Naya Jiwan - नयाँ जीवन

Naya Jiwan - नयाँ जीवन पवित्र बाइबल

14/04/2026

WATCH THE REAL STORY OF JESUS †

Isaiah 53:5        But he was pierced for our transgressions, he was crushed for our iniquities; the punishment that bro...
12/04/2026

Isaiah 53:5
But he was pierced for our transgressions, he was crushed for our iniquities; the punishment that brought us peace was on him, and by his wounds we are healed.

१ पत्रुस २:२४-२५ (1 peter 2:24-25)
हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ। [25] किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्‍माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।

🪨 येशूको पुनरुत्थान नभएको भए डरलाग्दा नतिजाहरू सामना गर्नुपर्दथ्यो ।• पवल गम्भिर भएर लेख्नुहुन्छ । १ कोरिन्थी १५:१२-१९ म...
06/04/2026

🪨 येशूको पुनरुत्थान नभएको भए डरलाग्दा नतिजाहरू सामना गर्नुपर्दथ्यो ।

• पवल गम्भिर भएर लेख्नुहुन्छ । १ कोरिन्थी १५:१२-१९ मा

• ख्रीष्ट ब्यूँतनु भएको होइन । १ कोरिन्थी १५:१३, १६

• प्रेरितहरूको प्रचार व्यर्थ हुनेछ । १ कोरिन्थी १५:१४

• सबै सन्तहरूको विश्वास व्यर्थ हुनेछ । १ कोरिन्थी १५:१४

• पुनरुत्थान प्रचार गर्ने प्रेरित तथा प्रचारकहरू झुटा हुनेछन् ।

• प्रेरितहरू परमेश्वरका झुटा साक्षी ठहरिनेछन् । १५

• प्रभु येशूमाथि विश्वास गरेर मरेकाहरू ब्यूँताइने छैनन् ।

• विश्वभरीका विश्वासीहरूको विश्वास व्यर्थ हुने थियो ।

• मरेका इसाईहरू आफ्ना पापमै मर्नेछन् अनि नष्ट हुनेछन् ।

• ख्रीष्टियनहरूको उद्धार भएकै छैन तिनीहरू ऋझ आफ्ना पापमै छन् ।

• कसैको निम्ति आशा छैन । पद १९

• विश्वासीहरू संसारमा सबैभन्दा दयनीय छन् । पद १९

• अन्य परिणामहरू : अनुयायीलाई धोका, पेन्टिकोस्ट एउटा कल्पनामात्र, ख्रीष्टिय अनुभव भ्रम मात्र, बाइबल झुटो दन्त्य कथा जस्तो, पापको समाधान छैन, संसार आशारहित र अनन्त जीवन केवल डरलाग्दो र अँध्यारो मात्र हुने थियो । मुक्ति र उद्धार एउटा सपना मात्र हुने थियो ।

HAPPY RESURRECTION SUNDAY // पुनरुत्थान दिवसयेशूको मृत्यु र पुनरुत्थाको घटना एउटा ऐतिहासिक घटना मात्र नभएर सम्पूर्ण मानव...
04/04/2026

HAPPY RESURRECTION SUNDAY // पुनरुत्थान दिवस

येशूको मृत्यु र पुनरुत्थाको घटना एउटा ऐतिहासिक घटना मात्र नभएर सम्पूर्ण मानव जातिलाई पाप र मृत्युको बन्धनबाट छुटकारा दिएर अनन्त जीवन दिने घटना थियो। यो हजारौ वर्ष अघिदेखिको परमेश्वरको योजना थियो जुन पूरा भयो ।

येशू पुनरुत्थान हुनुभएको उपलक्ष्यमा पुनरुत्थान दिवस महोत्सव मनाइन्छ । हामी विश्वासीहरू येशूको रित्तो चिहानको सुगन्धमा जीउनेहरू हौ । इसाईहरूको गौरव र महिमा येशूको रित्तो चिहान हो । पुनरुत्थानको सिद्धान्त नयाँ करारको जगको सिद्धान्त हो । मृत्यु र चिहान भन्दा बौरी उठाई धेरै महत्वपूर्ण र खुशीको कुरो हो । संसारको सबैभन्दा अलौकिक, महान् र जीवित पुस्तक नै बाइबल हो । विश्वमा सबभन्दा बढी अध्ययन हुन्छ । सुसमाचार चाहिँ कलभरीको क्रुसको फेदीबाट शुरु हुन्छ । तिमीहरूमा यस्तो मन होस् खीष्ट येशूमा पनि थियो । उहाँको पुनरुत्थानले बाइबलका भविश्यवाणी पूरा गरेको छ । येशू प्रभु परमेश्वर हुनुहुन्छ भन्ने बलियो प्रमाण पनि हो । इसाई मत मात्र एउटा यस्तो मत हो जसका जन्मदाता अहिलेसम्म जीवित छन् । उहांँको पुनरुत्थान भएको कारणले, हामीले पनि अनन्त जीवनको आशा पाएका छौं । येशूले भन्नुभयो “म जीवित छु तिमीहरू पनि जीवित रहनेछौ ।" पुनरुत्थान र जीवन म नै हुँ । मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ ।" यूहन्ना ११ः२५

