FNPJ Nepal - Federation of Nepali Photojournalists

FNPJ Nepal - Federation of Nepali Photojournalists FNPJ (Federation of Nepalese Photojournalists) is an umbrella organization of Nepalese Photojournali

26/04/2026
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन चितवन । फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन च...
19/04/2026

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन चितवन ।

फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन चितवनको राप्ती नगरपालिकामा सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति अधिकांश पदमा निर्विरोध रूपमा चयन गरिएको छ ।

अध्यक्ष पदमा हरि प्रसाद रेग्मी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई चयन भएका छन् । महासचिवको जिम्मेवारी भरत ढकालले पाएका छन् ।

सचिव दिनेश खड्का,सचिव पदमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् । कोषाध्यक्षमा निश्चल शर्मा चापागाईं चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा अमर बानियाँ, रावल कुमार गुप्ता, दिलिप डल्लाकोटी, विरस बाबु साही, नसिम अन्सारी, श्रवण थापा, महेश आचार्य, सुनील पराजुली र नवीन पाण्डे चयन भएका छन् ।

अधिवेशनमा धेरै पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको बताइएको छ । नवगठित कार्यसमितिले फोटो पत्रकारहरूको अधिकार संरक्षण, पेशागत सुरक्षाको सुनिश्चितता, क्षमता विकास र संस्थाको सुदृढीकरणमा जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

https://youtu.be/0OpvTbuiib8?si=b43QE5p_YP0JE2qF
05/04/2026

https://youtu.be/0OpvTbuiib8?si=b43QE5p_YP0JE2qF

चितवनमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।अधिवेशनमार्फत नयाँ क.....

राप्तीमा फोटो पत्रकारहरूको केन्द्रिय महाधिवेशन : नयाँ नेतृत्व चयन हुँदैराप्ती,चैत १७- नेपाल फोटो पत्रकार महासंघको तेस्रो...
31/03/2026

राप्तीमा फोटो पत्रकारहरूको केन्द्रिय महाधिवेशन : नयाँ नेतृत्व चयन हुँदै

राप्ती,चैत १७- नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा आयोजना हुने भएको छ। महासंघको आयोजनामा तथा राप्ती नगरपालिकाको समन्वयमा सञ्चालन हुने उक्त महाधिवेशन यही चैत्र २० र २१ गते नगरपालिकाको सभा हलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
महासंघका अनुसार देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा स्वतन्त्र रूपमा सक्रिय फोटो पत्रकार र क्यामेरापर्सनहरूको व्यापक सहभागिता रहनेछ। महाधिवेशनमा देशभरका शाखाबाट करिब २५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने केन्द्रीय सदस्य प्रविण बरालले जानकारी दिनुभयो।
सो महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ। हाल महासंघले देशका करिब ७० जिल्लामा शाखा विस्तार गरिसकेको छ भने करिब १५०० फोटो पत्रकार आबद्ध रहेका छन्।
महाधिवेशनका क्रममा सहभागी सञ्चारकर्मीहरूले पूर्वी चितवन क्षेत्रका विविध पक्षबारे जानकारी लिने र आ–आफ्ना सञ्चारमाध्यममार्फत समाचार, फोटो तथा सामग्री प्रकाशन–प्रसारण गर्ने अपेक्षा गरिएको छ, जसले यस क्षेत्रको प्रचारप्रसारमा टेवा पुर्‍याउने विश्वास केन्द्रिय सचिव कोमल चन्द्र भगतले व्यक्त गर्नुभयो।
कार्यक्रमको तयारी हालसम्म करिब ७५ प्रतिशत पूरा भइसकेको आयोजकले जनाएको छ। पूर्वी चितवनमै दोश्रो पटक हुन लागेको यस महाधिवेशनलाई ऐतिहासिक बनाउने उद्देश्यका साथ व्यापक तयारी भइरहेको छ।
महासंघका केन्द्रीय अध्यक्ष हरि प्रसाद रेग्मीले महाधिवेशनलाई कार्यक्रम स्थलको प्रचारप्रसार, स्थानीय कला–संस्कृति र ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धनसँग जोडेर अघि बढाइने बताउनुभयो। साथै, पूर्वी चितवन क्षेत्रमा निर्माणको क्रममा रहेको विश्वस्तरीय फोटो सङ्ग्रहालय तथा पर्यटन प्रवर्द्धन केन्द्रका कारण पनि यो महाधिवेशन ऐतिहासिक र अविस्मरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो।

31/03/2026

नेपाल फाेटाे पत्रकार महासंघकाे राष्ट्रिय महाधिवेशन बारे आज खैरहनी स्थित कृष्ण मम(पुरानाे) मा दिउसाे ३ बजे पत्रकार सम्मेलन रहेकाे हुँदा निमन्त्रणा गरिन्छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when FNPJ Nepal - Federation of Nepali Photojournalists posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FNPJ Nepal - Federation of Nepali Photojournalists:

Share

Category