Sangeet Bimochan

Sangeet Bimochan official page of Saneet bimochan.

04/06/2026

अभावको झरी परेको दिन सम्बन्धको महत्व बुझ्ने छन ।

03/06/2026

लिगलि कोटमा फुल राम्रो फुलेको । 🙂❤️

03/06/2026

जुनि जुनि सात जुनि तिम्रै हो । 🫶❤️

01/06/2026

ठाउँ राम्रो गाउ राम्रो चलि आ ? | 🙂❤

31/05/2026

घोराहि उप - महानगरपालिका वडा नं १३ बाह्रकुने दह दाङ | 🙏😍

27/05/2026

म कुनै आदर्श प्रेमिले जस्तो मुटु झिकेर दिन्छु भन्न सक्दिन
म कुनै गफाडी प्रेमिले जस्तो तारा टिपेर ल्याइदिन्छु भन्न
सक्दिन
म कुनै सम्पन्न प्रेमिले जस्तो हार उपहार दिन सक्दिन
म कुनै पागल प्रेमिले जस्तो आफ्नै नाडी चिरेर तिम्रो नाम कोर्न सक्दिन
म कुनै अल्लारे प्रेमिले जस्तो खुल्ला सडकमा अङ्गालो मार्न सक्दिन
म सक्छु त केबल तिम्रो दुखमा यो मन रुवाउन सक्छु ।
म सक्छु त केबल तिम्रो सफलतामा हर्षले आँसु चुवाउन सक्छु ।
म सक्छु केबल अनिकालमा आधा गाँस चुडेर खुवाउन सक्छु ।

27/05/2026

आउ ! बसम एकछिन थकाई मेटुम
हेरत कति धेरै हिडिएछ है ?
हिड्दै हिड्दै हामीले त बिर्सिएछौ
हाम्रै तिर्खालाई पर्खेर कुलुकुलु कुलुकुलु गर्दै
रानीवनको कुनामा तप्कीरहेको चिसो पानी अन्जुलीभरी भरेर एक अर्कालाई खुवाउन ।
हामीले त विर्सिएछौ लहरे फुल र भुईफुलहरु टिपेर एकअर्कालाई सजाउनलाई ।
हामीले त विर्सिएछौ कोईलीको भाका र बन कुखुराको लुकामारी हेर्नलाई ।
हामीले त विर्सिएछौ
पारी पारी क्षितिजमा अस्ताउदै गरेको घाम हेर्दै एक अर्कोको काधमा टाउको राखेर भोलिको आशाहरु साट्नलाई ।
हामीले त बिर्सिएछौ भर्खर पानीले नुहाएर घाम ताप्दै गरेको ईन्द्रेणीमा
रहरहरुको रगंहरु भर्नलाई ।
हामीले त विर्सिएछौ
वर्षौ पछि सिजनमा परेको हिउलाई ढल्लो बनाएर
एक अर्कोलाई प्रेमले हिर्काउनलाई ।
हामीले त विर्सिएछौ
झ्याउकिरीको गितमा जुनकिरीको नाचसगै
माथी माथी ताराहरु र जुन हेर्दै सपनाको घर बनाउनलाई
हामीले त विर्सीएछौ
मिर्मिरेमा गुलाफमा लतपतिएको सित
छ्याप्दै एक अर्काको तारीफ गर्नलाई ।
न देख्यो तिमीले मेरो पैतालाको थकान
न पुछिदिए मैलै तिम्रो निधारको पसिना ।
बस हामी एक अर्को हात समायौ
आ-आफ्नै ओजनको झोला बोक्यौ
र हिडिरयौ हिडिरयौ हिडरयौ…
के हामी यात्रा गर्यौ ?

26/05/2026

pani kuwako .

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Sangeet Bimochan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangeet Bimochan:

Share