GN chhetri / जिएन छेत्री

GN chhetri / जिएन छेत्री नेपालका सैछिक सूचना , राजनीतिक सन्दर्भ ,साहित्य र कला , सस्कृर्ती, प्रकृर्तीको चित्रण

संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा भाग लिन जाँदै विघटित प्रतिनिधि सभा अन्तर्गत शिक...
19/09/2025

संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा भाग लिन जाँदै विघटित प्रतिनिधि सभा अन्तर्गत शिक्षा समितिका सभापति अम्मर बहादुर थापा ।

14/09/2025

नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब-भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब-भत्ता पाउने भएका छन् ।

10/09/2025

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

- बालेन

एउटा  समय थियो त्यो बालापन थियो कसैले जादु देखाउदा नि विश्वास लाग्थ्यो अहिले कसैले वास्तविकता देखाउदा नि विश्वास लाग्दैन...
05/07/2025

एउटा समय थियो त्यो बालापन थियो कसैले जादु देखाउदा नि विश्वास लाग्थ्यो अहिले कसैले वास्तविकता देखाउदा नि विश्वास लाग्दैन जीवन यस्तै रहेछ।

Shout out to my newest followers! Excited to have you onboard! Dhana Bohara, Darbin Chand
14/05/2025

Shout out to my newest followers! Excited to have you onboard! Dhana Bohara, Darbin Chand

04/12/2024

शिक्षणका नविनतम विधिहरु
वि.स. २०८१ (सन् 2024) मा विश्वका धेरै मुलुकमा सिकाइलाई प्रभावकारी बनाउन प्रयोग गरेका विधिहरु/तरिका/ रणनीतिहरु
1. सहयोगात्मक अनलाइन सिकाइ (Collaborative Online Learning): विद्यार्थीहरू विभिन्न स्थानबाट अनलाइन प्लेटफर्ममा जोडिएर समूहमा मिलेर सिकाइ प्रक्रिया अगाडि बढाउँछन् । यसमा विभिन्न प्रकारका अनलाइन उपकरणहरू, भिडियो कन्फ्रेन्सिङ र साझा परियोजनाहरूको प्रयोग गरिन्छ । सहयोगात्मक सिकाइले विद्यार्थीहरूको सामूहिक सोचाइ, समस्या समाधान, समालोचनात्मक र सिर्जनात्मक सोचाइ तथा संवाद र तर्क गर्ने क्षमतालाई बलियो बनाउँछ।
2. फ्लिप्ड क्लासरूम (Flipped Classroom): फ्लिप्ड क्लासरूममा विद्यार्थीहरूले नयाँ सामग्रीहरू घरमा अनलाइन भिडियो वा श्रोत सामग्रीबाट सिक्छन्, र कक्षामा शिक्षकको सहयोगमा तिनको अभ्यास र व्यावहारिक प्रयोग गर्छन् । यसले कक्षामा बढी अन्तरक्रियात्मक सिकाइ वातावरण तयार पार्छ।
3. मिश्रित सिकाइ (Blended Learning): मिश्रित सिकाइ भनेको अनलाइन शिक्षण र परम्परागत कक्षाकोठा शिक्षणको मिश्रण हो। विद्यार्थीहरू कक्षामा शिक्षकहरूसँग प्रत्यक्ष सिकाइ र अनलाइन प्लेटफर्ममा स्व-अध्ययनको संयोजनबाट सिक्ने गर्छन् । यसले विद्यार्थीलाई सिकाको लागि लचिलोपन, समय व्यवस्थापन, र व्यक्तिगत अनुकूलनको सुविधा दिन्छ।
4. व्यक्तिगत शिक्षण (Individualized teaching): व्यक्तिगत शिक्षणमा विद्यार्थीको व्यक्तिगत आवश्यकता, रुचि र सिकाइ गतिअनुसार पाठ्यक्रम र विधिहरू समायोजित गरिन्छ । यसमा अनलाइन प्लेटफर्म, डेटा विश्लेषण, र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी शिक्षकले हरेक विद्यार्थीको आवश्यकताअनुसार अनुकूलित सिकाइ सामग्री तयार गरी सहजीकरण गर्छन् ।
5. गामिफिकेसन (Gamification): सिकाइलाई खेलको रूपमा प्रस्तुत गर्ने विधिलाई गामिफिकेसन भनिन्छ। 2024 मा सिकाइलाई रमाइलो, चुनौतीपूर्ण, र प्रेरणादायक बनाउन गेम-आधारित गतिविधिहरूको प्रयोग बढ्दो छ । यसले विद्यार्थीको सहभागिता, ध्यान, र प्रेरणालाई बढावा दिन्छ।
6. परियोजनामा आधारित सिकाइ (Project-Based Learning): परियोजनामा आधारित सिकाइमा विद्यार्थीहरू वास्तविक जीवनका समस्या वा परियोजनाहरूमा काम गर्दै सिक्छन्। यसले विद्यार्थीलाई सोच्न, योजना बनाउन र व्यावहारिक अनुभवहरूबाट ज्ञान हासिल गर्न मद्दत गर्छ। 2024 मा परियोजनामा आधारित सिकाइ STEAM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) शिक्षामा अझ प्रभावकारी बनाइएको छ।
7. भर्च्युअल वास्तविकता (Virtual Reality - VR/AR): भर्च्यअल वास्तविकता (VR) सिकाइका अनुभवलाई वास्तविक जीवनजस्तै बनाउने प्रविधिहरू हुन्। विद्यार्थीहरूले भर्चुअल संसारमा प्रवेश गरी विभिन्न शैक्षिक सामग्रीहरू बुझ्न सक्छन्। उदाहरणका लागि, विज्ञानका प्रयोगशालाहरू, ऐतिहासिक घटना वा भूगोलको अध्ययन VR मार्फत अत्यन्तै प्रभावकारी बनाइएको छ।
8. आर्टिफिसियल इन्टेलिजेन्स (AI)-आधारित ट्युटरिङ: AI आधारित ट्युटरहरू विद्यार्थीहरूलाई सघाउन र मार्गदर्शन गर्न प्रयोग गरिन्छ । यस्ता प्रणालीहरूले विद्यार्थीको सिकाइको स्तर, समस्या, र आवश्यकतालाई बुझेर अनुकूलित पृष्ठपोषण दिन्छन् । यसले शिक्षकको सहयोग बिना नै स्व-अध्ययन र पुनरावृत्ति प्रक्रिया तथा प्रतिबिम्बात्मक सिकाइ (Reflective learning) लाई सहज बनाउँछ।
9. सूक्ष्म सिकाइ (Microlearning): सूक्ष्म सिकाइमा साना-साना पाठहरू, भिडियोहरू, वा शैक्षिक सामग्रीहरू छोटो अवधिमा उपलब्ध गराइन्छ । विद्यार्थीहरूलाई कम समयमा विशेष ज्ञान प्राप्त गर्न मद्दत पुर्‍याउँछ । यो विधि विद्यार्थीहरुलाई व्यस्त राख्न र ध्यान दिइराख्न लागि उपयोगी हुन्छ।
10. समावेशी र विविधतापूर्ण सिकाइ (Inclusive and Diverse Learning): समावेशी शिक्षण विधिले हरेक विद्यार्थीलाई, चाहे उनीहरूको क्षमतामा जस्तो सुकै फरक किन नहोस्, समान पहुँच र अवसर दिनेमा जोड दिन्छ । यसमा भिन्न आवश्यकताहरू भएका विद्यार्थीहरूलाई ध्यानमा राखेर शैक्षिक सामग्री र विधिहरू तयार गरिन्छ । यसको लागि आधुनिक प्रविधिसमेत उपयोग गर्न सकिन्छ । समतायुक्त सिकाइलाई अभिवृद्दि गर्न यो विधि उपयुक्त मानिन्छ ।
11. पियर लर्निङ (Peer Learning): पियर लर्निङमा विद्यार्थीहरू एकअर्काबाट सिक्छन्। समान उमेर समूहका वा समान रुचि भएका विद्यार्थीहरू एकअर्काको सहयोगमा समस्याहरू समाधान गर्ने र ज्ञान आदान-प्रदान गर्ने गर्छन् । यसले आत्मविश्वास बढाउँछ र विद्यार्थीहरूलाई अधिक सक्रिय सिकाइ प्रक्रियामा संलग्न गराउँछ।
12. अनुभवीय सिकाइ (Experiential Learning): यस विधिमा विद्यार्थीहरूलाई प्रत्यक्ष अनुभवबाट सिकाइ गराइन्छ । विज्ञान, इतिहास, शारीरिक वा कलाका क्षेत्रमा प्राय: विद्यार्थीहरूलाई सीधा अनुभव दिने गरी सिकाइ हुन्छ, जसले उनीहरूको ज्ञानलाई गहिरो र फराकिलो बनाउँछ।
# Copied.

