14/11/2026
यमपञ्चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । बाराको निजगढ–८ खयरघारी स्थित बकैया किनार छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठ पूजाका लागि पोखरी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् । प्रवेशद्धार सहित आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।
यसैगरी बकैया छठघाटलाई बेहुली झैं सिंगारिएको छ । छड घाटमा टेन्ट र बत्ती राख्ने काम लगभग सकिएसँगै ९० प्रतिशत काम सकिएको निजगढ छठ पूजा समितिका अध्यक्ष साहले बताएका छन् ।
छठ पूजाका लागि भोली विहान पोखरी क्षेत्रको अन्तिम सरसफाइ गरिने भएकाले श्रद्धालुलाई सहभागिताका लागि अध्यक्ष साहले आग्रह गरेका छन् ।
पाँच हजार बढी दर्शनार्थी आउने अनुमान गरिएको छठ घाटमा पाँच सय ब्रतालुका लागि पूजाको लागि बस्ने व्यवस्थापन गरिएको छ ।