Nepal's Photo Gallery

Nepal's Photo Gallery Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal's Photo Gallery, Photographer, Kathmandu.

आज श्री पञ्चमी/बसन्त पञ्चमी/बसन्त श्रवण/सरस्वती पुजाThe many facets of श्री पञ्चमी Śri Pãcami.A couple of hundred meter...
05/02/2022

आज श्री पञ्चमी/बसन्त पञ्चमी/बसन्त श्रवण/सरस्वती पुजा

The many facets of श्री पञ्चमी Śri Pãcami.

A couple of hundred meters west of the great Swoyambhu stupa lies the lesser known shrine of महामञ्जुश्री Mahamanjuśri. He is a Bodhisatva who is credited with draining the lake that filled up Kathmandu valley to make it suitable for human habitation in prehistoric times.

Eons ago, Mahamanjuśri came overland from China, via the eastern town of Dwalkha, on an arduous journey to pay homage to the divine light that burnt perpetually on the lake's surface, according to a popular legend. After human civilization fostered in the valley, people built many shrines dedicated to Mahamanjuśri here to pay obeisance to him.

This evening, to commemorate Mahamanjuśri's great deed of establishing a pious land suitable for their ancestors to start a settlement, the people of Kathmandu valley polish his stone image, especially his feet, with mustard oil to relieve him from the pain of his tiring travels. This ritual is accompanied by the cleaning and decoration of his shrine, in preparation for his grand worship tomorrow to mark Śri Pãcami, the day when children are introduced to the alphabet as per ancient tradition.

Traditionally, the seven-syllable mantra in praise of Goddess Bāgiśori -- न मो बा गी श्व रा य Na Mo Bā Gi Śo Rā Ya -- is taught to children to start their formal education tomorrow.

As part of the worship ceremony, devotees swallow three grains of unblemished rice without the teeth touching them. This is a symbolic gesture of ensuring that one's body and mind are never devoid of the essence of a pure and wholesome lifestyle.

Śri Pãcami is also the first day of spring, known locally as Vasanta Ritu. The indigenous Newa people of Kathmandu valley start singing spring songs and hymns from this day.

Śri Pãcami is also considered auspicious to hold rite-of-passage ceremonies, such as weddings, without the need to consult an astrological calendar.

If a married woman observes a fast on Śri Pãcami, it is believed she would be loved even more by her husband.

Śri is another name for Goddess Laxmi, the deity of prosperity, as per Newa tradition. Śri Pãcami is also celebrated as her birthday.

The name Śri Pãcami is derived from the last syllable in Mahamanjuśri. It falls on Silla Tho Pãcami as per the lunar Nepal Samvat calendar, and on Magh Shukla Pãcami as per the solar calendar.

The shrine of Mahamanjuśri near Swoyambhu is known as मञ्जःसलि Mãjạsali. Built in the 17th century CE, it was renovated in 1784 CE by a Buddhist monk Jayapatidev. Thousands of devotees, both Hindu and Buddhist, visit the shrine tomorrow to worship the image of Mahamanjuśri. The main feature at this shrine is his footprint atop a stone lotus flower.

Science does not verify that Mahamanjuśri's flaming sword chopped off the mountains to drain the lake. But geophysical analysis has proved that Kathmandu valley was indeed a lake some thirty thousand years ago. Over time, the soft limestone composition of the hills in its southern rim eroded away to gradually let out the lake's water through the न्हसिकाप Nhasikāp (Chovāh) gorge, from where the Bagmati river exits the valley today.
Copyed by Alok Siddhi Tuladhar.

गुंला_पर्वनेपाल भाषामा ‘गुं' को अर्थ 'दशौं' र ‘ला’ को अर्थ महिना हो । यसरी गुंलाको अर्थ दशौं महिना हो । नेपाल सम्वतको दश...
10/08/2021

गुंला_पर्व

नेपाल भाषामा ‘गुं' को अर्थ 'दशौं' र ‘ला’ को अर्थ महिना हो । यसरी गुंलाको अर्थ दशौं महिना हो । नेपाल सम्वतको दशौं महिनामा मनाइने भएकाले यो पर्वलाई "गुंला पर्व" भन्ने गरिएको हो ।

हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ । गुंलाका अवसरमा बाजागाजा सहित काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहाँबही तथा मन्दिरहरु परिक्रमा गर्ने गरिन्छ । विशेष गरी नेवाः समुदायका बौद्धधर्मावलम्बीहरु यस पर्वमा धाः बाजा (गुंला बाजा) बजाउँदै चैत्य परिक्रमा गर्ने गर्दछन् ।

यस गुंला महिनामा गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाँउमा मनाइन्छ । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुँलापर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

