13/07/2021
दुर्लभ लोभीपापी गरुड
Astha.pic
Rare greedy eagle
Astha.pic
Annapurna
Rare greedy sinner Garud found in Barkot, Jajarkot. Greedy eagle found in Jiula located in Barkot Rural Municipality-of the district. Central member of Bird Protection Association Govind Singh said that he has found greedy eagle for the first time in Barkot.
Earlier, greedy eagle was found in Bheri Municipality of Jajarkot, Chisapani of Banke and Surkhet Simta. The greedy eagle found in a territory of less than hundred and meters high in Barekot, said the lion found at a height of thousand meters. He says it may be a topic of interest for the chapters after the greedy eagle is found even at a high height.
The bird says that the bird is slowly moving towards the lake due to climate change. Barkot is a rural municipality connected to Jumla border. This is tall and sail tree sits and wear nests. This bird along with the vulture has been affected while the tree was sprayed. Another problem is that he says he will die by eating rats by putting poison in Balinali. This rare bird has reached extinction due to human activity. It is considered a farmer's friend because it is protecting the crops by eating insects, frogs, snakes, rats in Balinali.
Greedy eagle is a medium sized eagle. It's b***y, often black body, fermented white neck, black head and exit and lower tail lid white. The upper and bottom wings look completely dark during its flight. Baby greedy eagle looks like an adult but has a slightly brown body and wings covered forehead with wings. Greedy eagle is a species of eagle found in Nepal. This bird is the Raithane species of Asia. Greedy Eagle is available in Asia from Nepal, India to Indonesia and also in Africa. This species is often found in an area below hundred and meters. This bird's natural habitat is the grassy fields around the open, osilow lands, swamp territory and lakes.
दुर्लभ लोभीपापी गरुड जाजरकोटको बारेकोटमा फेला परेका छन्। जिल्लाको बारेकोट गाँउपालिका–२ स्थित जीउलामा लोभीपापी गरुड फेला परेका हुन्। पंक्षी संरक्षण संघका केन्द्रिय सदस्य गोविन्द सिंहले बारेकोटमा पहिलो पटक लोभीपापी गरुड फेला पारेको बताए।
यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए। सामान्यतया ९ सय १५ मिटरभन्दा कम उचाईको भू–भागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६ सय मिटरको उचाइमा भेटिएको सिंहले बताए। धेरै उचाइमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्याताहरूका लागि चासोको विषय हुन सक्ने उनको भनाइ छ।
जलवायु परिवर्तनका कारण विस्तारै यो पंक्षी लेकतिर बसाइ सर्ने गरेको चराविद्को भनाइ छ। बारेकोट जुम्लासँग सिमाना जोडिएको गाँउपालिका हो। यो अग्ला सिमल र सालको रूखमा बस्ने र गुँड लगाउने गर्छ। रूख फँडानी गर्दा गिद्धलगायत यो पंक्षीलाई असर परेको छ। अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ। मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ। यसले बालीनालीमा हुने किरा फट्यांग्रा, भ्यागुतो, सर्प, मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ।
लोभीपापी गरुड मध्यम आकारको गरुड हो। यसको गठिलो, प्रायः कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ। यसको उडानका क्रममा माथिल्ला र तल्ला पखेटा पूरै गाढा देखिन्छ। बच्चा लोभीपापी गरुड वयस्क जस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पखेटाहरूका साथै प्वाँखहरूले ढाकिएको निधार भएको हुन्छ। लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो। यो चरा एसियाको रैथाने प्रजाति हो। लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इन्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ। यो प्रजाति प्रायः ९ सय १५ मिटरभन्दा तलको क्षेत्रमा पाइने गर्छ। यो चराको प्राकृतिक बासस्थान खोलानाला, ओसिलो भूमि, दलदले भू–भाग तथा तालहरूको छेउछाउका घाँसे मैदानहरू हुन्।