09/09/2024
निराशाले हत्या,आत्महत्याको बाटोमा डोर्याउन सक्छ, त्यही आशाले जिउँने अदम्य साहस जगाउन सक्छ । एउटा कठोर आवाजले सिङ्गो सभा भंग गर्न सक्छ, एउटै कटु वचनले माया, दया, प्रेम, करुणा सम्बन्धका हरेक बीजलाई मास्न सक्छ। त्यही एक मधुर वाणीले हजारौँ सम्भावनाका ढोकाहरू खोलिदिन सक्छ । एक स्वार्थपूर्ण व्यवहारले सम्बन्धलाई विषाक्त बनाइदिन सक्छ त्यही निस्वार्थ व्यवहारले सम्बन्धलाई हजार माइलको यात्रा तय गराउन सक्छ । एउटा सानो सद्भाव र समझदारीले सिङ्गो लोकको कल्याण गरिदिन सक्छ ।
सबैको भलो होस्, तपाईंको पनि भलो होस् 🙂