23/10/2026
डिजिटल नेपाल कार्यान्वयनका लागि सुझावहरू
नेपाललाई वास्तविक अर्थमा डिजिटल बनाउन केवल नयाँ एप वा वेबसाइट बनाउनु पर्याप्त हुँदैन। भरपर्दो, छिटो, सुरक्षित र एकीकृत प्रणाली आवश्यक छ। यसका लागि निम्न सुधारहरू गर्न आवश्यक देखिन्छ:
1. एकीकृत Government Web Portal (Single Sign-On) (Optional)
सबै सरकारी सेवा एउटै वेब-आधारित प्रणालीमा उपलब्ध गराइयोस्। नागरिकले एउटै Login ID मार्फत आवश्यक सबै सरकारी सेवाहरू प्रयोग गर्न सकून्। प्रत्येक कार्यालयका लागि छुट्टाछुट्टै वेबसाइट र Login आवश्यक नपरोस्।
2. सरकारी Business Email अनिवार्य
सबै सरकारी कर्मचारी तथा कार्यालयले व्यक्तिगत Gmail वा अन्य Email प्रयोग गर्नुको सट्टा सरकारी Domain (जस्तै: .np) भएको आधिकारिक Business Email अनिवार्य रूपमा प्रयोग गरून्।
3. नेपाल सरकारका लागि AI प्रणाली (वैकल्पिक)
नेपाली भाषा र सरकारी कामकाजलाई केन्द्रमा राखेर AI प्रणाली विकास गरियोस्, जसले:
- डिजिटल वडापत्र उपलब्ध गराओस्।
- निवेदन, पत्र, प्रतिवेदन लगायतका सरकारी ढाँचाका कागजात तयार गर्न सहयोग गरोस्।
- कुन सेवाका लागि कुन-कुन कागजात आवश्यक छन् भन्ने जानकारी प्रदान गरोस्।
- सरकारी नियम, प्रक्रिया र सेवासम्बन्धी सही जानकारी नेपाली भाषामा उपलब्ध गराओस्।
4. सरकारी Website तथा Software सुधार
सबै सरकारी वेबसाइट र सफ्टवेयरको आधुनिक UI/UX, छिटो Response Time, उच्च Performance तथा नियमित Bug Fix र Security Update सुनिश्चित गरियोस्।
5. सरकारी विद्यालयमा Programming शिक्षा
प्रत्येक सरकारी विद्यालयमा Computer Teacher को दरबन्दी सिर्जना गरियोस्। प्रत्येक शुक्रबार Programming तथा Computer Skills सम्बन्धी Live Practical कक्षा सञ्चालन गरियोस्।
6. मजबुत IT Infrastructure
प्रत्येक सरकारी कार्यालयमा Load Balancing सहितको भरपर्दो Network, Backup Electricity (UPS/Generator), उच्च Performance भएका Computer तथा आवश्यक Hardware उपलब्ध गराइयोस्। सरकारी Software चल्ने Computer लाई प्राथमिकता दिइयोस्।
7. उच्च क्षमता भएका Data Center र Server
सरकारी Software को आवश्यकता अनुसार Scalability भएको आधुनिक Server, Data Center, Cloud Infrastructure, Backup तथा Disaster Recovery System को व्यवस्था गरियोस्, ताकि सेवा छिटो, सुरक्षित र निरन्तर सञ्चालन होस्।
8. प्रत्येक स्थानीय तहको एकीकृत App
प्रत्येक स्थानीय तहको छुट्टाछुट्टै App भए पनि त्यसमा स्थानीय तहका सम्पूर्ण सेवा एउटै स्थानबाट उपलब्ध गराइयोस्। जस्तै:
- कर्मचारी हाजिरी
- स्थानीय कर तथा राजस्व भुक्तानी
- सिफारिस तथा प्रमाणपत्रका लागि आवेदन
- गुनासो दर्ता
- सूचना तथा सार्वजनिक सूचना
- स्थानीय स्तरका रोजगारी तथा Vacancy मा आवेदन
- अन्य सबै स्थानीय सरकारी सेवाहरू
9. Digital Document Verification
QR Code वा Digital Verification प्रणाली तुरुन्तै काम गर्ने बनाइयोस्। सामान्य Verification का लागि ५–१० मिनेट कुर्नुपर्ने अवस्था हटाई केही सेकेन्डमै परिणाम प्राप्त हुने व्यवस्था गरियोस्।
10. एकीकृत Citizen Digital ID
राष्ट्रिय परिचयपत्रलाई आधार बनाएर नागरिकले एउटै Digital ID मार्फत सबै सरकारी सेवा, कर, स्वास्थ्य, शिक्षा, सवारी, राहदानी तथा अन्य सेवामा पहुँच पाउने व्यवस्था गरियोस्।
11. Cyber Security र Data Privacy
सबै सरकारी Software मा अन्तर्राष्ट्रिय स्तरको Cyber Security, Data Encryption, नियमित Security Audit तथा नागरिकको व्यक्तिगत Data को सुरक्षा सुनिश्चित गरियोस्।
12. नियमित Maintenance र User Feedback
सरकारी Software तथा Website हरूको नियमित Maintenance, Performance Monitoring र नागरिकबाट प्राप्त Feedback का आधारमा निरन्तर सुधार गर्ने व्यवस्था गरियोस्।
डिजिटल नेपालको उद्देश्य केवल धेरै App वा Website बनाउनु होइन, नागरिकलाई छिटो, सरल, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नु हो। एउटै कामका लागि धेरै Software, ढिलो Response, Bug र कमजोर System ले डिजिटल रूपान्तरणलाई प्रभावकारी बनाउन सक्दैन।