आज काठमाडौं उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला संगितको श्रवण गर्न सकिन्छ भने बिभिन्न गुम्बा, मन्दिर अनि आत्मिकस्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवाः सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि संगित अनि पछि पछि भक्तजनहरु हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरु प्रशस्तै देख्न सकिन्छ, काठमाडौ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाँउने चलन रहन्छ । काठमाडौ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।

दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरु यस दिनमा विशेष गरिन्छ, हुन त गुंला एकदिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका बिभिन्न तिथीमा बिभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरुमा आआफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौं, सबैलाई शुभकामना ।

फोटो: Kritan M Joshi

06/08/2021

गथॉमुग : च:ह्रे उपत्यकामा शैवहरु र बज्रयानहरु सबैले मनाउने पर्व!

उपत्यकाको कृषकहरु को लागि धान बाली एक मुख्य खाद्यान्न बाली हो । यहॉको कृषकहरु धान बालीबाट सालभरको लागि आबश्यक खाद्यान्न उत्पादन गर्न सक्षम थिए । त्यस्कारण उपत्यकामा मनाईआएको कति चाडपर्वहरु यही धान बालीमा आधारित छन् । गथॉमुग: च: ह्रे पर्व पनि यही धानबाली संग सम्बन्धित एक महत्वपूर्ण पर्व हो ।
१.. यसरी धानबाली मुख्य बाली भएको कारण धान रोपाई (सिनाज्या ) को काम सफलताका साथ सम्पन्न गरेको उपलक्षमा यो गथॉमुग : च:ह्रे पर्व मनाईआएको हो । यसरी गथॉमुग: च: ह्रे धान रोपाई (सिनाज्या ) संग सम्बन्धित पर्व हो ।
१.१. गथॉमुग: च: ह्रे पर्व लाई सबभन्दा पहिले मनाउने पर्वको मान्यता छ ।कारण:-
१.१.१. मुख्य बाली मानीआएको धान को रोपाई पछि सबभन्दा पहिले मनाउने पर्व भएको कारण पहिलो भनेको हुन सक्तछ ।
१.१.२. धान रोपाई को काम समयमा सम्पन्न गर्नु पर्ने एक ठूलो चुनौती को कुरा भएको र यो काम धेरै मेहनत र परिश्रम गरी सम्पन्न गर्नु पर्ने भएको कारण ले पहिलो भन्ने उपाधि पाएको हुन सक्तछ ।
१.१.३. कृषकहरु शरीरमा आध्यात्मिक शक्ति, मानसिक क्षमता र शारीरिक बल र तागत लगाएर बर्षातको झरीमा रुझेर, हिलो माटोमा खेलेर, झम झम पानीमा रमाएर , मेहनतका साथ धान रोपाई गरेर मनाउने भएको कारण पनि पहिलो पर्वको दर्जा पाएको हुनु पर्दछ ।
१.१.४. त्यसो त धानबाली मा आधारित यो दोस्रो पर्ब हो । पहिलो त देगुद्य पूजा गरेर सिथिनख मनाएर धान रोपाई गर्न शक्ति र बल/ताकत प्राप्त गर्नुलाई नै मान्नु पर्दछ ।

१.२. समयमा ( सिनाज्या ) धान रोपाई सम्पन्न गर्न सक्षम हुन देगुद्य पूजा गरेर शक्ति प्राप्त गरेको कारण धन्यबाद दिन देगुद्य: , आगंद्य: , शक्ति पीठहरु, र अन्य गणेश, कुमार, आदि को पूजा गर्दछन् ।
१.२.१. धान रोपाई सम्पन्न गर्न देगुद्य पूजा गरी शक्ति प्राप्त गरेको कारण देगुद्य, आगंद्य, शक्ति पीठ, गणेश, र कुमार को धन्यबाद पूजा गरिन्छ ।
१.२.२. धान रोपाई पछि धान राम्रो फलोस भनेर पनि पूजा गरिन्छ ।
१.२.३. यस्को लागि कुलदेवता बाट सधै शक्ति/आशिर्बाद पाईरहन पनि पूजा गरिन्छ ।

१.३. समयमा धान रोपाई गरी गथॉमुग: च: ह्रे पर्व राम्रो संग मनाउन सकियो भने त्यस्पछि आउने जात्रा पर्वहरु राम्रो संग मान्न सकिन्छ भन्ने जनधारणा छ । गथॉमुग पर्व मनाएन भने त्यस्पछि आउने जात्रा पर्वहरु राम्रो संग मान्न सकिन्न भन्ने पनि जनधारणा छ । कारण:-
१.३.१. धान रोपाई को काम समयमा सम्पन्न भएमा अन्न उत्पादन प्रसस्त हुन्छ र आगामी चाडपर्वहरु राम्रो संग मनाउन सकिने हुन्छ ।
१.३.२. धानबाली राम्रो भएमा दशै तिहार ( मोहनी नख र स्वन्ति नख ) राम्रो मनाउन सकिन्छ भन्ने धारणा छ ।
१.३.३. धान राम्रो फलेमा धान भकारी भरिने र धान्य पूर्णिमा ( य: मरि पुन्हि पर्व) रमाईलो गरेर मनाउन पाउने धारणा भएको कारण नै गथॉमुग: च:ह्रे पर्व राम्रो संग मनाउनु पर्ने धारणा भएको पाईन्छ ।

