Hangul Academy

Directions

Hangul Academy this is video content page enjoy and entertainment my video
(1)

🇰🇷 E-9 श्रमिकलाई खुसीको खबर! E-7-4 भिसा परिवर्तनमा अब ५ वर्ष काम गरे ३० अतिरिक्त अंक!दक्षिण कोरियामा E-9 भिसामा कार्यरत ...
2026. 11. 03.

🇰🇷 E-9 श्रमिकलाई खुसीको खबर! E-7-4 भिसा परिवर्तनमा अब ५ वर्ष काम गरे ३० अतिरिक्त अंक!

दक्षिण कोरियामा E-9 भिसामा कार्यरत विदेशी श्रमिकहरूका लागि E-7-4 दक्ष श्रमिक भिसा परिवर्तनसम्बन्धी अतिरिक्त अंक प्रणालीमा महत्वपूर्ण परिवर्तन भएको छ।

नोभेम्बर २, २०२६ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार एउटै कम्पनीमा लामो समयसम्म निरन्तर काम गरेका विदेशी श्रमिकले पहिलेभन्दा बढी अतिरिक्त अंक प्राप्त गर्न सक्नेछन्।

पहिले कस्तो व्यवस्था थियो?

यसअघि एउटै कम्पनीमा ३ वर्ष वा सोभन्दा बढी समय काम गरेका E-9 श्रमिकले 장기근속 (दीर्घकालीन रोजगारी) अन्तर्गत २० अतिरिक्त अंक प्राप्त गर्दै आएका थिए।

यस व्यवस्थामा एउटै कम्पनीमा ३ वर्ष काम गरेको श्रमिक र ५ वर्षभन्दा बढी काम गरेको श्रमिकले समान २० अंक पाउने व्यवस्था थियो।

अब नयाँ व्यवस्था के छ?

नोभेम्बर २, २०२६ देखि लागू भएको नयाँ मापदण्डअनुसार:

* एउटै कम्पनीमा ३ वर्षदेखि ५ वर्षभन्दा कम काम गरेको भए: २० अतिरिक्त अंक
* एउटै कम्पनीमा ५ वर्ष वा सोभन्दा बढी काम गरेको भए: ३० अतिरिक्त अंक

यसको अर्थ एउटै कम्पनीमा लगातार ५ वर्ष वा त्योभन्दा बढी समय काम गरेका E-9 श्रमिकले यसअघि पाउनेभन्दा १० अंक बढी प्राप्त गर्न सक्नेछन्।

यसले E-7-4 भिसा परिवर्तनमा कस्तो फाइदा पुग्छ?

E-7-4 भिसा परिवर्तनका लागि आवश्यक कुल अंक पूरा गर्न संघर्ष गरिरहेका श्रमिकहरूका लागि यो परिवर्तन उपयोगी हुन सक्छ। विशेषगरी एउटै कम्पनीमा लामो समयदेखि इमानदारीपूर्वक काम गर्दै आएका विदेशी श्रमिकले अतिरिक्त १० अंक प्राप्त गर्ने अवसर पाउनेछन्।

2026. 11. 02.

सुदूरपश्चिमले हार बेहोरेपछि खेल हेर्न आएका दर्शक स्टेडियम भित्रै हल्लिन थालेका थिए।

🚨 DV Lottery 2027 Update 🇺🇸अहिले सामाजिक सञ्जालमा DV Lottery 2027 खुल्यो भन्ने हल्ला फैलिरहेको छ। तर भ्रममा नपर्नुहोला!आ...
2026. 11. 02.

🚨 DV Lottery 2027 Update 🇺🇸

अहिले सामाजिक सञ्जालमा DV Lottery 2027 खुल्यो भन्ने हल्ला फैलिरहेको छ। तर भ्रममा नपर्नुहोला!

आज नोभेम्बर १ देखि दर्ता खुल्ने अपेक्षा गरिए पनि अदालतको पछिल्लो निर्णयपछि पुनः दर्ता खोल्ने आदेश अस्थायी रूपमा रोकिएको छ।

यससँगै DV-2027 को Registration हाललाई स्थगित (Suspended) नै रहेको छ। अमेरिकी विदेश मन्त्रालयले अहिलेसम्म नयाँ दर्ता मिति सार्वजनिक गरेको छैन।

त्यसैले आधिकारिक सूचना नआएसम्म DV Lottery खुलेको विश्वास nagarnu hola

Hyundaiले 새만금 मा AI डेटा सेन्टर निर्माण सुरुदक्षिण कोरियाको हुन्डाई मोटर ग्रुपले 새만금 क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) ...
2026. 11. 01.

