Nepali Khabar

Nepali Khabar तथ्य खबर

सुमंगल मेडिकल हलमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा विस्तारपथरी अपडेट । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मन्दिरलाइ...
04/09/2026

सुमंगल मेडिकल हलमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा विस्तार

पथरी अपडेट । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मन्दिरलाइनमा विगत दुई महिनादेखि सञ्चालनमा आएको सुमंगल मेडिकल हलले विशेषज्ञ चिकित्सकसहित विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

मेडिकल हलमा विशेषज्ञ चिकित्सकको दैनिक सेवा, ब्लड तथा दिसा–पिसाब परीक्षण, फार्मेसी सेवा लगायतका सुविधा उपलब्ध रहेको सञ्चालक रमेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ आवश्यक औषधिहरू सुलभ तथा सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सुमंगल मेडिकल हलमा छाला तथा यौन रोग विशेषज्ञ डा. स्मिता खुलाल र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सचना अधिकारी र कन्सल्टेन्स फिजिसियन काजल विश्वकर्माको दैनिक सेवा उपलब्ध रहेको छ । त्यस्तै, मनोरोग विशेषज्ञ डा. अजिता पौडेलले प्रत्येक महिनाको दोस्रो शनिबार सेवा प्रदान गर्नुहुनेछ ।

स्थानीय बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले मेडिकल हलमा विभिन्न विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराइएको सञ्चालक भण्डारी बताउनुहुन्छ ।

वार्ता :‘फिल्डमा पुगेर उद्धार र शव व्यवस्थापन गर्ने जनशक्तिको अभाव छ’-हिजो घाइतेहरूलाई सुरक्षित ठाउँमा राख्ने र उद्धार ग...
27/08/2026

वार्ता :
‘फिल्डमा पुगेर उद्धार र शव व्यवस्थापन गर्ने जनशक्तिको अभाव छ’

-हिजो घाइतेहरूलाई सुरक्षित ठाउँमा राख्ने र उद्धार गर्ने काम भयो। आज बिहानैदेखि उद्धारका कामहरू भइरहेका छन्। तर, फिल्डमा जति आवश्यकता छ, त्यति चाहिं पर्याप्त हुन सकेको छैन।

चिनियाँ सञ्चारमाध्यमको रिपोर्ट अनुसार जोखिम पूर्ण रूपमा अझै टरिसकेको छैन।News Translated from China News: आज जलस्रोत मन्...
27/08/2026

चिनियाँ सञ्चारमाध्यमको रिपोर्ट अनुसार जोखिम पूर्ण रूपमा अझै टरिसकेको छैन।

News Translated from China News: आज जलस्रोत मन्त्रालयले दिएको जानकारी अनुसार, नेपालमा चोजियान खोला पुर्पुच्याङ्बु खोलामा मिसिने स्थान नजिकै स्पष्ट रूपमा अवरोधित ताल (बारियर लेक) देखा परेको छ। आज बिहानसम्म उक्त तालमा जम्मा भएको पानीको अनुमानित मात्रा करिब २० लाख घनमिटर पुगेको छ, र हालै यो ताल भरिएको अवस्थामा छ। आगामी ३ दिनभित्र थप करिब ३० लाख घनमिटर पानी तालमा प्रवेश गर्ने अनुमान गरिएको छ, जसले बाँध भत्किने तथा आकस्मिक बाढी आउने जोखिम पनी रहेको छ!

हाल जलस्रोत मन्त्रालयले अवरोधित तालको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको छ, साथै सम्भावित आकस्मिक बाढीको गणना तथा विश्लेषण गर्दै आपतकालीन उद्धार कार्यका लागि आवश्यक वैज्ञानिक आधार प्रदान गरिरहेको छ।"

शिक्षा मन्त्री भन्छन्-  २४ घण्टा नबित्दै  प्रश्नप्रत्र लिक संलग्नका मुख्य आरोपितहरूलाई नियन्त्रणमा लिन सफल भयौं,हाम्रो प...
26/07/2026

