Tikho Kalam

Tikho Kalam Tikhokalam is an official page for tikhokalam.com NewsPortal.
(3)

समाजमा घट्ने गरेका हरेक किसिमका घटनाहरु, तपाईँले सिर्जना गर्नुभएको लेख/रचनाहरु, बुद्धिजिवीहरु सँगका अन्तरवार्ता इत्यादिलाई संसारको जुनसुकै कुनामा रहने नेपाली जनसम्म पुर्याउनका लागि हामीले तीखोकलम सञ्चालनमा ल्याएका हौँ ।

18/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २ गते, मङ्गलबार बिहान ११ः०० बजे / राहदानी पहिलो संशोधन विधेयक, २०८३ माथिको छलफल / मा. प्रभा कार्की
fans

18/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २ गते, मङ्गलबार बिहान ११ः०० बजे / विशेष समय / मा. ज्ञान बहादुर शाही fans

18/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २ गते, मङ्गलबार बिहान ११ः०० बजे / शून्य समय

18/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २ गते, मङ्गलबार बिहान ११ः०० बजे / शून्य समय fans

18/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २ गते, मङ्गलबार बिहान ११ः०० बजे / विशेष समय / मा. जगत प्रसाद जोशी fans

18/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। उम्मेदवार बन्न चाहनेले पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिनुपर्नेछ। छनोट प्रक्रिया यसरी अघि बढाइनेछ:

१. क्यान्डिडेट क्लबमा आवेदन

रास्वपाले स्थानीय तहका उम्मेदवारका लागि दुई प्रकारका क्यान्डिडेट क्लब बनाएको छ।
पालिका तह: प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष
वडा तह: वडाध्यक्ष र वडा सदस्य
इच्छुक व्यक्तिले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसार सम्बन्धित क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ।

२. उम्मेदवार बन्न आवश्यक योग्यता

उम्मेदवार बन्न चाहने व्यक्ति:
नेपाली नागरिक हुनुपर्नेछ।
२१ वर्ष पूरा गरेको हुनुपर्नेछ।
सम्बन्धित पालिका वा वडाको मतदाता हुनुपर्नेछ।
रास्वपाको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुनुपर्नेछ।
अन्य राजनीतिक दलको सदस्यता त्यागेको हुनुपर्नेछ।
पार्टीले तोकेको छनोट प्रक्रियाका सबै चरणमा सहभागी हुन तयार हुनुपर्नेछ।

३. आवश्यक कागजात र आचरण

आवेदन दिने व्यक्तिले आफ्नो व्यक्तिगत तथा कानुनी विवरण स्पष्ट रूपमा बुझाउनुपर्नेछ।
सम्पत्ति विवरण र प्रहरी रिपोर्ट बुझाउनुपर्नेछ।
शैक्षिक प्रमाणपत्र सक्कल तथा प्रमाणित हुनुपर्नेछ।
वैवाहिक अवस्था कानुनी रूपमा स्पष्ट हुनुपर्नेछ।
घरेलु हिंसा, यौन दुर्व्यवहार वा डिजिटल अपराधमा संलग्न नभएको हुनुपर्नेछ।
मिटरब्याज, सट्टेबाजी, हुन्डी, सहकारी ठगीलगायत अवैध आर्थिक कारोबारमा संलग्न नभएको हुनुपर्नेछ।
स्वार्थ बाझिने व्यवसायिक सम्बन्ध भए त्यसबारे स्पष्ट जानकारी दिनुपर्नेछ।
आफूविरुद्ध चलिरहेका मुद्दा तथा अन्य कानुनी विवाद लुकाउन पाइने छैन।

४. पार्टी सदस्यताको अवधि

उम्मेदवार छनोटमा सहभागी हुन पार्टी सदस्यताको न्यूनतम अवधि पनि तोकिएको छ।
रास्वपाको सदस्य बनेको कम्तीमा ४५ दिन पुगेको हुनुपर्नेछ।
अन्य दलबाट रास्वपामा प्रवेश गरेकाले कम्तीमा ९० दिन सदस्यता पूरा गर्नुपर्नेछ।
विशेष क्षमता, स्वच्छ छवि वा विज्ञता भएका व्यक्तिलाई भने ‘ल्याटर इन्ट्री’मार्फत सहभागी गराउन सकिनेछ।

५. को उम्मेदवार बन्न पाउँदैनन्?

