TK khabar

TK khabar राम्रो गरौँ राम्रो गर्नेलाई सधैं साथ सपोर्ट गरौँ
(2)

महिला कामदारका लागि मलेसियामा ठूलो अवसर! पूर्ण रूपमा शून्य लागत (Zero Cost) मा रोजगारीको अवसर!! 🇲🇾✈️​काठमाडौँको प्रतिष्ठ...
04/06/2026

महिला कामदारका लागि मलेसियामा ठूलो अवसर! पूर्ण रूपमा शून्य लागत (Zero Cost) मा रोजगारीको अवसर!! 🇲🇾✈️
​काठमाडौँको प्रतिष्ठित म्यानपावर कम्पनी आकर्षण इन्टरनेसनल प्रा. लि. मार्फत मलेसियाको प्रख्यात कम्पनी 'सेलेस्टिका प्लेटफर्म एण्ड क्लाउड सोलुसन्स' (Celestica Platform and Cloud Solutions) मा ७२ जना नेपाली महिला फ्याक्ट्री कामदार (General Worker) को माग आएको छ।
​यो भर्ना प्रक्रिया पूर्ण रूपमा 'शून्य लागत' (Zero Cost Employment) सिद्धान्तमा आधारित छ, जसमा मेडिकल, भिसा, हवाई टिकट लगायतका सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नेछ। कामदारले १ रुपैयाँ पनि बुझाउनु पर्दैन।
​मुख्य विवरणहरू:
​माग संख्या: ७२ जना महिला मात्र
​मासिक तलब: १,७०० मलेसियन रिंगिट (नेपाली रुपैयाँ करिब ६५,०४२/-) + ओभरटाइम सुविधा
​न्यूनतम योग्यता: SLC/SEE उत्तीर्ण र सामान्य अंग्रेजी बोल्न/बुझ्न सक्ने
​करार अवधि: २ वर्ष
​अन्य सुविधा: बस्ने आवास नि:शुल्क र काम गर्ने दिनमा दैनिक RM ४.५० खाजा भत्ता पाइने
​थप सुविधाहरू: मलेसियाको श्रम ऐन अनुसार सामाजिक सुरक्षा कोष (SOCSO), बिमा र EPF को व्यवस्था
​विशेष सचेतना:
यस भर्ना प्रक्रियामा कुनै पनि एजेन्ट वा मध्यस्थकर्ताको संलग्नता छैन। कसैलाई पनि कुनै पनि बहानामा रकम नबुझाउनु होला। इच्छुक र योग्य उम्मेदवारहरूले विस्तृत विवरणका लागि म्यानपावर कम्पनीमा सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
​ सम्पर्कका लागि:
​कम्पनी: आकर्षण इन्टरनेसनल प्रा. लि., शम्भु मार्ग, काठमाडौँ
​फोन नं: ०१-४५९८७०१ / ९८०११२२३०६
​इमेल: [email protected]

शून्य लागत (Zero Cost) मा मलेसियाको प्रतिष्ठित कम्पनी 'MOLEX' मा रोजगारीको सुनौलो अवसर! ​वैदेशिक रोजगारीको खोजीमा रहनुभए...
04/06/2026

