27/01/2026
जतिसुकै आरोप लगाए पनि कानुन र अदालती फैसलाभन्दा ठूलो चिया पसल र 'धतुरे अड्डा' को 'धतुरे फैसला' हुन सक्दैन। यदि कानुनी सत्य पचाउने क्षमता छैन भने, झूटहरूलाई सत्य सावित गर्न अरूलाई 'गलत' भएको प्रमाणपत्र बाँड्दै नहिड।
राजनीतिमा हरेक व्यक्तिको सोच र विचार फरक हुन सक्छ, तर अन्त्यमा जनमत नै निर्णायक हुन्छ। कसैको चरित्र हत्या गर्न जानाजान कानुनको गलत व्याख्या गर्ने तिमीहरूले, आफ्नाहरूले गरेका गल्ती र तिनीहरूलाई लागेको आरोपमा के छ भन्नु, आरोप त लाग्य छ? कि तिमीहरुको चाही प्रमाणित हुन पर्छ?
पेसेवर वकिल र अदालतले समेत फेला पार्न नसकेका प्रमाणहरू तिमीहरूकै गोजीमा भएझै गरी दोषी करार गर्छौ। यदि साँच्चै प्रमाण छ भने त्यसलाई लुकाएर किन राख्छौ? जाऊ, अदालतमा बुझाऊ र प्रमाणित गरेर देखाऊ, नत्र धेरै ढिलो होला। आज तिमीहरूले जसलाई "भेडा"समर्थन गर्दैछौ, भोलि तिनैले तिमीहरूलाई मुख छोपेर हिड्नुपर्ने बनाउलान।
तिम्रो सबै राम्रो र अरूको सबै नराम्रो हुँदैन। एउटै वस्तुलाई पनि फरक 'एङ्गल' बाट हेर्दा फरक देखिन्छ। तिमीहरूको अवस्था ठ्याक्कै दृष्टिविहीनहरूको समूहले हात्ती छामेर व्याख्या गरेजस्तै हो; कसैले पुच्छर छामेर डोरी भन्छन्, कसैले खुट्टा छामेर खम्बा त कसैले पेट छामेर भित्तो! तिमीहरूले पनि एउटा सानो तथ्य समातेर त्यसैलाई पूर्ण सत्य ठान्ने भ्रम पालेका छौ, तर तिमीहरूको व्याख्याले मात्र हात्तीको वास्तविक रूप बदलिदैन।
सहकारी ठगीमा ८७ अर्ब स्वाहा भएको छ, तर तिमीहरूको सारा बल र बुद्धि मात्र ६५ करोडको वरिपरि घुमिरहेको छ। ८७ अर्बको ठगीमा मौन बस्ने तर रवि लामिछाने जोडिएकै कारण ६५ करोडको मात्रै रट लगाउनुले तिमीहरूको नियत प्रष्ट पार्छ। तिमीहरूलाई सहकारी पीडितको चिन्ता होइन, रविलाई फसाउने हतारो मात्रै हो भन्ने स्पष्ट हुन्छ। अझ मुख्य नाइके जसले सहकारी खडा गरेर ठगी धन्दा चलायो, उसको बारेमा केही थाहा छैन। खोजेको र बुझ्न खोजेको भए पो थाहा हुन्थ्यो, 'भेडा बुद्धि'!
अहिले सुशिल कार्कीको ठाउमा बालेन भएको भए बलेन तिमीहरुको लागि हिरो हुने थिए तर अहिले रस्वपामा भएकै कारण बालेन लुसिफ़र सिंह दरबार जलाउने परे चेत खोजौ सिंहदरबार कसले जलाए सामाजिक संजाल तिर छ्याप-छ्याप्ती भिडियो छ। सहकारी ठग र लुसिफ़र लाइ काध किन हालेको भनेर प्रश्न गर्छौ भने तिमीहरुको रणतिनी भनेको बाहुनले बोकेको खसी हत्याउने प्रयत्न जस्तै हो।
सहकारी छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ):- https://tinyurl.com/4ktjv6fp
***n