21/08/2026
हाम्रो मिलन अपर्ण टोल विकास संस्थाका आदरणीय टोलवासी, आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा भविष्यका कर्णधार युवा साथीहरूमा हार्दिक नमस्कार! 🙏
बेलबारी नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को "नीति, कार्यक्रम तथा बजेट पुस्तिका"
यो पुस्तक केवल कागजको पाना होइन, हाम्रो टोल र नगरको विकासको मूल आधार हो।यस पुस्तिकाभित्र हाम्रै टोलका बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिका योजनाहरू लुकेका छन्। नगरपालिकाले कुन योजनामा कति बजेट विनियोजन गरेको छ र आगामी दिनमा के-के कामहरू हुँदैछन् भन्ने कुरा यसैमा स्पष्ट रूपमा समेटिएका हुन्छन्।
विशेष गरी आउँदो नयाँ पिँढी (युवा साथीहरू) लाई मेरो विशेष आग्रह:भोलिको समाज हाक्ने जिम्मेवारी तपाईंहरूको काँधमा छ। आफ्नो गाउँ-ठाउँको विकास र बजेट कता कसरी प्रयोग भइरहेको छ भनेर अहिलेदेखि नै चासो राख्न र बुझ्न जरुरी छ।
जबसम्म हामी सचेत भएर प्रश्न गर्दैनौँ र निगरानी राख्दैनौँ, तबसम्म वास्तविक विकास सम्भव हुँदैन।आउनुहोस्, आफ्ना योजनाहरू बुझौँ, नगरको नीति तथा कार्यक्रमप्रति सजग रहौँ र सुशासनयुक्त समृद्ध समाज निर्माणमा मिलन अपर्ण टोल विकास संस्थासँग हातेमालो गरौँ!
अन्य जानकारी भोलिको मासिक बैठकमा…
-