शिक्षा मन्त्री भन्छन्- २४ घण्टा नबित्दै प्रश्नप्रत्र लिक संलग्नका मुख्य आरोपितहरूलाई नियन्त्रणमा लिन सफल भयौं,हाम्रो परीक्षा प्रणालीलाई अझ पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अवसरका रूपमा पनि लिएको छु। इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय हुन नदिन र शिक्षा प्रणालीप्रतिको जनविश्वास अझ बलियो बनाउन मन्त्रालयले आवश्यक सबै कदम चालिरहनेछ।

संघीय निजामती सेवामा ठूलो प्रशासनिक फेरबदल हुने भएको छ। विभिन्न सेवासमूहमा कार्यरत ७९ जना सहसचिव तथा सो सरहका उच्च अधिका...
26/07/2026

संघीय निजामती सेवामा ठूलो प्रशासनिक फेरबदल हुने भएको छ। विभिन्न सेवासमूहमा कार्यरत ७९ जना सहसचिव तथा सो सरहका उच्च अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि संघीय, प्रदेश र स्थानीय प्रशासनमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु हुने भएको हो।

अवकाशमा जाने अधिकारीहरूमा प्रशासन, इन्जिनियरिङ, न्याय, वन, परराष्ट्र तथा अन्य सेवाका वरिष्ठ कर्मचारी रहेका छन्। यी अधिकारीहरूको सेवा निवृत्तिसँगै रिक्त हुने पदहरूमा बढुवा, सरुवा तथा नयाँ जिम्मेवारी निर्धारणको तयारी सरकारले अघि बढाएको छ।

प्रशासन सेवाबाट सबैभन्दा धेरै ४२ जना

सबैभन्दा धेरै नेपाल प्रशासन सेवाका ४२ जना सहसचिव अनिवार्य अवकाशमा जाने भएका छन्। अवकाश हुनेमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हेमराज सुवेदी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं, रक्षा मन्त्रालयका मनोजकुमार आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रीकृष्ण नेपाल र सुशील ढकाल, राष्ट्रपतिको कार्यालयका सन्तोषकुमार दाहाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखनाथ ज्ञवाली र गोपालप्रसाद अर्याल लगायत रहेका छन्।

यस्तै, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय सुरक्षा परिषद् र सार्वजनिक खरिद अनुगमन कार्यालयका वरिष्ठ अधिकारीहरू पनि सेवा निवृत्त हुने सूचीमा छन्।

प्रमुख जिल्ला अधिकारीहरू पनि अवकाशमा

अनिवार्य अवकाशमा जानेहरूमध्ये दोलखा, झापा, नवलपरासी (पश्चिम), पाँचथर, कपिलवस्तु, बागलुङ, मकवानपुर र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत रहेका छन्। यसले जिल्ला प्रशासनमा समेत नेतृत्व परिवर्तन हुने निश्चित भएको छ।

इन्जिनियरिङ, न्याय, वन र परराष्ट्र सेवामा पनि प्रभाव

नेपाल इन्जिनियरिङ सेवाका १४ जना, न्याय सेवाका ८ जना, वन सेवाका ५ जना, परराष्ट्र सेवाका ४ जना तथा अन्य सेवाका ६ जना वरिष्ठ अधिकारी पनि अनिवार्य अवकाशमा जाने भएका छन्।

नयाँ नेतृत्व चयनको तयारी

एकैपटक ठूलो संख्यामा उच्च अधिकारी सेवा निवृत्त भएपछि मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार तथा संवैधानिक निकायहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र हुने भएको छ।

सरकारले रिक्त हुने पदहरूमा बढुवा, सरुवा तथा नयाँ जिम्मेवारी निर्धारणको तयारी सुरु गरिसकेको जनाएको छ। प्रशासनिक नेतृत्वमा हुने यो परिवर्तनले सरकारी सेवा प्रवाह, नीति कार्यान्वयन र प्रशासनिक व्यवस्थापनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

आज असार शुक्ल एकादशी,  अर्थात् हरिशयनी एकादशी। सनातन हिन्दू परम्परामा आजको दिनलाई केवल एउटा धार्मिक तिथि मात्र नभई प्रकृ...
25/07/2026

