदत्त वाक स्वतन्त्रताको हकविपरीत छ ।
पत्रकारलाई गिरफ्तार गर्ने कार्य तत्काल बन्द गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न नेपाल सरकार, प्रहरी प्रशासन र सम्बद्ध निकायलाई हामी ध्यानाकर्षण गराउछौँ ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी नेपाल सरकारले नै स्थापना गरेको प्रेस काउन्सिल नेपालको हो । त्यसैले समाचारमा निरुपण पनि प्रेस काउन्सिलमार्फत् हुनुपर्छ ।
अमुल थापा
महासचिव
फोटो पत्रकार क्लब (पिजे क्लब)