Tiger News HD

Tiger News HD प्रबन्ध सम्पादक : प्रेमसिंह बिष्ट
सुदूरपश्चिम प्रदेश नेपाल

A true voice for an aware society.
(2)

Latest news, opinions, and analysis from Nepal and around the world-all in one place.”

चुरेगाउँका स्थानीयद्वारा भीमदत्त राजमार्ग विस्तारमा १५/१५ मिटर मात्रै कायम गर्न प्रधानमन्त्रीसमक्ष मागधनगढी : कैलालीको च...
16/06/2026

चुरेगाउँका स्थानीयद्वारा भीमदत्त राजमार्ग विस्तारमा १५/१५ मिटर मात्रै कायम गर्न प्रधानमन्त्रीसमक्ष माग

धनगढी : कैलालीको चुरेगाउँ क्षेत्रका स्थानीयवासीले भीमदत्त राजमार्ग विस्तारका क्रममा सडकको दायाँ-बायाँ १५/१५ मिटर मात्रै क्षेत्र कायम गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाएका छन्।

स्थानीयवासीको तर्फबाट युवा नेता तथा व्यवसायी राम भाट नरबहादुर तामाङ लगायतले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाएका हुन्।

ज्ञापनपत्रमा भीमदत्त राजमार्गसँग जोडिएका कैलाली, डोटी र डडेल्धुराका बासिन्दाको दैनिक जनजीवन, बसोबास तथा व्यवसाय सडक विस्तारको वर्तमान निर्णयबाट प्रभावित हुन सक्ने उल्लेख गरिएको छ। हाल कायम रहेका बस्ती, घर, पसल तथा अन्य संरचनालाई जोगाउने गरी सडकको दायाँ बायाँ १५/१५ मिटर मात्रै विस्तार गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीयवासीले सडक विस्तारका नाममा आवश्यकताभन्दा बढी क्षेत्र खाली गराउँदा हजारौं नागरिक विस्थापित हुने, ठूलो आर्थिक क्षति पुग्ने तथा सामाजिक असरसमेत पर्ने बताएका छन्। उनीहरूले सडक स्तरोन्नति र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने पक्षमा आफूहरू रहेको जनाउँदै जनताको हित र यथार्थ अवस्थालाई ध्यानमा राखी व्यावहारिक निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्।

ज्ञापनपत्रमा सम्बन्धित निकायले स्थानीयको भावना, आवश्यकता र विद्यमान बस्तीको अवस्थालाई ध्यानमा राखेर सडक विस्तारसम्बन्धी मापदण्ड पुनरावलोकन गर्न तथा भीमदत्त राजमार्गको दायाँ-बायाँ १५/१५ मिटर मात्रै विस्तार हुने व्यवस्था मिलाउन माग गरिएको छ।

उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बुझाइएको थियो। ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने जानकारी दिइएको छ।

16/06/2026

“गोदावरीमा अतिक्रमित संरचना हटाउने क्रममा बालकको मार्मिक प्रश्न र भावुक अपिल: ‘घर भत्कियो, अब हामी कहाँ जाऔँ?’”

रास्वपा नेता शैलेश सिंहमाथि धनगढीमा आक्रमण, निष्पक्ष छानबिनको मागधनगढी :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता श...
16/06/2026

रास्वपा नेता शैलेश सिंहमाथि धनगढीमा आक्रमण, निष्पक्ष छानबिनको माग

धनगढी :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि गएराति धनगढीमा आक्रमण भएको छ। पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनमा सहभागी भएर घर फर्किने क्रममा आफूलाई ७-८ जनाको समूहले योजनाबद्ध रूपमा सांघातिक आक्रमण गरेको सिंहले बताएका छन्।

सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै सिंहले आक्रमणकारीहरूले आफूमाथि कुटपिट गर्नुका साथै आफूसँग रहेको सामानसमेत लुटेर लगेको दाबी गरेका छन्। उनले लोकतान्त्रिक अभ्यास, राजनीतिक सहभागिता र नागरिक स्वतन्त्रतामाथि भएको यस्तो हिंसात्मक तथा आपराधिक घटनाको घोर निन्दा गरेका छन्।

सिंहले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूको पहिचान गरेर कानुनी कारबाही गर्न सम्बन्धित सुरक्षा निकाय र प्रशासनसँग माग गरेका छन्। साथै उनले यस्ता घटनाले लोकतान्त्रिक मूल्य-मान्यता र राजनीतिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

