Bimbography 'बिम्बोग्राफी'

Bimbography 'बिम्बोग्राफी' बिम्बदृष्टिमा परेका दृश्यहरु...

23/04/2026


🌸
16/04/2026

🌸

आईरिस फूलIris japonica
05/04/2026

आईरिस फूल
Iris japonica





फेरि अर्को साँझ पर्खेर साँझमा....
01/04/2026

फेरि अर्को साँझ पर्खेर साँझमा....

जुन प्रेम गुलाबका प्रति छ,उति नै छ सिउँडीप्रति पनि ।त्यो भन्दा अलि बढी प्रेम चाहिँ सुनाखरीप्रति।गुलाब र सिउँडी हेरेर काँ...
14/02/2025

जुन प्रेम गुलाबका प्रति छ,
उति नै छ सिउँडीप्रति पनि ।
त्यो भन्दा अलि बढी प्रेम चाहिँ सुनाखरीप्रति।
गुलाब र सिउँडी हेरेर काँडामाथि उभिएर पनि हाँस्न सिकिन्छ;
सुनखरीलाई हेरेर चाहिँ बाँच्न।💚

बिहान फूलेको पहेँलो गुलाबघाम अस्ताउँदै गर्दा अब छैन पहेँलो;हिजो मैले देखेजस्तो आज तिमी छैनौ,आज तिमीले देखेजस्तो भोलि म न...
08/11/2024

बिहान फूलेको पहेँलो गुलाब
घाम अस्ताउँदै गर्दा
अब छैन पहेँलो;
हिजो मैले देखेजस्तो
आज तिमी छैनौ,
आज तिमीले देखेजस्तो
भोलि म नरहुँला;
यसरी नै परिवर्तन हुन्छ
जीवनको रङ ।

१२ असार २०८१

"आफ्नो निम्ति फुल्नु, आफ्नै निम्ति फक्रिनु, झर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भँवरासँग लाप्पा खेल्नैपर्छ...
07/06/2024

"आफ्नो निम्ति फुल्नु, आफ्नै निम्ति फक्रिनु, झर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भँवरासँग लाप्पा खेल्नैपर्छ, झर्न त पर्छ-पर्छ भने भँवराको चोट सहेरै किन झर्ने ! आफू मात्र झर्ने, आफ्नू इच्छाले झर्ने ।"
#शिरीषको_फूल_पारिजात




शहर ज्याकाराण्डाको फूलले वैजनीमय भएको छ।प्रदूषणले व्याप्त,तुँवालोले धूमिल खुला ग्याँस च्याम्बरबाट फुल्चोकी र नागार्जुन स...
03/05/2024

शहर ज्याकाराण्डाको फूलले वैजनीमय भएको छ।
प्रदूषणले व्याप्त,तुँवालोले धूमिल खुला ग्याँस च्याम्बरबाट फुल्चोकी र नागार्जुन स्पष्ट नदेखिएको पनि निकै दिन भैसक्यो।कोठाभित्रै रहँदा पनि आँखा पोल्ने धूँवा, धूलो र प्रदूषणको बाबजुद सडकछेउमा वेपरवाह फुलेका निलाम्य वृक्षका तस्बीर खिच्दै हिँड्ने साहस आएन।
रोपेको तेस्रोबर्षमा ज्याकाराण्डाले केही कोपिलाको संकेत देखाएको छ; अलिक पछि यतै फूल्नेछ।
अहिलेको लागि भने नीलो र वैजनी चियाको साथमा बिम्बोद्यानमा यतिबेला फूलिरहेका सुनाखरीहरु (Dendrobium Aphyllum, Dendrobium Densiflorum र Vanda Cristata) सँगको सानिध्य मात्र।
शुभसन्ध्या🙏

जिन्दगी के हो?-अरुको लागि पनि बाँच्नु।🙏🇳🇵❣️What is life? - Live for others too.🙏🇳🇵❣️
13/04/2024

जिन्दगी के हो?
-अरुको लागि पनि बाँच्नु।🙏🇳🇵❣️
What is life?
- Live for others too.🙏🇳🇵❣️

💜💜
27/10/2023

💜💜

Address

Pharping Nepal
Kathmandu

Telephone

9808210187

Website

Alerts

Be the first to know and let us send you an email when Bimbography 'बिम्बोग्राफी' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category