Pixel Pathsala

Pixel Pathsala Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pixel Pathsala, Photographer, Kamalbinayek-10, Bhaktapur.

19/07/2023

REGISTER in our highly specialized Grade XI Program
✔ (2 Sections)
✔ (8 Sections)
✔ (2 Sections)
✔ (2 Sections)
Link for Online Registration: http://bitly.ws/8Wkh
Link for Virtual Tour of the college: http://bitly.ws/9ydv
We are open for counselling sessions from 7 A.M to 4 P.M.
For more details contact:
Janapremi World School
🏫 Kaushaltar, Madhyapur, Thimi -3
📞 01-6630967, 9851054064, 9851148272
📧 [email protected]
🌐 www.jws.edu.np

  काठमाडाैं । साहस भयो भने बगेको झरना पनि फर्काउन सकिन्छ भने झैँ झट्ट सुन्दा पत्यार नलाग्ने अपत्यारिला काम मानिसहरुले गर...
04/07/2023


काठमाडाैं । साहस भयो भने बगेको झरना पनि फर्काउन सकिन्छ भने झैँ झट्ट सुन्दा पत्यार नलाग्ने अपत्यारिला काम मानिसहरुले गर्दै आएका छन् । आँट र हिम्मत भयो भने असम्भवलाई पनि सम्भवमा बदल्न सकिन्छ भन्ने उदाहरण हुन् सुदर्शन गौतम । रामेछाप गुन्सी भदौरमा जन्मिएका गौतमले संघर्षको पहाड छिचोल्दै जीवनमा सफल बनेर प्रमाणित गरेका छन् । समय र परिस्थितिले मानिसलाई कहाँ अवसर दिन्छ र कहाँ धोका दिएर साथ छोड्छ भन्न सकिन्न । गौतमको जीवनमा पनि त्यस्तै नसोचेको विपत् आइलाग्यो । कल्पना पनि नगरेको घटना जीवनले भाेग्न पुग्याे ।

१३ वर्षको उमेरैमै गौतमले बिजुलीकाे करेन्टका कारण दुवै हात गुमाउनु पर्‍याे । दुवै हात नपाएपनि उनले जीवनमा निराशा भेटेनन् । आशा भेटे र विस्तारै आशालाई सफलताको कथासँग बुन्न थाले । दुवै हात नभएपनि गौतमले आफैँ खाना बनाउने खाना खानेलगायतको कामकाे अभ्यास गरे । सफल पनि भए । उनले अध्ययनलाई पनि एकसाथ अगाडि बढाए । खुट्टाले लेख्न सुरु गरे । खुट्टाले लेखेरै एसएलसीमा राम्रो अंक ल्याएर पास गर्न पनि सफल भए । हात गुमाए पनि गौतमले जीवनमा केही गर्नुपर्छ भन्ने हिम्मत र आँट गुमाएनन् । निरन्तर रुपमा प्रयास गरे सफल भइन्छ भन्ने अठोट उनले मनमा राम्रोसँग सम्हालेर राखे ।

कक्षा ९ मा अध्ययन गर्दा दुवै हात गुमाएपछि खुट्टाले लेखेर एमबीएस गरेका गौतमले क्यानडाबाट सोसल डेभलपमेन्टमा डिग्री गरेका छन् । उनी खुट्टाले हात सरह कम्प्युटर र मोवाइल सहजै प्रयोग गर्न सक्छन् । २०४५ साल मै कम्प्युटर डिप्लोमा कोर्ष गरेका गौतम नेपाल कमर्श क्याम्पसमा विद्यार्थी नेतासमेत भए । नेपालमा पहिलो पटक खुट्टाले मात्र साधारण कार चलाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका गौतमले अहिलेसम्म कहिल्यैपनि पछाडि फर्कनु परेको छैन । उनीसँग अहिले क्यानडाको लिगल ड्राइभिङ लाइसेन्ससमेत छ ।