आज असार शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशी। सनातन हिन्दू परम्परामा आजको दिनलाई केवल एउटा धार्मिक तिथि मात्र नभई प्रकृति, स्वास्थ्य र अध्यात्मको अद्भुत संगम मानिन्छ।

धार्मिक मान्यता अनुसार, आजकै दिनदेखि भगवान् श्री हरि (विष्णु) क्षीरसागरमा चार महिनाका लागि चीर निद्रा (शयन) मा जानुहुन्छ। भगवान् विष्णु सुतेको यो समयलाई 'चतुर्मास' भनिन्छ, र यो ४ महिनाको अवधिमा ब्रह्माण्ड सञ्चालनको सम्पूर्ण जिम्मेवारी भगवान् शिवले सम्हाल्नुहुन्छ।

हरिशयनी एकादशीका दिन निर्जला एकादशीमा छरिएको बिउबाट तयार भएको तुलसीको बिरुवालाई घर-घरको मठमा रोपेर पूजा-आराधना सुरु गरिन्छ।

१. किन रोपिन्छ घर-घरमा तुलसी? विज्ञान र धर्मको अनौठो संगम

सनातन धर्ममा तुलसीविना भगवान् विष्णुको कुनै पनि पूजा वा प्रसाद पूर्ण मानिँदैन। तर तुलसी केवल धार्मिक आस्थाको प्रतीक मात्र होइन, यो एउटा शक्तिशाली सञ्जीवनी बुटी (Medicinal Plant) पनि हो।

प्राकृतिक एयर प्युरिफायर: तुलसीले २४ सै घण्टा अक्सिजन उत्सर्जन गर्छ र घर वरपरको वायुमण्डललाई शुद्ध बनाउँछ।

संक्रमण र रोगविरुद्धको ढाल: बर्खायाममा फैलिने रुघाखोकी, ज्वरो, र पेटका रोगहरूमा तुलसीको पात, मञ्जरी र चिया घरेलु औषधिका रूपमा अचुक मानिन्छ।

सकारात्मक ऊर्जा: घरको आँगन वा कौसीमा तुलसीको मठ हुनुलाई तीर्थ समान मानिन्छ, जसले घरभित्र नकारात्मक ऊर्जा (Negative Energy) प्रवेश गर्न दिँदैन।

२. ३ वर्षको अनकाल र राजा मन्दाताको त्यो रहस्यमयी कथा

'भविष्योत्तर पुराण' अनुसार, प्राचीन कालमा राजा मन्दाताको सम्पन्न राज्यमा लगातार ३ वर्षसम्म भीषण खडेरी पर्यो। नदी-नाला सुके, हरियाली नास भयो र प्रजामा हाहाकार मच्चियो।

आफूबाट कुनै भुल भएर वर्षाका देवता रुष्ट भएको ठानेर राजा चिन्तित बने। पछि ज्ञानी महर्षि अङ्गिराको सल्लाहमा राजा मन्दाताले असार शुक्ल एकादशीका दिन श्रद्धापूर्वक हरिशयनी एकादशीको व्रत र विष्णुको पूजा गरे। व्रतको प्रभावले राज्यमा मूसलधारे वर्षा भयो र सम्पूर्ण प्रजाको उद्धार भयो।

३. चतुर्मासको सुरुवात: किन रोकिन्छन् विवाह र व्रतबन्ध?

आजदेखि सुरु भएको चतुर्मास कात्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) मा भगवान् विष्णु जाग्ने दिनसम्म रहन्छ।

- शुभ कार्यमा रोक: भगवान् विष्णु शयनमा रहने यो ४ महिनाको अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश जस्ता माङ्गलिक/शुभ कार्यहरूका लागि लगन निकालिँदैन।

- व्रत र साधनाको समय: यो समयमा साउनको सोमबार व्रत, नागपञ्चमी, तीज, ऋषिपञ्चमी, सोह्र श्राद्ध, बडादसैँ र तिहार जस्ता ठूला पर्वहरू पर्छन्।

- मानसिक र शारीरिक शुद्धि: वर्षायामको यो मौसममा खानपानमा नियन्त्रण राख्न, व्रत बस्न र साधना गर्न चतुर्मासलाई उत्तम मानिन्छ।

सत्य, धर्म र प्रकृतिको संरक्षण नै मानव जीवनको मूल मन्त्र हो। हरिशयनी एकादशी र तुलसी रोपणको यो पवित्र दिनले हामी सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्!