धन्न भाईरलीकरणको शिकार बनेनन् प्रकास  तामाङ ! भाईरलिस्टहरुको गोलचक्करमा परेका भए बास हैन, उठिबास हुन्थ्यो  उनको । विवेकश...
21/11/2024

धन्न भाईरलीकरणको शिकार बनेनन् प्रकास तामाङ ! भाईरलिस्टहरुको गोलचक्करमा परेका भए बास हैन, उठिबास हुन्थ्यो उनको । विवेकशिल रहेछन् प्रकास, विवेकी रहेछन् सहयोगीहरु । प्रकासलाई भाईरल हैन, अविरल बनाउनु भयो । यो सुन्दर बासमा अविरल चलोस् तपाईॅको आगामी जीवन प्रकास जि Herne Katha
सहयोगी Sudan Kirati Rajesh Rai

15/09/2024

माओवादी नेता नारायणकाजीको उत्कृष्ट मन्तव्य जस्ले अहिले पनि भ्रष्टहरुको सातो खाएक्क छ्न।

15/09/2024
With Saral Sahayatri – I just got recognized as one of their top fans! 🎉
08/08/2024

With Saral Sahayatri – I just got recognized as one of their top fans! 🎉

Address

Kathmandu

Telephone

+9779851109543

Website

Alerts

Be the first to know and let us send you an email when GN chhetri / जिएन छेत्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GN chhetri / जिएन छेत्री:

Share

Category