Rato News

Rato News दिन प्रतिदिनको घटनाहरूलाई साँचो,निष्पक्ष रिपोर्टिङ र
ताजा समाचारको लागि हामीलाई फलो गर्नुहोस्। www.ratonews.com

विज्ञान प्रयोगशालाको लागि कोटेशन भर्ने सम्बन्धि सूचना ।
16/06/2026

विज्ञान प्रयोगशालाको लागि कोटेशन भर्ने सम्बन्धि सूचना ।

सक्दो शेयर गरि सहयोग गरौं।🙏
13/05/2026

सक्दो शेयर गरि सहयोग गरौं।🙏

पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा समाजसेवी फैयाज अहमद ले १५ सेट खानेपानीका जा...
09/05/2026

पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा समाजसेवी फैयाज अहमद ले १५ सेट खानेपानीका जार सहयोग गर्नुभएको छ।

उहाँको उक्त सहयोगप्रति विद्यालय परिवारले प्रशंसा व्यक्त गर्दै सम्मानस्वरूप प्रशंसा पत्र प्रदान गरेको विद्यालयले जनाएको छ।

यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुगेको छ। साथै, यस्ता सामाजिक तथा शैक्षिक सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीले बताएका छन्।
Rato News

03/05/2026

ह्युमन लव च्यारिटी फण्ड ❤️

ह्युमन लव च्यारिटी फण्डद्वारा मिलन समारोह सम्पन्न।दिपेन्द्र चौधरी सहनीपर्सा । सामाजिक सेवा र मानवीय सहयोगमा सक्रिय Human...
03/05/2026

ह्युमन लव च्यारिटी फण्डद्वारा मिलन समारोह सम्पन्न।

दिपेन्द्र चौधरी सहनी

पर्सा । सामाजिक सेवा र मानवीय सहयोगमा सक्रिय Human Love Charity Fund ले आज बीरगंजस्थित मानव सेवा आश्रम मा “मिलन समारोह” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम डा. एम.डी. इमरान अहमद को अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा देवेश गुप्ता तथा विशिष्ट अतिथिका रूपमा निजामुद्दिन समानी (अध्यक्ष, लायन्स क्लब पोखरिया), शिक्षा प्रेमी सलाउद्दिन अहमद, शिक्षक सरोज पटेल, ताहिर अंसारी, सोहायर अंसारी, तथा मनौवर अहमद (वडा अध्यक्ष, धोबिनी गाउँपालिका) को उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष म. रेयाज हुसैन ले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष दिपेन्द्र चौधरी सहनी ले व्यक्त गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मुकेश प्रसाद पटेल समेत उपस्थित थिए।

मन्तव्यका क्रममा निजामुद्दिन समानी ले संस्थाको कार्यको प्रशंसा गर्दै लायन्स क्लब पोखरिया सँग सहकार्य गरेर अघि बढ्न सकिने धारणा व्यक्त गरे।

त्यसैगरी देवेश गुप्ता ले ग्रामिण भेगका विद्यालयहरूमा निशुल्क मोटिभेसनल कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

यस अवसरमा Human Love Charity Fund ले मानव सेवा आश्रममा रहेका सम्पूर्ण व्यक्तिहरूलाई खाजा वितरण समेत गरेको थियो।

वक्ताहरूले संस्थाले समाजमा मानव सेवा, सहयोग र एकताको भावना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

  : - अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी Adil Ansari मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् भन्ने खबर प्राप्त भएको छ। उहाँक...
24/04/2026

: - अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी Adil Ansari मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् भन्ने खबर प्राप्त भएको छ। उहाँको स्वास्थ्य लाभको कामना गर्दै शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरौँ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

वीरगञ्जको मुख्य सडक भोली बिहान ४:३० बजेदेखि विस्तार हुने, संरचना, पसल इत्यादि हटाउने स्थानीय प्रशासनको निर्देशन।
18/04/2026

वीरगञ्जको मुख्य सडक भोली बिहान ४:३० बजेदेखि विस्तार हुने, संरचना, पसल इत्यादि हटाउने स्थानीय प्रशासनको निर्देशन।

मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको छ। आयोगले २०६२/६...
15/04/2026

मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको छ। आयोगले २०६२/६३ देखि २०७२/७३ सम्मका उच्च पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नेछ। सरकारले भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारका लागि यो कदम चालिएको जनाएको छ।

कान्छी उपसभामुख बनेर रेकर्ड राखेकी रुविकुमारी ठाकुरलाई सबै पार्टीका सांसदको अंकमाल ।
10/04/2026

कान्छी उपसभामुख बनेर रेकर्ड राखेकी रुविकुमारी ठाकुरलाई सबै पार्टीका सांसदको अंकमाल ।

Address

Birganj
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Rato News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rato News:

Shortcuts

Share