Hyundaiले 새만금 मा AI डेटा सेन्टर निर्माण सुरु
दक्षिण कोरियाको हुन्डाई मोटर ग्रुपले 새만금 क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) डेटा सेन्टर निर्माण गर्ने कामलाई तीव्र बनाएको छ। अक्टोबर ३० मा कम्पनीले 군산 मा HMG 새만금 사무소 उद्घाटन गरेको छ। आगामी महिनामा यस परियोजनालाई कार्यान्वयन गर्न दुईवटा विशेष कम्पनी स्थापना गर्ने योजना रहेको छ।

2026. 11. 01.

सही समय आएपछी,
सबैको गलत समय आउछ,

एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !

2026. 11. 01.

फ्रान्समा हुर्किएकी एक युवती आफ्नो जन्मभूमि नेपालमा जैविक परिवारको खोजीमा छिन्। निरमला (बालिका) नाम गरेकी ती युवतीले आफूलाई जन्म दिने आमा, बुबा, दाजुभाइ, दिदीबहिनी तथा आफ्नो जन्म र बाल्यकालबारे जानकारी राख्ने व्यक्तिको खोजी गरिरहेकी छन्।

निरमलाको जन्म सन् २००५ जुन ४ मा भएको हो। जन्मपछि उनलाई फ्रान्सको एक परिवारले धर्मपुत्रीका रूपमा ग्रहण गरेको थियो। तर, आफ्नो जैविक परिवार को हो र आफू फ्रान्स पुग्नुअघि नेपालमा के भएको थियो भन्नेबारे उनी अझै अनभिज्ञ छिन्।

उनको आफूसँग भएका कागजातअनुसार, शिशु अवस्थामा निमोनिया र मेनिन्जाइटिसको उपचारका लागि उनलाई नेपालको पाटन अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनी ललितपुरको जावलाखेलस्थित चिल्ड्रेन्स होम अनाथालयसँग जोडिएकी थिइन्।

तर, उनी कहाँ जन्मिएकी थिइन् र अस्पताल तथा अनाथालयसम्म कसरी पुगिन् भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

निरमलासँग उपलब्ध विवरणमा उनको विगतबारे फरक-फरक जानकारी उल्लेख छन्। एउटा विवरणअनुसार, उनलाई कीर्तिपुरमा प्रहरीले फेला पारेको वा प्रहरीमार्फत ल्याइएको हुन सक्ने बताइएको छ। अर्को विवरणमा भने कुनै महिलाले उनलाई अनाथालयमा छोडेको हुन सक्ने उल्लेख छ। यीमध्ये कुन विवरण सत्य हो भन्नेबारे उनी निश्चित छैनन्।

आफ्नो जन्मको वास्तविक कथा थाहा पाउने र जैविक परिवारसँग जोडिने आशासहित उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी छन्।

सन् २००५ जुन महिनातिर पाटन अस्पताल, जावलाखेलस्थित चिल्ड्रेन्स होम, कीर्तिपुर तथा आसपासका क्षेत्रमा रहेका वा त्यस समयका घटनाबारे जानकारी भएका व्यक्तिलाई उनले आफूलाई निजी सन्देशमार्फत सम्पर्क गर्न आग्रह गरेकी छन्।

उनका अनुसार, सानोभन्दा सानो जानकारीले पनि आफ्नो जन्म र विगतबारे सत्य पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्न सक्छ। उनले विशेषगरी नेपाल, ललितपुर, पाटन र कीर्तिपुरमा बसोबास गर्ने व्यक्तिसम्म आफ्नो सन्देश पुर्‍याइदिन आग्रह गरेकी छन्।

आफ्नो जन्म दिने परिवार को हो, आफू उनीहरूबाट कसरी अलग भइन् र बाल्यकालमा के भएको थियो भन्ने प्रश्नको उत्तर खोजिरहेकी निरमलाका लागि यो केवल परिवारको खोजी मात्र होइन, आफ्नो पहिचान र जन्मको वास्तविक कथा पत्ता लगाउने प्रयास पनि हो।

उनको अपिल सामाजिक सञ्जालमा धेरैभन्दा धेरै व्यक्तिसम्म पुग्न सके विगतबारे जानकार कोही व्यक्तिले महत्वपूर्ण जानकारी दिन सक्ने आशा गरिएको छ।

2026. 11. 01.