💬 तपाईँको विचार हाम्रा लागि महत्वपूर्ण छ!

कमेन्ट गर्नुहोस्: के तपाईँले आज आफ्नो घरको मठमा तुलसीको बिरुवा रोप्नुभयो? हरिशयनी एकादशीको शुभकामना आदानप्रदान गर्नुहोस्!

शेयर गर्नुहोस्: तुलसीको वैज्ञानिक महत्व र हरिशयनी एकादशीको अलौकिक कथा सबैसमक्ष पुर्याउन यो पोस्ट SHARE गर्नुहोस्!

आजको राशिफल ९ श्रावण २०८३ शनिबार, को राशिफल
25/07/2026

आजको राशिफल
९ श्रावण २०८३ शनिबार, को राशिफल

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पछिल्लो समय आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै सांसद, निजी क्षेत्र तथा विभिन्न सरोका...
24/07/2026

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पछिल्लो समय आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै सांसद, निजी क्षेत्र तथा विभिन्न सरोकारवालासँग संवाद र भेटघाट बढाउन थालेका छन्।

सरकार सञ्चालनको प्रारम्भिक सय दिनसम्म सांसददेखि सर्वसाधारणसम्मसँग दूरी राखेको दाबी भइरहेका बेला प्रधानमन्त्री शाहले अहिले कृषि, जुत्ता–चप्पल, हस्तकला, तयारी पोशाक तथा सेयर बजारसँग सम्बन्धित व्यवसायी र उद्योगीहरूसँग छलफललाई तीव्रता दिएका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका सांसदहरूसँग पनि भेटवार्ता गरेका छन्।

सेतोपाटीका अनुसार सुकुम्बासी व्यवस्थापन, सञ्चारगृहअगाडि गाडी पार्किङ, संवैधानिक निकायका पदाधिकारीलाई कार्यालयमा बोलाइएको लगायतका विषयमा सरकारभित्रैबाट आलोचना बढेपछि प्रधानमन्त्रीले कार्यशैली परिवर्तन गर्न थालेका हुन् भन्ने दाबी गरिएको छ।

पछिल्लो समय प्रधानमन्त्री शाहले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग द्विपक्षीय भेट गरेका छन्। साथै भारत र चीनका लागि नेपाली राजदूतसँग पनि छुट्टाछुट्टै भेट गर्ने तयारी रहेको जनाइएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार अब प्रधानमन्त्री र मन्त्रीहरूले सांसद तथा अन्य सरोकारवालासँग नियमित भेटघाट गरी उनीहरूका समस्या सुन्ने र समाधानका लागि पहल गर्नेछन्। सांसदहरूले संसदमा उठाएका विषयको अनुगमन गर्न प्रधानमन्त्री कार्यालयमा 'सांसद समन्वय शाखा' समेत गठन गरिएको र सम्बन्धित मन्त्रालयलाई समाधान प्रक्रियाबारे सांसदलाई जानकारी गराउन निर्देशन दिइएको उनले बताएका छन्।

सल्लाहकार शाहले प्रधानमन्त्रीको कार्यशैली परिवर्तन भएको नभई सुरुका सय दिन सरकारको कार्यभार कार्यान्वयनमै केन्द्रित भएकाले व्यापक भेटघाट हुन नसकेको दाबी गरेका छन्। साथै निजी क्षेत्रका समस्या समाधानका लागि पनि छुट्टै संयन्त्र बनाउने विषयमा छलफल भइरहेको उनले बताएका छन्।

आजको राशिफल ८ श्रावण २०८३ शुक्रबार, को राशिफल: प्रीति आत्रेय ज्ञवाली, फलितज्योतषाचार्य
24/07/2026

आजको राशिफल
८ श्रावण २०८३ शुक्रबार, को राशिफल: प्रीति आत्रेय ज्ञवाली, फलितज्योतषाचार्य

२०८३ साउन ७ गते विहीबारको राशिफल
23/07/2026

२०८३ साउन ७ गते विहीबारको राशिफल

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share