अझ रोचक त २०६९ सालमा दुवै हात विना नै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर गौतमले दुनियाँलाई चकित बनाइदिए । गौतमको जीवनी पत्याउन नसकिने खालको छ । आत्मविश्वास, साहस र धैर्यताका प्रतिमूर्ति हिम्मतवाला नायकको रुपमा स्थापित गर्न सफल भएका छन् । ०५५ सालमा प्रतिष्ठित १५ वटा संस्थाहरुको सामुहिक सक्रियतामा गठन भएको ‘नेपालीले नेपालीलाई सहयोग’ समितिको अध्यक्ष भएर गौतमले दुर्गम जिल्ला मुगुमा करिव ५ वर्षसम्म सेवा समेत गरे । नेपालमा राजनीतिक द्धन्दका कारण विरक्तिदै २०६२ सालमा क्यानडा पुगेका गौतम हाल क्यानडाकै नागरिक हुन् । उनी अमेरिकाको ग्रीनकार्ड प्राप्त रेस्टुरेन्ट व्यवसायी समेत हुन् । गौतम राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ५ सय भन्दा बढी अवार्डबाट सम्मानित भइसकेका छन् । क्यानडा सरकारले गौतमलाई ‘हल ओफ फेम’ नामको सम्मान गरेको छ । उक्त सम्मान पाउने गौतम पहिलो आप्रवासी हुन् । २०७१ सालमा रेखा थापाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’ को नायकको रुपमा अभिनय गरेपछि फिल्मी क्षेत्रमा पनि गौतमको नाम चर्चित बन्न पुग्यो ।

हाल क्यानाडियन नागरिक गौतम क्यानाडा को नायग्रा फल्समा श्रीमती सुधा गौतमको साथ बसोबास गर्दै आएका छन् । उनका एक छोरि अमेरिकामा कानून विषय पढ्दै छिन् भने छोरा क्यालगरी स्कुलमा अध्यनरत छन् । गौतम फिल्म निर्माता र अन्तर्राष्ट्रिय घटना व्यवस्थापन कम्पनी इ टु एल क्रिएटिन हब क्यानाडाका मालिक हुन् । गौतम धितो एजेन्टको रुपमा पनि कार्यरत छन् भने घर तथा व्यवसाय किन्नेहरुको लागि गौतम बैंकबाट ऋण मिलाउने तथा घर खरिद बिक्री र नयाँ निर्माण को व्यवसाय पनि गर्दै आएका छन् । टोयोटा कार कम्पनी जापानको प्रयोजन रहेको ओलम्पिक खेलको लागि टोयोटा असम्भव ग्लोबल मार्केटिंग क्यानाडा बाट १० जना मध्ये काम गर्नेमा सुदर्शन प्रमुख रहेर सन् २०१९ देखि काम गर्दै आएका छन् ।

दक्षीण एशियाली क्यानेडियन ट्रेलब्लेजर विरासत व्यक्तित्व २०१७ अवार्ड द्वारा सम्मानित गौतम २०२४ को मे महिनामा युकोन प्रान्तमा अवस्थित माउन्ट लोगानको आरोहण गर्ने योजनामा रहेका छन् । मानव तस्करी जस्तो जघन्य आरोपको अन्तर्राष्ट्रिय मिडियामार्फत खण्डन गर्ने उनकोे योजना रहेको छ ।

अन्तिम वर्ष भर्जिन ग्यालेक्टिक स्पेस कम्पनीबाट स्पेस जानको लागि छनाेट भएता पनि आर्थिक अभावका कारण केही वर्षको लागि होल्डमा राखेको गौतमले बताए । दुवै हातबिना सगरमाथा त चढियो भने स्पेस जानु कुनै ठुलो कार्य नभएको मात्र बजेट अति नै धेरै भएको कारण हाल प्रायोजकहरूसँग कुरा गर्दै गरेको उनको भनाइ छ ।