शून्य लागत (Zero Cost) मा मलेसियाको प्रतिष्ठित कम्पनी 'MOLEX' मा रोजगारीको सुनौलो अवसर!
​वैदेशिक रोजगारीको खोजीमा रहनुभएका पुरुष साथीहरूका लागि खुसीको खबर! कुनै पनि सेवा शुल्क वा लुकेको खर्च तिर्नु नपर्ने गरी टाइटानिक म्यानपावर सप्लायर प्रा. लि. ले मलेसियाको पेनङ्गस्थित विश्वप्रसिद्ध इलेक्ट्रोनिक कम्पनी Molex (Malaysia) Sdn. Bhd. का लागि औद्योगिक कामदार (Factory Worker) को माग ल्याएको छ!
​ मासिक न्यूनतम तलब: १,७०० RM (नेपाली रुपैयाँ करिब ६४,६००/-) + ओभरटाइम र बोनस कम्पनीको नियम अनुसार।
​ मुख्य सुविधाहरू (कम्पनीले नै बेहोर्ने):
​ फ्रि भिसा, फ्रि टिकट (टिकट र भिसा शुल्क रोजगारदाताले दिने)
​ शून्य एजेन्सी सेवा शुल्क (म्यानपावरलाई एक रुपैयाँ पनि बुझाउनु नपर्ने)
​ राहदानी खर्च, फोटो, मेडिकल, बीमा र अभिमुखीकरण (Orientation) खर्च समेत रिफन्ड हुने
​कम्पनीद्वारा नि:शुल्क बस्ने व्यवस्था (Accommodation)
​ सुरक्षित र कानुनी रोजगारी (हप्ताको ५ दिन, दैनिक ८ घण्टा काम)
​ आवश्यक योग्यता:
​ न्यूनतम एसएलसी (SLC/SEE) वा सो सरह उत्तीर्ण भएको。
​ अंग्रेजी भाषा सामान्य पढ्न र लेख्न सक्ने।
​ उमेर प्रमाणित हुने फोटो सहितका २ वटा सरकारी परिचयपत्र (नागरिकता/राहदानी आदि) अनिवार्य।
​ अन्तर्वार्ता तालिका र दर्ता प्रक्रिया:
​ प्रारम्भिक अनलाइन दर्ता: इच्छुक उम्मेदवारहरूले तुरुन्तै क्युआर कोड (QR Code) स्क्यान गरी आज (४ जून २०२६) बेलुका ७:०० बजेभित्र फारम भरिसक्नुपर्नेछ। सर्टलिस्टमा परेकाहरूलाई मात्र प्रि-अन्तर्वार्तामा बोलाइनेछ।
​ प्रि-अन्तर्वार्ता: २०८३ जेठ २५ गते (८ जून २०२६)
​ फाइनल अन्तर्वार्ता: २०८३ जेठ २८ गते (११ जून २०२६)
​ स्थान: टाइटानिक म्यानपावर कार्यालय, बसुन्धरा-०३, काठमाडौँ
​ थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
​ टाईटानिक म्यानपावर सप्लायर प्रा. लि. (इजाजतपत्र नं. २८५/०५८/०५९)
​ बसुन्धरा चौकी, काठमाडौँ, नेपाल
​ फोन: +९७७-१-४९५३२५२, ४९६४६५९
​ मोबाइल: ९८०१००४३४५, ९७७-९८०१००४३४५
​ भ्रम र दलालहरूको प्रलोभनमा नपरौं, सुरक्षित र नि:शुल्क वैदेशिक रोजगारीको लाभ उठाऔं!
(स्रोतः वैदेशिक रोजगार विभाग, LT No. 342257)

03/06/2026

नेपाली राजनीतिको सबैभन्दा ठूलो ढोंग!
हिजो कट्टर काङ्ग्रेस भएर हिँड्यो। बिस्तारै कम्युनिष्ट भयो—कहिले माओवादी त कहिले एमालेको झण्डा बोक्यो। तिनै पुराना नेताहरूलाई ३०औं वर्ष सत्तामा टिकाउन र देश यो अवस्थामा पुर्‍याउन उनीहरू कै मुख्य भूमिका रह्यो।
फेरि फेसन आयो र आफूलाई 'स्वतन्त्र' घोषणा गर्यो। अहिले नयाँ जेन्जी (Gen Z) आन्दोलन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कट्टर अन्धभक्त भएको छ।
अनि अचम्म त के छ भने, आज त्यसैले अरूलाई प्रश्न गर्छ—"तिम्रा बाहरुले ३५ वर्ष सम्म देश लुटे!"
ए साथी, हिजो ती नेताहरुलाई सत्तामा पुर्‍याउने र लुट्ने लाइसेन्स दिने तिमी नै होइन? पार्टी फेरिँदैमा हिजोको पाप पखालिँदैन। नेपालमा पार्टी र झण्डाहरू मात्र फेरिएका हुन्, अन्धभक्त र चाटुकारहरूको प्रवृत्ति हिजो पनि त्यही थियो, आज पनि त्यही छ!
#नेपालीराजनीति #अन्धभक्त #प्रवृत्ति

प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेशी जनताले धन्यवाद दिनु पर्ने हुन्छ । बेलायतको रोहबरमा सीमाको पुनरावलोकन गर्ने हो भने १...
02/06/2026

