GM Podcast

GM Podcast Hello Everyone Wellcome to my Page.
(8)

06/13/2026
काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो!🥲 काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रब...
06/12/2026

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो!🥲
काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो बनेपाबाट रोशी–खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको पूर्व अरनिको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेशीबाट प्रहरी नायब निरीक्षक गणेश श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेक्वा काभ्रेका सुरक्षाकर्मीहरू समेत खटिएका थिए।

उद्धार गरिएका १६ जना घाइतेलाई एम्बुलेन्स तथा प्रहरीको सवारी साधनमार्फत उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।🥲🥲🥲🥲👇👇
Sad news.

दुखद खबर: मलेसियमा एक नेपालीको मृत्यु!🥲🥲👇 पाँचथरका मनकुमार राई विगत करिब ८/९ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिय...
06/12/2026

दुखद खबर: मलेसियमा एक नेपालीको मृत्यु!🥲🥲👇

पाँचथरका मनकुमार राई विगत करिब ८/९ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका थिए। पछिल्लो केही महिनादेखि उनी अवैधानिक (इलिगल) रूपमा बस्दै आएको बताइएको छ। यसैबीच उनको निधन भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत परिवारको खोजी गरिएको थियो।

हाल मृतकका परिवारजनसँग सम्पर्क भइसकेको र आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको सम्बन्धित स्रोतले जनाएको छ। नेपाली दूतावास, स्थानीय प्रशासन तथा विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाइएको छ।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै धेरै नेपालीहरूले परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, परिवारसम्म सूचना पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति समेत आभार व्यक्त गरिएको छ — in Kuala Lumpur, Malaysia.

Sad news🥲🥲🥲

अत्यन्त दुखद खबर !🥲🥲🥲🥲 सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं ४ स्थायी घर भएका ( पूर्व जनमुक्ति सेना नेपाल का सदस्य ) ट्र...
06/12/2026

अत्यन्त दुखद खबर !🥲🥲🥲🥲
सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं ४ स्थायी घर भएका ( पूर्व जनमुक्ति सेना नेपाल का सदस्य ) ट्रक व्यवसायी चन्द्र प्रकाश बस्नेत को रोल्पामा दुर्घटनामा परि मृत्यु भएकोे खबर प्राप्त भएको छ ।👇👇👇👇👇🥲🥲🥲

बिहान अं. ०७:३० बजे भएको उक्त दुर्घटना माडी गाउँपालिका वडा नं १ मा भएको र अहिले प्रहरी र स्थानीय हरु त्यहाँ पुगिसकेको चालक भने सिसा फोडेर भाग्न सफल भएको

Copy: Dipak Khadka Facebook

साचिकै निर्मला पन्तले अब न्याय पाउछिन त? 👇👇गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको ह*त्या प्रकरणमा उठिर...
06/10/2026

साचिकै निर्मला पन्तले अब न्याय पाउछिन त? 👇👇
गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको ह*त्या प्रकरणमा उठिरहेको जनआवाजप्रति सरकार गम्भीर रहेको बताएका छन्।

उनले भने, “निर्मला पन्त हत्या प्रकरणमा जोसुकै दोषी भए पनि कानुनी दायरामा ल्याइनेछ। कुनै पनि प्रभाव वा दबाब स्वीकार गरिने छैन,” साथै प्रकरणको निष्पक्ष र गहिरो अनस*न्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उनले बताए।

गृहमन्त्री गुरुङका अनुसार पी*डित परिवारलाई न्याय दिलाउनु सरकारको मुख्य प्राथमिकता हो र छानबिनमा कमजोरी देखिएमा जिम्मेवार व्यक्तिमाथि समेत कारबाही गरिनेछ।

तपाइलाइ कुन मन पर्छ त?👇👇
06/10/2026

तपाइलाइ कुन मन पर्छ त?👇👇

दुखद खबर: बर्खे खोलाले बगाउँदा दुइ नाबालकको मृत्यु!🥲👇 रोल्पाको गंगादेव ६ रातामाटामा दुइ बिधार्थी स्कुल बाट घर फर्किने क्...
06/03/2026

दुखद खबर: बर्खे खोलाले बगाउँदा दुइ नाबालकको मृत्यु!🥲👇

रोल्पाको गंगादेव ६ रातामाटामा दुइ बिधार्थी स्कुल बाट घर फर्किने क्रममा बर्खे खोलाले बगाएपछी दुवैजनाको दुखद निधन भएको छ!🥲
Sad news Rolpa

इतिहासको का!लो दिन: आजकै दिन, २५ वर्षअघि पूर्वराजा वीरेन्द्रको वंश विनाश भएको थियो। 💔हार्दिक श्रद्धाञ्जली व्यक्त गरौं 🇳🇵...
06/02/2026

इतिहासको का!लो दिन: आजकै दिन, २५ वर्षअघि पूर्वराजा वीरेन्द्रको वंश विनाश भएको थियो। 💔
हार्दिक श्रद्धाञ्जली व्यक्त गरौं 🇳🇵🙏❤️💐😭
Sad

कर्णाली नदिको खोचमा तीन दीनदेखी फसेको गाइलाइ उद्दार गरेकोमा त्याहाका स्थानिय युवाहरुलाइ धेरै धेरै धन्यवाद छ।❤️🙏🏻
05/29/2026

कर्णाली नदिको खोचमा तीन दीनदेखी फसेको गाइलाइ उद्दार गरेकोमा त्याहाका स्थानिय युवाहरुलाइ धेरै धेरै धन्यवाद छ।❤️🙏🏻

अत्यन्तै दुखद खबर:🥲 सुनौलो भविष्यको सपना बोकेर अष्ट्रेलिया पुगेकी नेपाली चेली सुष्मा कोइरालाको असामयिक निधनको खबरले यतिब...
05/28/2026

अत्यन्तै दुखद खबर:🥲 सुनौलो भविष्यको सपना बोकेर अष्ट्रेलिया पुगेकी नेपाली चेली सुष्मा कोइरालाको असामयिक निधनको खबरले यतिबेला नेपाली समुदाय स्तब्ध बनेको छ।

अष्ट्रेलियाको एडिलेड सहरमा अध्ययन र भविष्य निर्माणको यात्रामा रहेकी सुष्माको जेठ १२ गते मंगलबार निधन भएको हो। यो दुःखद खबरपछि अष्ट्रेलियामा रहेका नेपालीहरू मात्रै होइन, नेपालमा रहेका आफन्त र चिनेजानेकाहरू पनि शोकमा डुबेका छन्।

श्रीमान विक्रम अर्यालले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भावुक शब्दले धेरैको मन छोएको छ। परिवारको सुखद भविष्यको सपना बोकेर परदेश पुगेकी सुष्माको यस्तो असमयमै भएको विछोडले सबैलाई भावुक बनाएको छ।

हाल उनको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको छ भने सहयोगका लागि नेपाली समुदायले गोफन्डमार्फत सहयोग संकलन सुरु गरेको बताइएको छ।👇👇

ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्। हार्दिक श्रद्धाञ्जली.🥲🥲

Sad news

Address

Rukumkot
Austin, TX
22002

Website

Alerts

Be the first to know and let us send you an email when GM Podcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GM Podcast:

Shortcuts

Share