तिमी बिन

तिमी बिन लेख्नलाई कलम राम्रो होइन ,
शब्द राम्रो

30/01/2017

हाँसोअनी खुशी बटुलेर बाँच्न सक्नुपर्छ
सबकोअघि दिलखोली हाँस्न सक्नुपर्छ
कसैलाई दुख पोखाएर केहि हुन्न यहाँ
दुखअनि पिडाहरु भुलीनाँच्न सक्नुपर्छ

#तिमी_बिन

30/01/2017

भेटिएर छुटिनु प्रेम हो या छुटिएर भेटिनु ।
त्यो त म जान्दिन ।
तर जब देखि तिमी सङ्ग टाढिए ।
त्यहि दिन देखि बेचैनी बढेको छ ,
शुन्यतापन मन पर्न थालेको छ प्रिय!!!कस्सम...

30/01/2017

सुम्पेको काँया मुटुको माया जानेर आउनु ,
दिलको राजा कलेजी माझ मानेर आउनु !!

टाढाको बाटो हिडेर तिमी थाकेर बसीछ्यौ ,
चौतारा मुनि बसेर सास तानेर आउनु !!

जिन्दगी भरी जिउन लाई साहारा चाहिन्छ ,
सधैको लागि असल मान्छे छानेर आउनु !!

दुनियाँ झुठो हुदैछ रैछ बिचार गर है ,
हाम्रो यो प्रेम सत्य र साँचो ठानेर आउनु !!

रोक्लान् नी बरै कसैले त्यहाँ चतुर भएस ,
बुर्कुसी मार्दै बाँकटे यहाँ हानेर आउनु !!!

यो प्रेमरोगीहरु को उपचार गर्ने डाक्टर भैदिएको भए आज आएर यि कयौं प्रेमजोडी  यसरी छुट्नु पर्ने थिएन होला।
22/01/2017

यो प्रेमरोगीहरु को उपचार गर्ने
डाक्टर भैदिएको भए
आज आएर यि कयौं प्रेमजोडी
यसरी छुट्नु पर्ने थिएन होला।

अनाआशै निस्ठुरी सँग भेट हुँदा पनिदेख्दै नदेखे झै गरी अन्तै बाटो मोड्नु पर्यो।। यात्राको सुरुवात सँगै गरे पनीनचाहदा नचाहद...
21/01/2017

अनाआशै निस्ठुरी सँग भेट हुँदा पनि
देख्दै नदेखे झै गरी अन्तै बाटो मोड्नु पर्यो।।

यात्राको सुरुवात सँगै गरे पनी
नचाहदा नचाहदै बिच बाटोमै छुट्टिनु पर्यो।।

बाचा त सँगै जिउने मर्ने गरियो
तर बिडम्बना बिचमै नाता तोड्नु पर्यो।।
#तिमी_बिन

नत पीडाले कहिल्ये सताएको हुन्थ्यो।नत यी नयन कहिल्ये रसाएको हुन्थ्यो।सारा जीवन खुशी साथ बित्ने थियो।राम्रो हुन्थ्यो दैबले...
18/01/2017

नत पीडाले कहिल्ये सताएको हुन्थ्यो।
नत यी नयन कहिल्ये रसाएको हुन्थ्यो।
सारा जीवन खुशी साथ बित्ने थियो।
राम्रो हुन्थ्यो दैबलेनै यो मुटूनै नबनाई दिएको भए हुन्थ्यो।
#तिमी_बिन.............

सपनिमा आउने तिमिनै हौ जस्तो लाग्छ।मन मुटु धड्कनमा तिमिनै छौ जस्तो लाग्छ।।खै के भयको होला हरपल आज भोली,तिम्रै तस्बिर हेरि...
18/01/2017

सपनिमा आउने तिमिनै हौ जस्तो लाग्छ।
मन मुटु धड्कनमा तिमिनै छौ जस्तो लाग्छ।।
खै के भयको होला हरपल आज भोली,
तिम्रै तस्बिर हेरि टोलाइरौ जस्तो लाग्छ।।।।

कसै-कसै लाई बोलाउछु भगवानलाई झैं पुकार छुबिडम्बना त्यो एउटा मेरोनिरर्थक प्रयास हुन जान्छ!पिडा भित्रको मेरो चित्कारसुन्नक...
18/01/2017