प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेशी जनताले धन्यवाद दिनु पर्ने हुन्छ । बेलायतको रोहबरमा सीमाको पुनरावलोकन गर्ने हो भने १८१६ को बेलायत-नेपाल सन्धिसम्म जानु पर्ने हुन्छ, जसअनुसार दुई लाख रुपैयाँको बदलामा मधेशको भूभाग नेपाललाई सुम्पिएको थियो । सन् १९५० को नेपाल-भारत मैत्री संधि अनुसार त्यो सन्धि खारेज हुने हो भने मधेश स्वतः स्वतन्त्र हुनेछ ।

- CK Raut

गलत लाई गलत सही लाई सही भन्न सक्ने व्यक्ति हुनु पर्छ । बालेन साह को भनाई प्रती आशिका तामाङ को यस्तो टिप्पणि ✍️👉 प्रधानमन...
01/06/2026

गलत लाई गलत सही लाई सही भन्न सक्ने व्यक्ति हुनु पर्छ । बालेन साह को भनाई प्रती आशिका तामाङ को यस्तो टिप्पणि ✍️👉 प्रधानमन्त्री ज्यु ले नेपाल ले भारत को भुमि कहाँ कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैंभरि म लगायत हामी नेपालीहरु ले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियोे तर आज बाट हामि ले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौं ! जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरा मा हामी विश्वस्त छौं।

31/05/2026

पहीला भारतले नेपाल को भूमि मिचेको बिस्तारबाद भारत भनिन्थ्यो अब त बिस्तारबाद आफै नेपाल पनि रहेछ । त्यत्रो ठूलो भारतकाे भूमि मिच्न सक्ने नेपाल कम हो

बालेन साहले नेपाल ले पनि भारतकाे भूमि मिचेको छ । भनाई भाईरल भएपछी कभिर ढुंगाना लेख्छन् 👉 म प्रधानमन्त्री भएपछि मात्रै था...
31/05/2026

बालेन साहले नेपाल ले पनि भारतकाे भूमि मिचेको छ । भनाई भाईरल भएपछी कभिर ढुंगाना लेख्छन् 👉 म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाए हामीले पनि भारतको जमिन मिचेका रहेछौं! बालेन साह....✍️
हो, हो प्रधानमन्त्री ज्यु हामीले भारतको धेरै जमिन मिचेका छौं!
- भारतको बिहार राज्यमा पर्ने काठमाडौ शहर हामीले नै मिचेका छौँ
- भारतको उडिसा राज्यमा पर्ने चन्द्रागिरी हिल्स हामीले नै मिचेका हौं
- भारतको कर्नाटक राज्यमा पर्ने हलेसी मन्दिर हामीले नै मिचेका छौँ
- भारतको UP राज्यमा पर्ने सगरमाथा हामीले नै मिचेका छौँ
- भारतको ब्याँङ्गलोरमा पर्ने ठमेल शहर हामीले नै कब्जा गरेका छौँ !!

भयो प्रधानमन्त्री ज्यु, तपाईं बोल्नु भन्दा नबोलेकै राम्रो रैछ !!😷

भारत खुशी छ
31/05/2026

भारत खुशी छ

समय बदलिएको छ, जिम्मेवारी बदलिएको छ, तर प्रश्न उही छ! 🇳🇵​कुनै बेला काठमाडौँ महानगरको मेयर हुँदा कार्यकक्षमा 'ग्रेटर नेपा...
31/05/2026