केही निश्चित अवस्था भएका व्यक्तिलाई उम्मेदवार छनोट प्रक्रियाबाट बाहिर राखिएको छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएका व्यक्ति।
स्थानीय तहको उम्मेदवार छनोटमा सहभागी भइसकेका व्यक्ति, आगामी प्रदेश सभा निर्वाचनको छनोट प्रक्रियामा।
सरकारी कार्यालय वा संस्थामा कार्यरत कर्मचारी।
निर्वाचन कसुरमा सजाय पाएको दुई वर्ष पूरा नभएका व्यक्ति।
भ्रष्टाचार, बलात्कार, मानव बेचबिखन, लागुऔषध, सम्पत्ति शुद्धीकरण, अपहरणलगायत गम्भीर अपराधमा अन्तिम सजाय पाएका व्यक्ति।
संगठित अपराधमा सजाय भुक्तान गरेको ६ वर्ष पूरा नभएका व्यक्ति।
जातीय भेदभाव, छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा सजाय भुक्तान गरेको ३ वर्ष पूरा नभएका व्यक्ति।
कानुनअनुसार कालोसूचीमा रहेका व्यक्ति।

६. उम्मेदवार छनोटका चार चरण

रास्वपाले उम्मेदवार छनोट गर्दा चारवटा आधारलाई मुख्य रूपमा हेर्नेछ।
लिडरसिप एकेडेमी – २५%
पलिटिकल प्रोक्सिमिटी – २५%
समावेशिता – १०%
प्रारम्भिक निर्वाचन – ४०%
यी चारवटै चरणबाट प्राप्त अंकका आधारमा उम्मेदवारको अन्तिम मूल्यांकन गरिनेछ।

७. लिडरसिप एकेडेमी

लिडरसिप एकेडेमीमा उम्मेदवारको नेतृत्व क्षमता, राजनीतिक विचार, नीति र स्थानीय शासनसम्बन्धी ज्ञान परीक्षण गरिनेछ।
मुख्य रूपमा यी विषयमा प्रशिक्षण तथा मूल्यांकन हुनेछ:
संविधान, पार्टीको विचार र स्थानीय शासन
कानुनी तथा व्यवस्थापकीय ज्ञान
डिजिटल प्रशासन
शिक्षा, स्वास्थ्य, सरसफाइ तथा विपद् व्यवस्थापन
वित्तीय तथा जीवनशैली व्यवस्थापन
स्थानीय आर्थिक विकास
खुला सरकार र जनसम्पर्क
प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षका लागि पदअनुसार थप विशेष प्रशिक्षणसमेत दिइनेछ।

८. पलिटिकल प्रोक्सिमिटी – २५%

यस चरणमा उम्मेदवारको राजनीतिक र सामाजिक पृष्ठभूमिलाई हेरेर मूल्यांकन गरिनेछ।
मुख्य रूपमा:
राजनीतिक पृष्ठभूमि
जनसम्बन्ध
लोकप्रियता
सार्वजनिक आचरण
विगतको भूमिका र अनुशासन
अनुभव तथा योग्यता
चुनाव जित्ने सम्भावना
जस्ता विषयलाई आधार बनाइनेछ।
९. समावेशिता – १०%
उम्मेदवार छनोट गर्दा समावेशितालाई पनि प्राथमिकता दिइनेछ।
यसमा:
जातीय प्रतिनिधित्व
लैंगिक समानता
उमेर
अपाङ्गता
भौगोलिक अवस्था
आर्थिक तथा सामाजिक पृष्ठभूमि
युवा
विदेशबाट फर्किएका उद्यमी
जस्ता पक्षलाई ध्यान दिइनेछ।
परिवारका सदस्यले राज्यबाट लाभको पद पाएको वा पहिले नै आरक्षणको सुविधा लिएको अवस्थालाई समेत मूल्यांकनमा समेटिनेछ।

१०. प्रारम्भिक निर्वाचन – ४०%

उम्मेदवार छनोटमा सबैभन्दा बढी ४० प्रतिशत अंक प्रारम्भिक निर्वाचनलाई दिइएको छ।
पार्टीभित्रै हुने प्राइमरी निर्वाचनमा सदस्यहरूले आफूले रोजेको उम्मेदवारलाई मतदान गर्नेछन्। मतदान अनलाइनसँगै आवश्यकताअनुसार वैकल्पिक माध्यमबाट पनि गर्न सकिनेछ।
यस प्रक्रियाबाट उम्मेदवारको लोकप्रियता, पार्टीभित्रको स्वीकार्यता र स्थानीय जनाधार परीक्षण गर्ने उद्देश्य राखिएको छ।