घटनाबारे प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। आक्रमणको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जनाइएको छ।

शैलेश सिंह यसअघि बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका थिए। घटनापछि रास्वपा कार्यकर्ता तथा समर्थकहरूले दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्।

रास्वपा सुदूरपश्चिमको प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयीधनगढी :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्...
16/06/2026

रास्वपा सुदूरपश्चिमको प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी

धनगढी :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम महाधिवेशनबाट इन्जिनियर प्रकाश विष्ट प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

धनगढीस्थित रिद्विसिद्वि पार्टी प्यालेसमा सम्पन्न मतगणनाअनुसार विष्टले ३५८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत प्राप्त गरेका छन्।

प्रदेश सभापति पदका लागि विष्ट र धामीबीच प्रतिस्पर्धा भएको थियो। विष्टले स्पष्ट मतान्तरसहित विजय हासिल गरेका हुन्।

रास्वपाको प्रथम सुदूरपश्चिम प्रदेश महाधिवेशनअन्तर्गत अन्य पदहरूको मतगणना पनि जारी रहेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमार्फत प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन भइरहेको छ।

रास्वपा सुदूरपश्चिम महाधिवेशन : प्रदेश सभापति लगायत पदको मतगणना जारीधनगढी :- धनगढीस्थित रिद्विसिद्वि पार्टी प्यालेसमा जा...
16/06/2026

रास्वपा सुदूरपश्चिम महाधिवेशन : प्रदेश सभापति लगायत पदको मतगणना जारी

धनगढी :- धनगढीस्थित रिद्विसिद्वि पार्टी प्यालेसमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महाधिवेशनअन्तर्गत प्रदेश सभापति, भूगोल, खुला तथा समावेशी सदस्य पदको मतगणना सुरु भएको छ।

मतगणनापछि आजै दोस्रो चरणको मतदान हुने रास्वपाले जनाएको छ। प्रदेश सभापति पदमा इन्जिनियर प्रकाश बिष्ट र जनक सिंह धामीबीच प्रतिस्पर्धा भइरहेको छ।

खोटाङमा ड्युटीमा रहेकी बझाङकी युवतीको मृत्यु : निष्पक्ष छानबिन र न्यायको मागबझाङ :- बझाङ जिल्लाको केदारस्यू गाउँपालिका-७...
16/06/2026

खोटाङमा ड्युटीमा रहेकी बझाङकी युवतीको मृत्यु : निष्पक्ष छानबिन र न्यायको माग

बझाङ :- बझाङ जिल्लाको केदारस्यू गाउँपालिका-७, जसुडाकी अनिशा धामीको खोटाङमा अस्पताल ड्युटीकै क्रममा मृत्यु भएको घटनाप्रति परिवार, आफन्त तथा स्थानीयवासीले गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्।

घटनाबारे विभिन्न माध्यमबाट हत्या भएको आशंका व्यक्त भइरहेका बेला सम्बन्धित निकायबाट हालसम्म विस्तृत र आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। यसैबीच घटनाको वास्तविकता बाहिर ल्याउन तथा सत्यतथ्य पत्ता लगाउन स्थानीयवासी, अधिकारकर्मी र सरोकारवालाहरूले निष्पक्ष अनुसन्धानको आवश्यकता औँल्याएका छन्।

परिवारजन तथा स्थानीयवासीले अस्पतालमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी युवतीको असामयिक मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्दै सत्य तथ्य सार्वजनिक गर्न, घटनामा कसैको संलग्नता पुष्टि भए कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकार तथा सुरक्षा निकायसँग माग गरेका छन्।

उनीहरूले घटनाको छिटो, निष्पक्ष र गहिरो अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन्। साथै कुनै पनि प्रमाण लुकाउने, दोषीलाई संरक्षण गर्ने वा घटनालाई दबाउने प्रयास हुन नहुनेमा समेत जोड दिएका छन्।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र सम्बन्धित निकायले गर्ने आधिकारिक अनुसन्धान तथा प्रतिवेदनपछि मात्रै वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा समेत व्यापक चासो देखिएको छ। “सत्य बाहिर आओस्, दोषी पहिचान होस् र न्याय सुनिश्चित होस्” भन्ने मागसहित विभिन्न व्यक्तिहरूले निष्पक्ष अनुसन्धानको आवाज उठाइरहेका छन्।

घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जनअपेक्षा रहेको छ।

कृष्णपुर नगरपालिका-२, वाणीस्थित ग्वालाबारी सामुदायिक वन उपभोक्ता समूहको परिसरमा रहेको पोखरीसँगै निर्माणाधीन धार्मिक तथा ...
16/06/2026

कृष्णपुर नगरपालिका-२, वाणीस्थित ग्वालाबारी सामुदायिक वन उपभोक्ता समूहको परिसरमा रहेको पोखरीसँगै निर्माणाधीन धार्मिक तथा सांस्कृतिक स्थल बाणी बजार क्षेत्रको नयाँ आकर्षण बन्दैछ।

ग्वालाबारी सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्माण भइरहेको यो आध्यात्मिक क्षेत्रले धार्मिक आस्था, संस्कृति र प्रकृतिको सुन्दर संगम प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको विशेष रोजाइको केन्द्रका रूपमा विकसित हुँदै गएको यस परियोजनालाई सफल बनाउन समूहका अध्यक्ष गोपाल भारती दिनरात समर्पित भएर खटिरहेका छन्।

आफ्नो सपनालाई यथार्थमा रूपान्तरण गर्दै धार्मिक पर्यटन प्रवर्द्धन र आध्यात्मिक चेतना फैलाउने उनको दृढ संकल्पले यस स्थललाई अझ विशेष बनाएको छ।

सांसदको दबाबबीच सुदूरपश्चिममा अहिलेसम्मकै ठूलो बजेट तयारीधनगढी :- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ क...
15/06/2026

सांसदको दबाबबीच सुदूरपश्चिममा अहिलेसम्मकै ठूलो बजेट तयारी

धनगढी :- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। यो चालु आर्थिक वर्षको ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेटभन्दा करिब सात अर्ब रुपैयाँ बढी हो।

स्रोतका अनुसार सत्तारुढ दलका सांसदहरूको निर्वाचन क्षेत्र केन्द्रित योजना र बजेट मागका कारण बजेटको आकार बढाइएको हो। प्रत्यक्ष निर्वाचित सांसदलाई ८ करोड र समानुपातिक सांसदलाई ५ करोडसम्म बजेट छुट्याउने तयारी गरिएको बताइएको छ।

सरकारले २५ लाखभन्दा कमका टुक्रे योजना नराख्ने नीति लिएको भए पनि १० लाख रुपैयाँसम्मका साना आयोजना समेत बजेटमा समेटिने तयारी छ। सत्ता टिकाउने राजनीतिक दबाब, सांसदहरूको बार्गेनिङ र राजस्व वृद्धिको अनुमानबीच प्रदेश सरकारले अहिलेसम्मकै ठूलो बजेट ल्याउन लागेको हो।

भौतिक पूर्वाधारमन्त्री लम्साल भन्छन् : काम नगर्ने ठेकेदारको खुट्टा भाँ'च्दिनू नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन गर्दै...
15/06/2026

भौतिक पूर्वाधारमन्त्री लम्साल भन्छन् : काम नगर्ने ठेकेदारको खुट्टा भाँ'च्दिनू

नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन गर्दै मन्त्री सुनिल लम्सालले भने : यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, ।

खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँ'च्दिनू, मतलब भएन ।

रास्वपा सुदूरपश्चिमको प्रदेश अधिवेशन आज हुँदैछ । आज रास्वपाले सुदूरपश्चिम प्रदेश सभापति पाउने भएको हो । सुदूरपश्चिम प्रद...
15/06/2026

रास्वपा सुदूरपश्चिमको प्रदेश अधिवेशन आज हुँदैछ । आज रास्वपाले सुदूरपश्चिम प्रदेश सभापति पाउने भएको हो । सुदूरपश्चिम प्रदेश सभापतिका लागि ४ जना आकांक्षी छन् ।

जसमा सांसद केपी खनाल, इन्जिनियर प्रकाश विष्ट, सञ्चार उद्यमी डा. जनकराज पन्त र सांसद जनकराज धामी आकांक्षी छन्।

यी ४ जनामध्ये तपाईहरुको समर्थन कसलाई हो ? कुन व्यक्ति प्रदेश सभापति बन्दा राम्रो होला ?

Address

Attariya
Dhangadhi
10903

Alerts

Be the first to know and let us send you an email when Tiger News HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share