14/05/2026
वहाँ हुनुहुन्छ रत्न भक्त प्रजापति। उहाँ हरेक जात्रामा मानिसहरूको तिर्खा मेटाउने उद्देश्यले सहभागी हुनुहुन्छ। करिब १९–२० वर्षको उमेरदेखि नै उहाँले काँधमा खरपनमा पानी बोकेर हरेक जात्रा, हरेक भीड र हरेक साँघुरा गल्लीसम्म पुगेर सबैलाई पानी खुवाउँदै आउनुभएको छ।
उहाँका लागि तिर्खाएका मानिसहरू नै भगवान हुन्, र पानी खुवाउनु उहाँको जीवनकै सबैभन्दा ठूलो धर्म हो।