12/08/2026
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा BRYC द्वारा आयोजित दौड प्रतियोगिता सम्पन्न!
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा BRYC द्वारा आयोजित १० कि.मी . दौड प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगितामा २९ जना सहभागी मध्ये सुजन खत्रीले ३९ मिनेट ३३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन।
त्यस्तै, चिरन पुन ४० मिनेट ४५ सेकेन्डमा दोस्रो, जय बुढा ४१ मिनेट १९ सेकेन्डमा तेस्रो, दुर्गा कुँवर ५० मिनेट २० सेकेन्डमा चौथो र राजेश वि.क. ५१ मिनेट ३० सेकेन्डमा पाँचौँ स्थान हासिल गर्न सफल भएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरूमा खेलकुदप्रति रुचि बढाउने, स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।