२..निमन्त्रण पाई धान रोपाई मा सहयोग गरेको भूतप्रेतहरु लाई आदरसाथ बिदाई गरिने ब्यबस्था यस पर्व मार्फत गरिन्थ्यो ।
२.१. उपत्यकामा परापूर्ब कालमा धान रोपाई को काम गर्न मानिस को जनसंख्या कमी भएको कारण अक्षय तृतीया को दिन शिव पार्वती को बिबाहको उपलक्षमा आएका भूतप्रेत लाई तान्त्रिक विधि अनुसार निमन्त्रणा दिएर सहयोग गर्न अनुरोध गरिन्थ्यो ।
२.२. यी सहयोगी भूतप्रेतहरु समयमा आएर धान रोपाई को काम समयमा सम्पन्न गरिदिन्थे ।
२.३. त्यस्कारण धान रोपाई को काम समयमा सम्पन्न भएपछि यी भूतप्रेत लाई आदर सम्मान का साथ बिदाई यो पर्व मार्फ़त गरिन्थ्यो ।
२.४. सो भूतप्रेत लाई बिदाई दिने काम यही गथॉमुग: च:ह्रे को दिन गरिन्थ्यो ।

३.. कृषकहरु ( सिनाज्या ) धान रोपाई को काममा ब्यस्त भएको बेलामा घरमा घुसेका नकारात्मक तत्त्वहरु र नराम्रो भूतप्रेतहरु लाई पनि यस पर्वमा जबर्जस्ति घरबाट निकालेर घिसारेर नदी/खोलामा लगेर जलाउने / बगाउने गरिन्छ ।
३.१. धान रोपाई को काम मा लागेको बेलामा कृषकहरु लाई भ्याई नभ्याई हुने हुनाले घरमा नगई खेतमा नै चिउरा छवायला, आलुको अचार र जॉड खाएर सुत्ने गर्दछन् ।
३.२. त्यही मौका छोपेर नकारात्मक तत्वहरु र नराम्रा भूतप्रेत घरमा घुसेका हुन सक्तछन् भन्ने डर रहन्थ्यो ।
३.३. त्यस्कारण धान रोपाई गरेर घर फर्केका कृषकहरु लाई दुःख कष्ट देला भनेर गथॉमुग: को दिन घरमा पसेका भूतप्रेत लाई मन्त्र ले टानेर घर बाहिर र टोल बाहिर लैजाने चलन थियो ।
३.४. यसो गर्दा टोल घर शहरमा रोग ब्याधी शान्त भएर कृषकहरु ढुक्क हुन्छ भन्ने चलन थियो ।
३.५. गथॉमुगको दिन एक कडा दिन हो । यस दिन घरको साथ साथै भूतप्रेत शुद्धिकरण गर्ने दिन पनि भनिन्छ ।
३.६. कसै कसैको घरमा भूतप्रेत को आत्मा पसेर दुःख दियो भने नराम्रो मसान साधना गरेर घरको प्रेत हटाउने काम पनि हुन्थ्यो ।
३.७. साधारण त गथॉमुग च:ह्रे सिद्धि प्राप्त गर्ने दिन भनिन्छ ।तर यस दिनमा कुबिद्या , बिहार गर्ने , बोक्सि सिक्नेहरु सिक्ने बेला पनि हो भनिन्छ ।
३.८. अझ यस दिन बोक्सिहरु पीठ पीठमा घुमेर मसानमा बसेर साधना गर्ने हुनाले गथॉमुग लाइ प्रेत चतुर्दशी पनि भन्ने गर्दछन् ।
३.९. गथॉमुगको दिन भूतले छोला भनेर फलाम को औठी लगाउने चलन पनि छ ।
३.१०. यस गथॉमुगको दिन घरमा सरसफाइ गरेर नुहाएर घरभित्र पसेका नराम्रा तत्वहरु र भूतप्रेत लाई पनि निकालेर पठाउन खोजिन्छ ।
३.७. भूतप्रेत घर भित्र पस्न नसकोस भनेर मूलढोका मा फलामको तीनखुट्टे किल्ला कॉटी गाड्ने चलनहरु पनि छन् ।यो लगाए भूतप्रेत पस्न सक्दैनन् भन्ने मान्यता छ ।अनि त्यस्पछि घरका सबै परिवारहरु ढोका ठुनेर बस्छन् बाहिर निस्कदैनन् ।