११. अन्तिम नतिजा

लिडरसिप एकेडेमी, पलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनबाट प्राप्त अंक जोडेर उम्मेदवारको अन्तिम स्कोर तयार गरिनेछ।
पार्टीले अन्तिम स्कोरबोर्ड सार्वजनिक गर्नेछ। सबै चरण पूरा गरेर आवश्यक मापदण्ड पूरा गरेपछि मात्र उम्मेदवार बन्न योग्य मानिनेछ।

१२. उम्मेदवार छनोट समिति

उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन छुट्टै उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति गठन गरिनेछ।
समितिमा पार्टीका पदाधिकारी, प्रदेश सभापति, केन्द्रीय सदस्य तथा सांसदहरू रहनेछन्। समितिलाई उम्मेदवार छनोट प्रक्रियाको कार्यान्वयन तथा समन्वयको जिम्मेवारी दिइनेछ।

१३. छनोट प्रक्रियामा कडाइ

रास्वपाले उम्मेदवार छनोटका क्रममा आर्थिक लेनदेन, चलखेल र धाँधलीलाई निषेध गरेको छ।
उम्मेदवार छनोटमा आर्थिक लेनदेन गर्न पाइने छैन।
मतदानमा धाँधली भए कडा कारबाही गरिनेछ।
छनोट समितिका सदस्यको आचरणमा समेत कडाइ गरिनेछ।
गुटबन्दी, दुष्प्रचार र चरित्र हत्या गर्ने गतिविधिलाई गम्भीर अनुशासनहीनता मानिनेछ।
यसरी रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटमा पार्टीभित्रको प्रतिस्पर्धासँगै योग्यता, लोकप्रियता, समावेशिता र स्थानीय जनाधारलाई समेत जोड दिने तयारी गरेको छ।

18/08/2026

कानुन निर्माणमा नागरिक सहभागिता - मन्त्री गौतम
fans

18/08/2026

ललितपुर १ सांसद बुद्द रत्न महर्जन आफ्नो क्षेत्रमा भएको समस्या हरु सदनमा उठाउदै ।

ललितपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर ५ ईकुडोल घर ठेगाना भई हाल वडा नम्बर ३ भट्टेडाँडा निवासी श्री गोपाल चौलागाईंको...
18/08/2026

ललितपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर ५ ईकुडोल घर ठेगाना भई हाल वडा नम्बर ३ भट्टेडाँडा निवासी श्री गोपाल चौलागाईंको नाती बाबु दीपक चौलागाईं र आमा सरिता सन्जेल चौलागाईंको वर्ष १७ को सुमन चौलागाईं, टाउकोमा गम्भीर चोट लागेको कारण टिचिङ अस्पताल महाराजगंजमा उपचारका लागि भर्ना भई हाल निमोनिया भएर सोही अस्पतालको सघन उपचार कक्ष आइसीयु मा उपचार गराइरहनुभएको छ।
बिरामीका बुवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहनुभएको छ। आमा सरिता सन्जेल चौलागाईं एक्लै छोराको उपचारमा अस्पतालको चिसो भुइँमा बसिरहनुभएको छ।
पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र हालसम्मको उपचारमा २८ लाख रुपैयाँ खर्च भइसकेको आमा सरिता बताउनुहुन्छ। हाल दैनिक ६००००को औषधि खर्च लाग्ने गरेको छ।
अस्पतालको आइसियु कक्षको ढोकामा उभिएर भावुक मुद्रामा छोराको उपचारको याचना गरिरहेकी बिरामीकी आमा को भनाई अनुसार औषधि खरिद गर्ने रकम छैन। घरबारी जायजेथा सम्पूर्ण सम्पत्ति सकिसकेको र सरसापटी गर्ने ठाउँ समेत सकिसकेको उहाँको भनाइ छ।
बिरामीको कुरुवाका लागि साथीसमेत नपाएकी सरिता भावुक हुँदै भन्नुहुन्छ हे भगवान म के गरौँ?
अस्पतालमा यस्तो अवस्थामा रहेकी सरितालाई हामीले पनि सक्दो सहयोग गरेर आयौं।
हजुरहरू पनि आफूले सक्ने आर्थिक सहायता गरी बिरामीलाई अन्यथा हुनबाट बचाउनका लागि यो पोस्ट गरेको छु।
यो पोस्टलाई सक्दो सेयर गरी दयालु मन भएका व्यक्तिसामु पुर्‍याई बिरामीलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
सेवा नै धर्म हो।।।

भदौ महिनामा बिदै बिदाले भरिपूर्ण !
18/08/2026

भदौ महिनामा बिदै बिदाले भरिपूर्ण !

Address

Swayambhu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tikho Kalam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tikho Kalam:

Shortcuts

Share