समय बदलिएको छ, जिम्मेवारी बदलिएको छ, तर प्रश्न उही छ! 🇳🇵
​कुनै बेला काठमाडौँ महानगरको मेयर हुँदा कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा झुण्ड्याएर राष्ट्रियताको सेन्टिमेन्ट जगाउने बालेन शाह आज देशको प्रधानमन्त्री बनेर देशको बागडोर सम्हालिरहेका छन्। हिजो महानगरमा ग्रेटर नेपाल को नक्साको फोटो झुण्ड्याउने तर आज सिंगो देशको कार्यकारी प्रमुख भएर संसद्को रोस्टमबाट देशको भूगोल र स्वाभिमानको रक्षा गर्नु उनको मुख्य दायित्व हो।
​तर विडम्बना! त्यही संसद्को रोस्टम जहाँबाट देशको हितमा आवाज उठ्नुपर्ने हो, "नेपालले नै भारतको जग्गा मिचेको छ" भन्दै छिमेकीको वकालत गर्न व्यस्त छन्।
​हिजो मेयर हुँदा नक्साको राजनीति आज प्रधानमन्त्रीको कुर्सीमा बसेर बालेनले सीमा विवाद र यस्ता राष्ट्रघाती अभिव्यक्तिको कस्तो जवाफ जनताले अब संसद्को रोस्टम र सरकारको कदम दुवैलाई नजिकबाट नियालिरहेका छन्।
​ #बालेन_शाह #प्रधानमन्त्री #संसद्_बहस #नेपाल_नक्सा #सीमा_विवाद

मलेसियाको DHL कम्पनीमा शून्य लागत (Zero Cost) मा वैदेशिक रोजगारीको ठूलो अवसर! 🇲🇾✈️​मलेसियाको प्रतिष्ठित कम्पनी DHL SUPPL...
30/05/2026

मलेसियाको DHL कम्पनीमा शून्य लागत (Zero Cost) मा वैदेशिक रोजगारीको ठूलो अवसर! 🇲🇾✈️
​मलेसियाको प्रतिष्ठित कम्पनी DHL SUPPLY CHAIN SDN. BHD. मा नेपाली श्रमिकहरूका लागि पूर्णतया शून्य लागत (Absolutely Zero Cost Recruitment) अन्तर्गत २०० जना पुरुष कामदारको माग आएको छ।
​यो माग Ethical Recruitment अन्तर्गत रहेकाले भिसा, टिकट, मेडिकल, बिमा लगायतका सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने छ। इच्छुक साथीहरूले समयमै अनलाइन फारम भरेर अवसरको फाइदा उठाउनुहोला।

​ कामको पद: सामान्य कामदार / पी.ओ. (General Worker / Goods Transport & Warehouse)
​ माग सङ्ख्या: २०० जना (पुरुष मात्र)
​ मासिक तलब: १७०० मलेसियन रिंगिट (नेपाली रुपैयाँ करिब ६५,५१८/-)
​ न्यूनतम योग्यता: SLC/SEE उत्तीर्ण (साधारण अंग्रेजी बुझ्न, लेख्न र बोल्न सक्ने)
​ करार अवधि: २ वर्ष
​ काम गर्ने स्थान: शाह आलम, सेलाङ्गोर, मलेसिया (Shah Alam, Selangor)
​अन्तर्वार्ता र आवेदन तालिका:
​ अनलाइन फारम भर्ने अन्तिम मिति: २०८३ जेठ १७ गते (३१ मे २०२६) दिउँसो २:०० बजेसम्म मात्र।
​प्रि-अन्तर्वार्ता (Pre-selection): २०८३ जेठ २१ र २२ गते (3rd & 4th June 2026) -> IMR कार्यालय, ग्वार्को, ललितपुर।
​फाइनल अन्तर्वार्ता (Final Interview): २०८३ जेठ २३ देखि २५ गतेसम्म (5th–7th June 2026) -> अर्याल इन्टरनेसनल होटल, नयाँ बानेश्वर, काठमाडौँ।
​ विशेष सूचना: प्रि-अन्तर्वार्तामा पास भएका उम्मेदवारले मात्र फाइनल अन्तर्वार्तामा भाग लिन पाउनेछन्। यस भर्ना प्रक्रियामा कुनै पनि एजेन्ट वा मध्यस्थकर्ता नभएकाले कसैलाई पनि रकम नबुझाउनुहोला।
​ थप जानकारीका लागि सिधै मेनपावरमा सम्पर्क गर्नुहोस्:
​ मेनपावर कम्पनी: इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा. लि. (IMR), ग्वार्को-७, ललितपुर
​ फोन नम्बरहरू: 01-5204346, 5204347, 5204348
​ मोवाइल नम्बर: +977 9801031546 (बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म)
​ #वैदेशिक_रोजगारी

Address

Salyan
Salyan
22202

Website

Alerts

Be the first to know and let us send you an email when TK khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TK khabar:

Share

Category