04/04/2026

HAPPY RESURRECTION SUNDAY // पुनरुत्थान दिवस

उहाँ जीवित भई उठ्नुभएको छ (मत्ती २८:६)

04/04/2026

थुमा // Thuma †🩸

#थुमा #येशू #बलिदान #रगत #पाप #प्रेम #महिमा

पवित्र शनिबार // Holy Saturday Isaiah 53:9 🪨     He was assigned a grave with the wicked, and with the rich in his death...
04/04/2026

पवित्र शनिबार // Holy Saturday

Isaiah 53:9 🪨
He was assigned a grave with the wicked, and with the rich in his death, though he had done no violence, nor was any deceit in his mouth.

03/04/2026

"तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै येशू ख्रीष्‍ट हाम्रा पापका निम्‍ति मर्नुभयो। यसकारण येशू ख्रीष्‍टको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्‍वरको क्रोधबाट (सजाईबाट) उहाँद्वारा बचाइनेछौं। (रोमी 5:8‭-‬9)

येशू ख्रीष्‍टले हाम्रो पापको सजाई र जरिमानाको निम्ति आफै क्रूसमा प्रायश्चितको बलि हुनुभयो। कारण मैले भोग्नु पर्ने सजाई येशू ख्रीष्ट आफैले उहाँ माथि लिनुभयो र मलाई पापको न्यायबाट छुटाउनु भयो र मलाई नयाँ, नैतिक र अनन्त जीवन दिनुभयो त्यसैले यो दिन मेरो र हाम्रो निम्ति भलो शुक्रबार वा गुड फ्राइडे भएको छ।

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र (येशू ख्रीष्‍ट) दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो । (यूहन्‍ना 3:16‭-‬17)

किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो। (१ पत्रुस 3:18)

Maundy Thursday (पवित्र बिहीबार)पवित्र बिहीबार अंग्रेजी मा ‘‘Maundy Thursday’’ भनेर पनि चिनिन्छ, मण्डि (Maundy) शब्द ल्य...
02/04/2026

Maundy Thursday (पवित्र बिहीबार)

पवित्र बिहीबार अंग्रेजी मा ‘‘Maundy Thursday’’ भनेर पनि चिनिन्छ, मण्डि (Maundy) शब्द ल्याटिन शब्द Mandatum बाट आएको हो, जसको अर्थ “आज्ञा” (Command) हुन्छ। यो दिन येशूले आफ्ना चेलाहरूलाई दिनुभएको नयाँ आज्ञालाई सम्झाउँदछ: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु: तिमीहरूले एक-अर्कालाई प्रेम गर! जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एक-अर्कालाई प्रेम गर!” (यूहन्ना १३:३४)

बिहीबार:

□ येशूले आफ्ना चेलाहरू पत्रुस र यूहन्नालाई यरूशलेमको एउटा घरमा रहेको ठूलो माथिल्लो कोठा तयार पार्न र निस्तार चाड़को भोजको तयारी गर्न आदेश दिनुहुन्छ।
(मत्ती २६:१७–१९; मर्कूस १४:१२–१६; लूका २२:७–१३)

□ साँझको समयमा येशूले बाह्र चेलाहरूसँग निस्तार चाड़को भोज खानुहुन्छ, आउन लागेको विश्वासघातको विषयमा तिनीहरूलाई बताउनुहुन्छ, र प्रभुको भोजको स्थापना गर्नुहुन्छ।
(मत्ती २६:२०–२९; मर्कूस १४:१७–२३; लूका २२:१४–३०)