कसै-कसै लाई बोलाउछु
भगवानलाई झैं पुकार छु
बिडम्बना त्यो एउटा मेरो
निरर्थक प्रयास हुन जान्छ!
पिडा भित्रको मेरो चित्कार
सुन्नको लागी कसैलाई
फुर्सद छैन!कोहि सुनेर
नसुने झैं हुन्छ त कोहि
सुन्नै मन पराउदैनन् तर
म भने सधैं आशाको दिप
बालेर हरेक बिहानी संगै
नया उमंग लिएर आउछु
त्यहि निठुर मनको ढोका
ढक ढक्याउनलाई!परिणाम
फेरी त्यहि हुन्छ,बिबश छु म
स्वीकार्न लाई,सबैलाई जित्छु
भन्दा भन्दै सयौं पल्ट हारी
सकेछु,धेरै जिउछु भन्ने म
जिवनको २६ औं बसन्त पार
नगर्दै जिउदो लाश झैं बन्न
पुगेछु!थाहै थिएन जिवन यति
कष्टकर र भ्रामक हुन्छ भन्ने!!
घरी-घरी त लाग्छ जिवनको
अन्त्य गरिदिउ जस्तो तर फेरी
पनि सक्दिन म किनकी यहॉ
मलाई कसैको मिठो सपनामा
बॉच्ने बानी परि सकेछ!!कतै
आशाको किरणहरू बलि रहेको
देख्छु त कतै निराशाको कालो
बादल मडारिरहेको देख्छु!!!
थाहा छ छाडेर जाने निठुरी
फेरी फर्केर आउदिन भनेर,
चट्टान झैं कठोर मन कसैको
पिडामा पग्लिदैन भनेर तर पनि
सधैं आश त्यहि कुराको हुदो रै'छ!!

घर्तिमा आश मारेको म त ।जिन्दगि आफ़ै हारेको म त ।कर्मले अनि भाग्यले पनि ,दुबैले रुन पारेको म त ।हर्षमा आशु झर्छरे हो र ,दु...
16/01/2017

घर्तिमा आश मारेको म त ।
जिन्दगि आफ़ै हारेको म त ।

कर्मले अनि भाग्यले पनि ,
दुबैले रुन पारेको म त ।

हर्षमा आशु झर्छरे हो र ,
दुखमै सधै झारेको म त ।

पाएन थाहै के रैछ खुशि ,
खुशिले परै टारेको म त ।

समिप बन्ने बाहना छोड ,
आगन्तुक बाटो बारेको म त ।

भेट्नेछु उतै आएछौ यदि ,
स्वर्गमा पाउ सारेको म त ।

13/01/2017

तिम्लाई माया गरेर मात्र चल्दैन जिवन ।।
तिम्रो सिउदो भरेर मात्र चल्दैन जिवन ।।
तिम्ले भनेका सबै कुरा पुराउन सक्दिन ।
तिम्रो लागी म मरेर मात्र चल्दैन जिवन ।।

नजाउ सानु टाढा सक्दिन सहनतिमी बिना म कहाँ सकुँला रहन तड्पाएर यो मन जलाउनु भन्दा लगाउ तनमै आगो सहन्छु दहनकसरी यो माया देख...
13/01/2017

नजाउ सानु टाढा सक्दिन सहन
तिमी बिना म कहाँ सकुँला रहन

तड्पाएर यो मन जलाउनु भन्दा
लगाउ तनमै आगो सहन्छु दहन

कसरी यो माया देखाँउ छाती चिरी
अहँ ! बात ले म सक्दिन कहन

सहनै नसकि फुट्यो बाँध मनको
आँखा बाट गंगा थालेछ बहन

11/01/2017

मेरो घरमा शंख बज्दा तिमी हास्यौ खुशी लाग्यो
सेतो कात्रो ओढाउदा तिमी नाच्यौ खुशी लाग्यो

तिम्रो घर मुनि बाट मेरो लाश तेर्साउदा
आगनीमा उफ्री उफ्री कम्मर भाच्यौ खुशी लाग्यो

तिमीलाई साथ दिन्छु भन्ने बाचा कसम तोडी
आखिरमा पराईको माया साच्यौ खुशी लाग्यो

मलामीले रुदै रुदै मेरो चिता पखालेसी
निर्दयी त्यो पराइ संग नाता गास्यौ खुशी लाग्यो

Address

Klang
06421841

Alerts

Be the first to know and let us send you an email when तिमी बिन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category