कहिलेकाहीँ रगतको नाताभन्दा पनि मानवताको नाता ठूलो हुँदोरहेछ। ❤️

सञ्जोग कोइरालाले मागे माफी।SIP मा लगानी गर्नेहरूलाई निराश हुनुपर्ने अवस्था छैन! SIP मा लगानी गराएको विषयमा Sanjog Koiral...
2026. 11. 01.

सञ्जोग कोइरालाले मागे माफी।

SIP मा लगानी गर्नेहरूलाई निराश हुनुपर्ने अवस्था छैन!

SIP मा लगानी गराएको विषयमा Sanjog Koirala Sir ले माफी माग्नुभएको रहेछ। तर मेरो विचारमा, अहिले नै माफी माग्नुपर्ने अवस्था छैन। नेपालमा SIP सुरु भएको करिब ७ वर्ष मात्रै भएको छ। यति छोटो अवधिमै धेरै ठूलो प्रतिफलको अपेक्षा गर्नु उचित हुँदैन।

देशको अर्थतन्त्र, शेयर बजारको अवस्था र समग्र लगानीको वातावरणलाई हेर्दा अहिलेको प्रतिफललाई नराम्रो भन्न मिल्दैन। SIP भनेको छोटो समयमा धेरै नाफा कमाउने माध्यम होइन, दीर्घकालीन रूपमा सम्पत्ति निर्माण गर्ने लगानीको योजना हो।

अहिले धेरै SIP फन्डहरूको NAV रु. ९–१० को आसपास छ। यस्तो अवस्थामा दीर्घकालीन सोचका साथ लगानी गर्नेहरूका लागि भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्ने अवसर हुन सक्छ। आगामी १०–१५ वर्षमा धेरै फन्डहरूको NAV रु. १५ भन्दा माथि पुग्न सक्छ भन्ने मेरो अनुमान छ। तर यो निश्चित प्रतिफलको ग्यारेन्टी भने होइन।

त्यसैले अहिले SIP गरिरहनुभएका लगानीकर्ताहरूले बजारको उतारचढावका कारण हतारमा निर्णय लिनुभन्दा आफ्नो आर्थिक अवस्थाअनुसार नियमित लगानीलाई निरन्तरता दिनु उपयुक्त हुन्छ।

तर यहाँ अर्को महत्त्वपूर्ण विषय पनि छ।
अहिले बनेको नयाँ सरकारले म्युचुअल फन्डहरूलाई पनि प्रभावकारी रूपमा निगरानी गर्नुपर्छ। लगानीकर्ताको पैसा कसरी व्यवस्थापन भइरहेको छ, फन्ड म्यानेजरहरूले कस्तो रणनीति अपनाइरहेका छन् र लगानीकर्ताको हितलाई कति प्राथमिकता दिइएको छ भन्ने विषयमा सम्बन्धित नियामक निकायले गम्भीरतापूर्वक अनुगमन गर्न आवश्यक छ।

भोलि नियामक निकायले म्युचुअल फन्डहरूको निगरानी र छानबिन गर्दा त्यसलाई अनावश्यक हस्तक्षेपका रूपमा नलिऔँ। निगरानीको उद्देश्य लगानीकर्ताको पैसा सुरक्षित राख्नु, पारदर्शिता बढाउनु र म्युचुअल फन्डप्रतिको विश्वास कायम गर्नु हुनुपर्छ।

अर्कोतर्फ, अहिले शेयर बजार घटेको समयमा लगानीकर्ताले राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो भने, केही बलिया कम्पनीहरूले दीर्घकालमा म्युचुअल फन्डको तुलनामा राम्रो प्रतिफल दिन पनि सक्छन्। उदाहरणका लागि, नियमित रूपमा वार्षिक १० प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्ने कम्पनीमा लगानी गर्ने अवसर प्राप्त हुन सक्छ। तर त्यस्तो प्रतिफल सुनिश्चित हुँदैन, र प्रत्यक्ष शेयर लगानीमा जोखिम पनि बढी हुन सक्छ।

अन्त्यमा, मेरो विचार स्पष्ट छ:

