20/05/2017
पोइला गएकी पत्नीलाई साउदी अरबबाट श्रीमानको मार्मिक पत्र यो बिदेशमा बस्ने सबैले पढ्नु होला तपाइको आखा रसाउने छ र शेर गरी अरु सम्म नि पुराउनु होला
ज्युदै भए पनि भित्र भित्र म कत्तिपटक मरेको छु, तिमी बुझ्दिनौ । बुझ्ने सामर्थ्य यदि तिमीमा भाको भए,यस्तो खबर सायदै सुन्नु पर्थेन होला । आफ्नो जीवन तिम्रै लागि साँचेर बाचिरहेको थिए । तर तिमी भने ठिक विपरीत सोच्दी रहिछौ । तिम्रै खुशीका लागि निरन्तर श्रम गरिरहे अरबमा, तिमी भने मेरो श्रमको उपजलाई दुरुपयोग गरेर मेरो खिसिटिउरी गर्नमा तल्लिन भयौ । यो चाल पाएपछी, म ज्यादै विक्षिप्त भएको छु । मेरो मन धुजा धुजामा फाटेको छ ।
कुनै कुल्लीझै, मुटु भित्र गुम्सिएका तिम्रा सम्झाना र यादका भारी बोकेर काममा जानका लागि तयारी गर्दै थिए, त्यो दिन । अचानक नेपालबाट धनिराम काकाले फोन गरेर सुनाउनु भएको खबरले एक्कासी भाउन्न भयो । म भुइँमा ढलेछु । केहि समय पश्चात होसमा आएपछि, पीडा झन बल्झियो । मलाई विश्वास लागिरहेकै थिएन, तिमी अर्कै सङ्ग कुम्लिएको खबर । के चिजको कमि हुन दिएको थिए र? तिमीलाई चाहिएका कुराहरु पुर्याएकै थिए, होईन र?
तिमीलाई याद होला नै, छानो चुहिने खरले छाएको घरलाई विस्थापित गरेर ढलान घर बनाउनु हाम्रो ठूलो सपना थियो । छोरा-छोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने र राम्रोसङ्ग पढाउने इच्छा हामी दुवैको थियो । सुकिलो मुकिलो भएर हिड्न पाइयोस् सधै भरी, कसैका अगाडि हात तेर्साउनु नपरोस् भन्ने ठूलो आकाँक्षा थियो । यिनै सपना, इच्छा र आकङ्क्षा पालेर दुई वर्ष अगाडि अरब उडेको थिए म । के यो सब लिला देख्नका लागि मात्र म अरब भासिनु परेको होला त?
प्यारी पत्नी, जसोतसो यस्तै दु:खहरु सहेर यता आउँदा लागेको खर्च तिर्न सकेको थिए । अब बाकी तीन वर्षमा दु:ख गरेर कमाएको पैसाले हाम्रा इच्छा र सपनाहरु पूरा गर्ने सोच थियो । सानो छोराले फोनमा टि.भि चाहियो भनेर माग गर्थ्यो । छोरीले नाना पठाइदिनु भन्थिन । छोरा-छोरीका मागहरु पूरा गर्नु मेरो दायित्व थियो नै, बुवा भएको नाताले । तर मागको पुर्ती गर्न सक्षम थिएन त्यसबखत । त्यसैले ज्यानलाई जीवन र मरणको दोसाँधमा राखेर काममा लागिपरेको थिए । आफ्नो कलकलाउदो बैँस बेचिरहेका थिए, यो मरुभूमिमा ।
“पैसा पठाउनु न! नुन तेल किन्ने पैसा पनि छैन” फोनमा तिमीले भन्थ्यौ । हुन्छ चाडै पठाउछु भनेर कुरा टार्थे । फोन काटिसकेपछि आँसु झार्न बाहेक केही गर्न सक्दैनथे । किनकि, छ महिना देखि यता कम्पनीले तलब दिएकै थिएन । अर्काको देशमा हामीहरुले के नै गर्न सक्थ्यौ र? निरिह थियौ हामी ।