Narsingkot Media

Narsingkot Media खेलकुद तथा कुनै पनि कार्यक्रम प्रत्क्षय प्रसारण र बिहे ब्रतबन्ध चौरासी कुनै शुभकार्य खिच्नु प्रेम Narsingkot Mediia लाई सम्झन सक्नुहुनेछ।

रसुवामा भीषण बाढी : टिमुरे बजार तहसनहसरसुवा — रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भोटेकोशी नदीमा बुधबार बिहान आ...
26/08/2026

रसुवामा भीषण बाढी : टिमुरे बजार तहसनहस
रसुवा — रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बिहान करिब साढे ८ बजे अचानक ठूलो आवाजसहित आएको बाढीले टिमुरे बजारका घर, पसल तथा अन्य संरचनामा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।गोसाइँकुण्ड गाउँपालिका–२ का वडा सदस्य पेमा दोर्जे घलेका अनुसार, बाढीले सयभन्दा बढी घर रहेको टिमुरे बजारको ठूलो भाग बगाएको छ। अचानक आएको बाढीका कारण स्थानीयले सामान तथा अन्य सामग्री सुरक्षित गर्ने समयसमेत पाएनन्।“बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो। हामीले केही सोच्नसमेत पाएनौँ। जो जस्तो अवस्थामा थियौँ, भागेर माथि डाँडामा आएर बसेका छौँ,” वडा सदस्य घलेले बताएका छन्।बाढीका कारण भोटेकोशी नदी आसपासका बस्तीमा त्रास फैलिएको छ। तटीय क्षेत्रमा रहेका स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

26/08/2026

दैबको लीला रातमा परेको भए के हुन्थ्यो होला जोखिम ठाउँमा सबैजना सतर्क रहनुहोला

26/08/2026

Dhorpatan

भोटेकोशीमा बाढीको खतरा: रसुवादेखि चितवनसम्मका  ५ जिल्लाका तटीय बासिन्दालाई सुरक्षित रहन अपिल ! भोटेकोशी नदीमा बाढी तथा प...
26/08/2026

भोटेकोशीमा बाढीको खतरा: रसुवादेखि चितवनसम्मका ५ जिल्लाका तटीय बासिन्दालाई सुरक्षित रहन अपिल !
भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव अत्यधिक बढेपछि आसपासका ५ जिल्लाका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सम्भावित विपद्बाट जोगिन सतर्क रहन अपिल गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशीमा जलसतह निरन्तर बढ्दो क्रममा रहेको छ। यसको प्रत्यक्ष असर पर्ने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने नदी तथा खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन भनिएको छ।
नदीमा पानीको सतह अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सतर्कता अपनाउन सुरक्षा निकाय तथा स्थानीय प्रशासनले अनुरोध गरेका छन्। बाढीको सम्भावित खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ र तटीय क्षेत्रका बासिन्दालाई पूर्वतयारीका साथ सुरक्षित रहन सूचित गरेको छ।

26/08/2026

रसुवा नदीमा खतरनाक बाढी आएको छ,,,,
त्रिशुली नदी आसपासका बस्तीमा सतर्क रहन अनुरोध छ सबै जोखिम ठाउँहरूमा

25/08/2026

झालेमाले गोरुको चटक देखियो।

25/08/2026

गोरु जुधाइ माहोल यस्तो बनेपछि Part 8

25/08/2026

गोरु जुधाइ माहोल यस्तो बनेपछि Part 7

25/08/2026

गोरु जुधाइ माहोल यस्तो बनेपछि Part 6

25/08/2026

गोरु जुधाइ माहोल यस्तो बनेपछि Part 5

Address

Baglung Bazar

Alerts

Be the first to know and let us send you an email when Narsingkot Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category