09/09/2026
रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु संकटको असमान प्रभावका रूपमा बुझ्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै लामिछानेले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए। साथै, बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार गम्भीर र प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
#रवि_लामिछाने #रास्वपा #भोटेकोशी_बाढी #जलवायु_न्याय #जलवायु_संकट #बाढीपीडित #राहत #पुनर्स्थापना #नेपाल