Shusil Giri

Shusil Giri Research, analysis, awareness!

08/01/2026

नेपालको संविधानले राष्ट्रियसभालाई दिग्गज र विशेषज्ञहरूको सदनका रूपमा परिकल्पना गरेपनि व्यवहारमा दलभित्रको समीकरण मिलाउने र नेता व्यवस्थापन गर्ने थलोका रूपमा प्रयोग हुँदै आएको छ। राजनीति, कानुन, शिक्षा, अर्थतन्त्र, कूटनीति, समाजशास्त्रजस्ता क्षेत्रमा योगदान गरेका व्यक्तिलाई प्राथमिकता दिइ यसलाई अनुभव, विवेक र दूरदृष्टिको सदनका रूपमा स्थापित गर्नु आवश्यक हो।

07/01/2026

Gen-Z आन्दोलन पश्चात Gen-Z का हरेक मागहरू पुरा हुनु पर्छ भन्ने छैन। उनिहरुको माग र देशको भूराजनीतिक अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै निर्णय हरु गरिनुपर्छ। किनकि उनीहरूमध्ये धैरैमा सामान्य राजनीतिक ज्ञान पनि छैन र सबै अपरिपक्व मागहरूलाई पुरा गर्न लागे देशले भविष्यमा ठुलो क्षति व्यहोर्नुपर्छ। हुन त लोकतन्त्र हो, आगामी चुनावमा जनताले कस्ता एजेन्डालाई बहुमत दिन्छन, देश त्यस्तै बन्छ।

07/01/2026

पुरानो पार्टी होस वा नयाँ, राम्रो पक्षको समर्थन र कमजोर पक्षहरूको आलोचना गर्नुले नै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँछ। पुरानो दलहरूको अन्धभक्त भए 'झोले' अनि नयाँ दलहरूको अन्धभक्त भएपछि चाहिँ राम्रो भन्ने त पक्कै हैन होला।

06/01/2026

एक थरीले आफ्नो विचार व्यक्त गर्दा 'घण्टे ग्याङ्ग' भनेर गालिगलौज गर्ने र अर्को थरीले आफ्नो विचार व्यक्त गर्दा 'फलानो पार्टीको झोले' भनेर तथानाम गालि गर्ने नेपालीहरूको मत पाएर सत्तामा पुग्ने व्यक्तिले देश बनाउने आशा राख्न सकिदैन। एक अर्काको विचारको तार्किक खण्डन र विश्लेषणबाट निष्कर्षमा पुगौ न।

06/01/2026

देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला नेपाली काङ्ग्रेस जस्तो गौरवपूर्ण इतिहास बोकेको स्थापित लोकतान्त्रिक दल कुर्सिकै लागि आन्तरिक विवादमा फसेको रमिता पनि देखिएकै छ। भएको कार्यसमितिको म्याद सकिएको भए विशेष महाधिवेशन मार्फत आवश्यकता अनुसार नेतृत्व परिवर्तन र पुस्तान्तरण गर्न के को टाउको दुखाइ हो ।

05/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले काङ्ग्रेसमा सम्भावना न देखेपछि आएका जुनसुकै व्यक्तिलाई सहजै भित्र्याएको देख्दा वैकल्पिक पार्टी हो कि पुरानाको Rebranding गर्ने खिचडी पार्टी हो भन्ने विषयमा अन्यौलता छ।

05/01/2026

नेपालमा वैदेशिक रोजगारीको अवस्था! रहर कि वाध्यता?
This is how youths are forced to leave Nepal!

04/01/2026

नेपालमा पुराना दलहरूको विचार स्पष्ट भए पनि आवश्यक गति छैन भने नयाँ दलहरूमा उत्साह र गति भए पनि वैचारिक स्पष्टता अभाव छ। राजनीतिक उपलब्धिको संरक्षण र विकासका तथा पार्टीको दिर्घकालिन अस्तित्वको लागि जनतामाझ स्पष्ट वैचारिक मार्गचित्र प्रस्तुत गर्नु अनिवार्य छ।

03/01/2026

चुनाव नजिक छ। रास्वपा प्रति जनताको आशा धेरै छन। तर यो समय त रास्वपा खास एजेण्डा लिएर जनतामाझ जाने समय होला नि। यो पटक काङ्ग्रेस, एमालेलाई गाली गरेर चुनाव त जितिएला तर काँग्रेस एमालेलाई गाली गरे मात्र चल्छ त देश?

31/12/2025

What happened to GORAKHKALI RUBBER INSUDTRY?
गोरखकाली रबर उद्योग किन बन्द भयो?

30/12/2025

नेताको विकल्प अभिनेता हुन सक्दैन।

30/12/2025

नीतिगत तथा प्रशासनिक ज्ञान र अनुभव, वैचारिक स्पष्टता भएका व्यक्तिहरूको सट्टा लोकप्रियताको आधारमा कलाकार, कन्टेन्ट क्रियटरलाई सांसद चुनेर संसद जनताको प्रतिनिधित्व गर्ने नीति निर्माण स्थल बन्ने कि रङ्गमञ्च? नयाँ बाट आश राखेका सचेत नागरिकहरुलाई समानुपातिक बन्द सूचीले निराश बनाएकै हो।

Address

Dang
Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Shusil Giri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share