४..कृषकहरु धान रोपाई को काम मा ब्यस्त भएको बेलामा टोल/देश मा घुसेर दुःख कष्ट दिईरहेका राक्षसहरु लाई देश निकाला गरेको धेरै रमाइलो किम्बदन्तिहरु छन् ।
४.१. एउटा किम्बदन्ति अनुसार एक समयमा एउटा दुःख दिने राक्षस थियो ।त्यस्बाट बचाउन एउटा तान्त्रिक ले भ्यागुतो भएर राक्षस लाई जिस्क्याएर रिस उठ्ने पारेछन् ।
४.१.१. राक्षस लाई रिस उठेछर भ्यागुतो मार्छु भनेर पछि लाग्दै गएछ । योकुरा चाल पाएर भ्यागुतो भागेको जस्तो गरेर भाग्न शुरु गरेछ ।
४.१.२. भ्यागुतोले राक्षस आफुलाइ मार्न आएको देखेर जिस्क्याएर गहिरो पानीमा पसेछ
४.१.३. राक्षस पनि भ्यागुतो लाई मार्छु भनेर पछि लाग्दा गहिरो पानीमा पुगेछ । राक्षस गहिरो पानीमा डुबेर मरेछ ।
४.१.४. सोही राक्षसको अन्त्येष्टि गरेको भनाइ पनि छ ।

४.२. एक अर्को किम्बदन्ति अनुसार गथॉमुग एक त्रिपद सवर भैरव हुन भनिन्छ ।
४.२.१. यस्मा आरुको तीन हॉगा काटेर खडा गरेको र नरकट राखेर बनाएको हुनाले त्रिपद सवर भैरबको प्रतीक मानेको भनिएको छ ।
४.२.२. यो भैरब त्रिशक्ति सत्व , रज , र तम देवता ले तीन पाईला राखेर उठाएको पाईन्छ ।

४.३. गथॉमुग तैयार पार्न टोल टोलको मानिसहरु मिलेर आरुको तीन हॉगा काटेर ल्याएर गाडेर बॉधेर नरकट राखेर भूत जस्तो बनाएर दोबाटोमा उभ्याएर राख्ने अनि “अजाजुये “ भनेर कराएर पैसा मागेर पैसा जम्मा गर्दथे ।

४.४.सॉझपख एक जनालाइ त्यस्मा पनि भूत देखेर नडराउने द्योला बर्ग जस्तै लाई यसरी उभ्याएको गथॉमुग लाई उठाएर घिसारेर टोलको चोकबाट बाहिर नदी/खोला को किनारमा पुर्याएर जलाइदिने / बगाइदिने जात्रा गर्दछन् ।

४.५. अनि घरमा पनि सॉझपख भ्यगतमा “ बौ “ राखेर पूजा गरेर बत्तीबालेर दोबाटोमा छवासय राखेर आउंछन् ।
यस्को मतलव घरमा बसेर मानिसमा चढेर ( पुनाहया ) दुःख कष्ट दिएर बसेका नराम्रो तत्वहरुलाइ र भूतप्रेत लाई निकालेर पठाउने यो पर्वको मुख्य उद्देश्य देखिन्थ्यो ।

काठमाण्डौ उपत्यकाको शैवहरु र बज्रयानहरु ले कुनै धार्मिक भेदभाव नराखि यो गथॉमुग: च: ह्रे पर्व मनाइआएको पाईन्छ ।

Jai Jai batuk bhairav...
23/07/2020

Jai Jai batuk bhairav...

08/07/2020

सेतो मछिन्द्रनाथ
16/04/2019

सेतो मछिन्द्रनाथ

Local residents of Yala worshipping “lukumaadya:” , one of such deities who comes out once in a year and stays hidden fo...
04/04/2019

Local residents of Yala worshipping “lukumaadya:” , one of such deities who comes out once in a year and stays hidden for the rest of the year. On the occasion of “Paanchare”, which is also known as “mhya mastegu nakha” (festival of the daughters), many of such lukumaadyas are worshipped at the locations where they are located in the sunken portion, otherwise completely hidden below the road... although my home place Yen (kathmandu) is yet to celebrate Paanchare and worship Lukumaadya tomorrow, here are glimpses of the worship ritual from Yala

Jai ganesh...
02/04/2019

Jai ganesh...

  ..
29/03/2019


..

28/03/2019


 🇳🇵🇳🇵🇳🇵
18/03/2019

🇳🇵🇳🇵🇳🇵

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal's Photo Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal's Photo Gallery:

Share

Category