Nischal xettri Saud

Nischal xettri Saud जिबन भनेको सङ्घर्ष हो
जिबनको सबै भन्दा ठूलो कमाइ
अनुभाव हो 🫶🫶❤️

Computer 🖥️ systems
11/02/2026

Computer 🖥️ systems

एउटा किसानको घोडा बिरामी भयाे । उपचारका लागि पशु डाक्टरलाई बोलायो । डाक्टरले घोडा नियाल्दै भने,  'तपाईंको घोडा निकै बिरा...
26/04/2025

एउटा किसानको घोडा बिरामी भयाे । उपचारका लागि पशु डाक्टरलाई बोलायो । डाक्टरले घोडा नियाल्दै भने, 'तपाईंको घोडा निकै बिरामी भइसक्याे, तीन दिनसम्म औषधि दिएर हेर्छु । तर निकाे भएन भएन भने मार्नुपर्छ किनकी यसको संक्रमण अरु जनावरमा पनि सर्नसक्छ ।'

यो कुराकानी छेउमै बसिरहेकाे खसीले सुनिरहेको थियो ।

अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।
ऊ गएपछि खसी घोडाको छेउमा गयो र भन्यो, 'उठ साथी हिम्मत गर, नत्र यिनीहरुले तिमीलाई मारिदिन्छन् ।'

दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो, 'साथी तिमी उठ्नैपर्छ, हिम्मत गर, नत्र तिमी मारिन्छौ । म तिमीलाई मदत गर्छु, ल उठ ।'

तेस्रो दिन जब डाक्टर आए र किसानलाई भने , 'अाेहाे, केही सुधार भएन, अब यसलाई मार्नुपर्छ ।'

खसी फेरि घोडाको छेउमा गयो र भन्यो, 'देख्यौ साथी, अब तिम्रो लागि गर या मर भन्ने स्थिति आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । हिम्मत गर , प्रयास गर ।

घोडा जुरुक्क उठ्छ ।

खसी भन्छ, 'हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास !

किसान खिन्न हुँदै अाउँदा त घोडा उठेर दौडिरहेको छ ।

किसान पनि खुशीले नाच्न थाल्यो । घरपरिवार र छिमेकीलाई जम्मा गरेर खुशीले चिच्याउन थाल्यो, 'चमत्कार भयो, मेरो घोडा ठीक भयो, यसको खुशीमा हामीले उत्सव मनाउनुपर्छ, आज घरको खसी काट्छु र सबैलाई खसीको बिर्यानी खुवाउँछु ।'

खसी काटिन्छ र भव्य भोज हुन्छ ।

जसले अरुको भलो गर्दै हिँड्छ । उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ ।

Address

Doti

Website

Alerts

Be the first to know and let us send you an email when Nischal xettri Saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category