23/05/2023
१.राजा आउछन त?भनेर सोध्छन,कुरा सुन्दा पनि अचम्म मान्दै जवाफ फर्काए- राजनितिमा असम्भव भन्ने केही पनि छैन र हुन्न पनि,ज्वलन्त उदाहरणहरु भने,अनि यहाँ लेखे पनि!
१.झापामा मान्छे मारेर १४ बर्ष जेल बसेर आएका खड्ग (केपि) प्रसाद ओलि कसरी प्रधानमन्त्री बने?
२.प्रधानमन्त्रीको लागि १७ पटकसम्म चुनाब लडे रामचन्द्र पौडेल तै पनि हुन सकेनन एकै पटकमा झलनाथ खनाल कसरी प्रधानमन्त्री भए?
३.माधब कुमार नेपाल २ ठाँउबाट चुनाब हारे उनि कसरी प्रधानमन्त्री बन्न सफल भए?
४.प्रधानन्यायाधीश खिलाराज रेग्मी कसरी मन्त्री परिषदको अध्यक्ष भए?
५.कृष्ण बहादुर महरा र रोशनी शाही बिचको सम्बन्ध म जन्मनुभन्दा पहिले देखिको सम्बन्ध हो केही समय मात्र अघि बलात्कार काण्डमा कसरी परे?
६.करिब दुई तिहाइको सरकार टुक्राटुक्रा भएर शेर बहादुर देउवा कसरी प्रधानमन्त्री भए?
प्रश्न २ राजसंस्था आउने भनेको सदन कि सडक हो यी दुई तरिकाले आउने अबस्था देखिदैन त?
१.२००७ सालमा श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकार राजा कसरी बनिबक्सेको थियो?सदन सडक?
२.२०५८ साल जेठ १९ गतेसम्म श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकार राजा बनिबक्सन्छ भन्ने कुरा कोहि कसैलाई थाहा थियो? कसरी बने राजा सदन कि सडकबाट ?
३. २०५२ सालमा जंगल बसेर जनयुद्ध लड्ने माओवादी प्रचण्ड बाबुराम राज्य सत्ता शहरमा बसेर भुमिका खेल्ने गिरिजा अनि रामबरण यादब कसरी बने रास्ट्रपति ?
४. बिध्यादेबी भण्डारी रास्ट्रपति बन्छ भनेर कोहि-कसैले सोचेका थिए होलान?कसरी भए २ पटक रास्ट्रपति?
देखेको सबै चिज पाइदैन लेखेको सब पाइन्छ भनेको यहि हो,भाग्यमा लेखेको कुरा मेटाएर मेटिदैन,माथिका उदाहरणहरु राम्रोसंग पढ्नुस हेर्नुस,मैले देखेको बुझेको यो संसारको सबैभन्दा भाग्यमानी कोहि छ भने श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकार होइबक्सन्छ किनकी उहाँ ३ पटक राजा हुने निश्चित छ ज्वलन्त उदाहरणहरु
१. राजाको सन्तानको जेठो छोरा राजा हुने चलन हुँदाहुँदै पनि उहाँ माइलो छोरा, बाबू(राजा महेन्द्र) दाइ (राजा बिरेन्द्र)भन्दा पहिले राजा होइबक्सियो।
२. २०५८ सालमा पुनः राजा होइबक्सियो।
३.अब हुने राजा पनि उहाँ नै हो।
४. राजाहरु मध्य यतिको उमेर समूह बाच्ने राजा पनि उहाँ (राजा ज्ञानेन्द्र) नै होइबक्सन्छ।
यो देशको माटोमा केवल राजसंस्था फाप्छ, जबजब देशमा ठुलै संकट पर्छ तबतब श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकारको आबस्यकता पर्दछ २००७ साल २०५८ साल अबका दिनमा पनि देश डुब्यो सकियो श्रीलंका बन्यो फिजि भुटान बन्यो युक्रेन बन्यो सोमलिया बन्यो सिरिया बन्यो बन्यो भन्ने अबस्थामा पुग्न लाग्दा श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकारले नै देश बचाइबक्सन्छ त्यो दिन छिट्टै आउदैछ श्री ५ ज्ञानेन्द्र सरकारको आबस्यकता पर्दैछ जनताले महसुस गर्दैछन छिट्टै जनताको आँखाको पट्टि र कानको ठेडी खुल्दैछ, केही समय धैर्य गरौ।
अन्तमा अहिले हामिहरुले श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह भनेर पढ्ने गरेका भन्ने गरेका छौ तर भाबि पुस्ताले श्री ५ बडामहाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब भनेर पढ्ने भन्ने गर्छन। जय देश ! जय नरेश!!
CP