- SIP लाई छोटो अवधिको नाफासँग मात्र तुलना नगरौँ।
- दीर्घकालीन लगानीलाई प्राथमिकता दिऔँ।
- म्युचुअल फन्डको कार्यसम्पादन र व्यवस्थापनमाथि प्रभावकारी निगरानी गरौँ।
- लगानी गर्नुअघि जोखिम, प्रतिफल र आफ्नो आर्थिक क्षमताको मूल्याङ्कन गरौँ।

SIP प्रति विश्वास राख्नु आवश्यक छ, तर फन्ड म्यानेजरहरूलाई जवाफदेही बनाउनु पनि उत्तिकै आवश्यक छ। लगानीकर्ताको विश्वास र पैसाको सम्मान हुनुपर्छ। 🙏💚

तपाईंको विचारमा, नेपालका म्युचुअल फन्डहरूलाई अहिलेको भन्दा अझ प्रभावकारी निगरानी आवश्यक छ कि छैन? आफ्नो विचार कमेन्टमा राख्नुहोस्।


बालेनसँगको रिस कि डाह? 🔥गोल्डस्टार जुत्ता, जसलाई प्रधानमन्त्री बालेन शाहले पनि प्रोमोट गरेका थिए । तर, मेरो कहानी अलग छ ...
2026. 11. 01.

बालेनसँगको रिस कि डाह? 🔥

गोल्डस्टार जुत्ता, जसलाई प्रधानमन्त्री बालेन शाहले पनि प्रोमोट गरेका थिए ।
तर, मेरो कहानी अलग छ ।

राम्रै होला र स्वदेशी ब्राण्डको प्रोमोसन नै होला भनेर दशैं टिकाको ठीक ३ दिनअघि कोटेश्वरको शोरूमबाट एक जोडी जुत्ता मगाएँ ।

मेरो लागि दशैंको सपिङ जम्माजम्मी त्यति नै थियो । केही दिन मज्जाले लगाएँ । जुत्ता नयाँ भएकाले दिनदिनै हेर्ने कुरा पनि भएन ।

अस्ति, केही मिटिङहरू थिए । बिहानै उठेर, त्यही जुत्ता लगाएर अफिस पुगें । दाहिने खुट्टामा केही असहज महसुस भयो । हेरेको पूरै जुत्ता च्यातिइसकेको रहेछ ।

त्यो, दिन मलाई अति पश्चात्ताप भयो । नयाँ जुत्ता किन्ने समय पनि थिएन, जरुरी मिटिङहरू थिए । मलाई, पहिलोपटक स्वदेशी जुत्ता लगाएकोमा ग्लानी भयो ।

यसरी, स्वदेशी ब्राण्डका नाममा, अनि केही सस्तो भएको नाममा कति नेपालीहरू ठगिएका होलान् ? तपाईंसँग आफ्नो स्टोरी छ भने सेयर गर्नुहोस् ।🙏

सुन्दर उदाहरण ❤️कहिलेकाहीँ रगतको नाताभन्दा पनि मानवताको नाता ठूलो हुँदोरहेछ। ❤️चीनका २४ वर्षीय एक अनाथ युवकसँग आफ्नी प्र...
2026. 11. 01.

सुन्दर उदाहरण ❤️
कहिलेकाहीँ रगतको नाताभन्दा पनि मानवताको नाता ठूलो हुँदोरहेछ। ❤️
चीनका २४ वर्षीय एक अनाथ युवकसँग आफ्नी प्रेमिकासँग विवाह गर्न पर्याप्त पैसा थिएन। त्यसमाथि विवाह समारोहमा सहभागी हुन बोलाउने आफन्तसमेत कोही थिएनन्।
त्यसपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहमा सहभागी हुन सर्वसाधारणलाई निमन्त्रणा गरे। उनको यो निमन्त्रणा देखेर हजारौँ मानिसहरू विवाह समारोहमा सहभागी हुन पुगे।
अझ अचम्मको कुरा त के थियो भने, विवाहमा आवश्यक पर्ने सेवा, सामग्रीदेखि उपहारसम्म पाहुनाहरूले आफैँ व्यवस्थापन गरिदिए।
यसरी एक्लोपनबाट सुरु भएको उनको विवाह समारोह हजारौँ मानिसको माया, साथ र सहयोगले भव्य उत्सवमा परिणत भयो। 🥀🥀🥀💋🥀💞🥀❣️❣️🤎🤎🤎❤️

Address

41000
Gimhae
Daegu

Website

Alerts

Be the first to know and let us send you an email when Hangul Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby photography services