□ भोजको क्रममा येशूले चेलाहरूका खुट्टा धुनुहुन्छ, तिनीहरूसँग संवाद गर्नुहुन्छ, र माथिल्लो कोठाको प्रवचन (विदाइ प्रवचन) दिनुहुन्छ।
(यूहन्ना १३:१–१७:२६)
□ येशू र चेलाहरूले सँगै एउटा भजन गाउँछन्, त्यसपछि जैतून डाँडातर्फ प्रस्थान गर्छन्।
(मत्ती २६:३०; मर्कूस १४:२६; लूका २२:३९)

□ येशूले पत्रुसले गर्न लागेका इन्कारहरूको भविष्यवाणी गर्नुहुन्छ।
(मत्ती २६:३१–३५; मर्कूस १४:२७–३१; लूका २२:३१–३४)

□ येशूले सामान र आवश्यक प्रबन्धसम्बन्धी अन्तिम व्यावहारिक आदेशहरू दिनुहुन्छ।
(लूका २२:३५–३८)

□ येशू र चेलाहरू गेत्समनीको बगैंचामा जान्छन्, जहाँ उहाँ (येशू) प्रार्थनामा गहिरो सङ्घर्ष गर्नुहुन्छ भने चेलाहरू रात ढल्दै जाँदा जागा रहन सङ्घर्ष गर्छन्।
(मत्ती २६:३६–४६; मर्कूस १४:३२–४२; लूका २२:४०–४६)

01/04/2026

Holy Wednesday

🪙💰 Jesus rests in Bethany while Judas Iscariot agrees to betray Him for 30 pieces of silver.

Holy Tuesday 🗓️📜 Teaching & ControversyJesus answers traps from religious leaders and teaches the Olivet Discourse on th...
31/03/2026

Holy Tuesday 🗓️

📜 Teaching & Controversy

Jesus answers traps from religious leaders and teaches the Olivet Discourse on the Mount of Olives.

√ प्रभु येशू ख्रीष्टको जन्म 🤱🏽     प्रभु येशू खीष्टको जन्म संसारिक आमा मरियम र बुवा योसेफको घराना भइ गाईको गोठमा जन्मनुभ...
02/12/2025

√ प्रभु येशू ख्रीष्टको जन्म 🤱🏽

प्रभु येशू खीष्टको जन्म संसारिक आमा मरियम र बुवा योसेफको घराना भइ गाईको गोठमा जन्मनुभयो (लूका २:१-७) । उहाँको जन्म अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता, दाऊदको समयदेखि बेबिलोनबाट निर्वासन हुने बेलासम्म चौध पुस्ता र बेबिलोनबाट निर्वासन हुने बेलादेखि प्रभु येशू खीष्टको जन्मसम्म चौध पुस्ता गरि जम्मा (४२) बयालिस पुस्ता भएको पाउन सक्छौ (मत्ती १:१७)। एउटा राजा, परमेश्वर मुक्तिदाताको जन्म धुम-धामकासाथ विशेष स्थानमा हुनु पर्ने हो तर कठिन र लामो यात्रापछि पशुहरूको दाना खाने डुँडमा जन्मनु भएपछि राखियो (लूका २)। उहाँ हेर्नमा पनि लोभ लाग्दो थिएन भनी यशैया भन्दछ (यशैया ५३:२)। नासरत एक भौगोलिक बिगटता जहाँ राजाको पालनपोषण हुन नसक्ने स्थान भएकोले नथानेलले समेत, "नासरतबाट असल कुरा आउँन सक्छ र ? भनी खीसी गरेको पाइन्छ (यूहन्‍ना १:४६)। नत उहाँको शिर लुकाउने ठाउँ नै थियो (मत्ती ८:२०)।

• भूगोल 🌏

येशू प्रभु बेथलेहेममा जन्म हुनुको दुइ तथ्यहरू पाउन सक्छौ :

१. पहिलो, बेथलेहेमलाई दाऊदको शहर भनिन्थ्यो वा बेथलेहेम इस्राएल देशको यरूशलेम नजिकै पर्दथ्यो र योसेफ दाऊदको कुटुम्ब र वंशका थिए (लूका २:१-८)।

२. दोस्रो, अगबक्ताहरूले गरेका भविष्यवाणी पूरा हुनु थियो। जस्तै "ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनै भन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एकजना शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्' (मिका ५:२) । उहाँ बस्नु भएको शहरको नाम थियो गालिलको नासरत (लूका २:३९) । नासरत देखि यरूशलेम ११२ किलो मिटर जति टाढा पर्दथ्यो।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Naya Jiwan - नयाँ जीवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share