27/08/2026
हार्दिक श्रद्धाञ्जली। 🙏
सीमावर्ती चीन तथा नेपालका रसुवा, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिका कारण अकालमै ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै, घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। ईश्वरले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून्
यस महाविपत्तिको घडीमा हामी सबैले धैर्य र संयम कायम राखौँ। एक–अर्काको दुःखमा साथ दिँदै, सहयोग, सद्भाव र मानवीय भावनाका साथ एकजुट भएर अघि बढौँ। यस कठिन परिस्थितिमा सबैको सकुशल सुरक्षा, आत्मबल र धैर्यका लागि प्रार्थना गरौँ। 🙏