गौतम हाल महँगो पारिश्रमिक लिएर आफ्नो प्रेरक स्टोरी सुनाउँन दुनियाँ भ्रमण गरिरहेका छन् र हालसम्म करिब ६० भन्दा बढी देश भ्रमण गरिसकेका छन् । गरिब, दुखी, असहायलाई विभिन्न सहयोग गर्दै आएका असाधारण, बिलछ्यण प्रतिभाका धनी गौतमले क्यानाडामा पनि नवआगन्तुक नेपालीहरुलाई सम्भव भएसम्म हरेक तवरको सहयोग गरेको देख्न पाइन्छ । सहयोगी मन अनि अति नै मिजासिला स्वभावका धनी सुदर्शनको परिवारमा माता पिता, भाई अनि बुहारी पनि छन् ।

अनेक बाधा, अड्चन कयौँ दु:ख पीडाहरुलाई पन्छाउँदै आएका गौतमले आफ्नो निजी जीवनमा थुप्रै उतार–चढावको सामना पनि गर्नु परेको छ । सगरमाथा आरोहणका लागि पैसा र टिम जुटाउन करिब १० वर्ष लाग्यो । क्यानाडाको हिउँमा ३ वर्ष खाली खुट्टा दौडेर आफूलाई सक्तिशाली बनाएको उनको भनाइ छ । कथा भित्रको व्यथा देखिँदैन तर अथक मेहनत परिश्रम अनि हार नमान्ने हो भने हरेक कुराहरु सम्भव छन् भन्ने उनको विश्वास हो र उनी आफैँ उदाहरण पनि हुन् । उनी आफ्नो हरेक सफलताका श्रेय आफ्नी श्रीमती सुधा गौतमलाई दिन्छन् । सुदर्शनको हरेक इच्छा, आकांक्षा माथि आफ्ना हरेका चाहानको सहजै तिलाञ्जली दिन सक्ने सुधाको साथ र सहयोग नै आफ्नो आत्मबल भएको सुदर्शनको भनाइ छ ।

उनको नाममा क्यानाडा, नेपाल अनि अमेरिकालगायत चन्द्रमामा पनि १ एकड जमिन रहेको उनकाे दाबी छ । चन्द्रमाको जमिन ब्रिटिश नागरिक एरिकले उनलाई उपहार स्वरुप प्रदान गरेकाे उनी बताउँछन् । त्यसपश्चात गौतम लुनार रिपब्लिक समाजको मानार्थ नागरिक समेत बनेका छन् । यो सबै कार्यहरु अवार्ड र रेकर्डको लागि नगरेको गौतम बताउँछन् ।

साहसिक गौतमले हालैका दिनमा नायगरा फल्स माथिकाे १६ हजार फिटबाट स्काई डाइभिङ पनि गरेका छन् । उनले आफ्नी २० वर्षीया छाेरी सुवेस्ता गाैतमसँगै डाइभ हानेर याे कीर्तिमान हासिल गरेका हुन् ।

22/05/2023

❤️❤️

14/05/2023

🎥🎥🎥

10/05/2023

माओवादीबाट मन्त्री भएका, वा कुनै न कुनै सरकारी निकायमा बसेकाहरूका सम्पति छानविन गराेस् अनि स्यावास भनम्ला याे सरकारलाई ! तिनले चढ्ने सवारी साधन, फूर्तिफार्ति कहाँबाट आउँछ ? तिनकाे तलवले त गाडीमा पेट्रोल हाल्न हाेइन, सुँघाउन पनि पुग्दैन !
त्यसै बुरूक बुरूक !!
टाेप बहादुर र खाँडका हजुरबाहरू छन् यतातिर !!

Address

Kamalbinayek-10
Bhaktapur

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97714621245

Alerts

Be the first to know and let us send you an email when Pixel Pathsala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pixel Pathsala:

Share

Category