Diksha Click

Diksha Click Official page for Diksha Click

02/02/2017

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा १४ करोड ६८ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डले गत वर्षभन्दा खुद नाफामा ६६.७६५ ले बढोत्तरी गरेको हो ।

02/02/2017

नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन भएको छ। विहीबार दोलखाको खिम्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

02/02/2017

जनकपुर राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै आएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।

02/02/2017

फेसबुक विश्वकै धनी कम्पनी मध्ये एक हो। कम्पनीले बुधबार आफ्नो कमाई सार्वजनिक गरेको छ । पछिल्लो तीन महिनामा फेसबुकको विज्ञापनबाट हुने आम्दानी ५३ प्रतिशतले बढेको छ। फेसबुकको आम्दानी र यसका प्रयोगकर्ताको संख्यालाई विश्लेषण गरेर सिएनबिसीले प्रति प्रयोगकर्ता कति कमाई फेसबुकले गर्‍यो भन्ने हिसाब निकालेको छ...

02/02/2017

इलामका किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी ११ करोड ९७ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।

02/02/2017

नेपाल प्रहरीमा जागिर खान इच्छुक हुनुहुन्छ रु नेपाल प्रहरीले विभिन्न पदमा एकै पटक २ हजार ६ सय ७८ जनाका लागि भर्ना आवेदन खुला गरेको छ ।

02/02/2017

सेवा बिकास बैंकले प्रगती गरेको छ । बैंकको नाफा ८९.१८ प्रतिशतले बढेको छ । बैंकको अघिल्लो वर्ष दोश्रोको त्रैमासमा ४ करोड ८ लाखमा सीमित खूद नाफा बढेर ७ करोड ७२ लाख पुुगेको छ भने ८ करोड ९६ लाखबाट वृद्धि भई खूद ब्याज आम्दानी १५ करोड ५७ लाख रुपैयाँको पुुगेको छ । यो अवधिमा बैंकले ५ अर्ब ४१ करोड निक्षेप संक...

02/02/2017

हिजो हरियाली देखिएको बजारमा आज थोरै गिरावट आएको छ । हिजोको तुलनामा आज बजार ७.२१ अंकले झरेर १३८२.६२ मा आइपुगेको छ । अनलाइन ट्रेडिङको खबरपछी हिजो बजारले छलाङ मारेको थियो । आजपनि लगानीकर्ताहरु कारोबारको पूर्वार्दमा निकै उत्साहित हुँदा १४१६.६१ बिन्दुमा नेप्से पुगेको थियो ।

02/02/2017

काठमाडौंको तीनकुनेस्थीत ताज पार्टी प्यालेसमा चलिरहेको वाईसीएलको एकता भेलामा हालै मात्र एकता प्रकृयामा आएका मातृका यादव र मणी थापा समूहबीच हात हालाहालको स्थिती पैदा भएको हो ।

02/02/2017

नेप्सेले औपचारिक रुपमै अनलाइन ट्रेडिङ सम्बन्धि हालसम्म भएका काम र भैरहेका गतिविधि समेटिएको जानकारी औपचारिक रुपमै नेप्सेको वेव साइटमा राखेको छ । यो सँगै बजार थप बलियो हुने र बजार बढ्ने आशा गरिएको छ ।

02/02/2017

विराटनगर नाकाबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आयात बढेको मूख्य १५ वस्तुमध्ये ५ मात्र व्यापारिक सामग्री छन्। विराटनगर भन्सार कार्यालयका अनुसार अन्य १० वस्तु औद्योगिक कच्चा पदार्थ हुन् ।

02/02/2017

व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ। आजको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ। विधेयकमाथि दफावार छलफलको प्रतिवेदन बुधवार संसद्मा पेश भएको थियो।

Address

Kathmndu
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Diksha Click posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category