Kanxa

Kanxa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kanxa, Taplejung.

यस्तो बन्यो बालेन शाह सरकारको १५ सदस्यीय मन्त्रीमण्डलबालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । शुक्रबार...
27/03/2026

यस्तो बन्यो बालेन शाह सरकारको १५ सदस्यीय मन्त्रीमण्डल

बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । शुक्रबार प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रिहरूको शपथग्रहण समेत सम्पन्न भएको छ ।

बालेन शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका छन् । अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल र सुनिल लम्साल भौतिक, पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री बनेका छन् ।

त्यस्तै विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री, खड्गराज (गनेस) पौडेल पर्यटनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री, विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री र प्रतिभा रावल सामान्य प्रशासनका साथै भूमि व्यवस्थामन्त्रीमा नियुक्त भएकी छिन् ।

यसैगरी सोबिता गौतम कानुन न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि पशुपन्छी, वन तथा वातावारणमन्त्री, दीपक शाह श्रम तथा रोजगारमन्त्री र सिता बादीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन् ।

हिउँ परेपछिको चाररातेको बिहानतस्विर- बिमल गुरुङ/kenjokhabar
25/02/2026

हिउँ परेपछिको चाररातेको बिहान
तस्विर- बिमल गुरुङ/kenjokhabar

Hot Topic 🔥🔥Now choice is yours 🙏🙏🙏 ***n
17/01/2026

Hot Topic 🔥🔥

Now choice is yours 🙏🙏🙏

***n

१. मानिसको DNA लगभग 99.9% समान हुन्छ।विश्वभर करोडौं मानिस छन्, तर हाम्रो DNA लगभग 99.9% समान छ। के तपाईंलाई थाहा छ? फरक ...
06/01/2026

१. मानिसको DNA लगभग 99.9% समान हुन्छ।
विश्वभर करोडौं मानिस छन्, तर हाम्रो DNA लगभग 99.9% समान छ। के तपाईंलाई थाहा छ? फरक त केवल ०.१% मा मात्र हुन्छ, जसले हाम्रो छालाको रंग, शरीरको बनावट, सोच्ने तरिका, भाषा र संस्कृतिलाई छुट्टाछुट्टै बनाएको छ। यसैले हामी भिन्न देखिए पनि हामी सबै एउटै मूलबाट आएका हौं भन्ने प्रमाण यही हो।

२. हावामा उड्ने माछा (Flying Fish) ४५ सेकेन्डसम्म पानी बाहिर रहन सक्छ।
समुद्रभित्र बस्ने माछा हावामा उड्छ भन्ने सुन्दा अचम्म लाग्छ। तर यो सत्य हो। फ्लाइङ फिसले आफ्नो पखेटा जस्तै फिन प्रयोग गरेर ४५ सेकेन्डसम्म पानी बाहिर रहन सक्छ। यो प्रकृतिको एउटा अद्भुत चमत्कार हो। समुद्रमा शत्रुबाट बच्न वा टाढासम्म पुग्न यसले यो क्षमताको प्रयोग गर्छ।

३. कमिला १०० गुणा आफ्नो शरीरको तौल उठाउन सक्छ।
सानो आकारको कमिला देख्दा सामान्य लाग्छ, तर यसको सामर्थ्य असाधारण हुन्छ। आफ्नो शरीरभन्दा सय गुणा बढी भारी तौल उठाउन सक्ने शक्ति कमिलामा हुन्छ। मान्छेले कमिलाजस्तै अनुपातमा बल प्रयोग गर्न सके भने हामीले कार, ट्रक सहजै उठाउन सक्थ्यौं।

४. संसारमा हरेक वर्ष लाखौं टन प्लास्टिक महासागरमा फ्याँकिन्छ।
समुद्र केवल पानी मात्र होइन, जीवनको असीम स्रोत हो। तर दुर्भाग्यवश, हरेक वर्ष करोडौं टन प्लास्टिक समुद्रमा पुग्छ। यसले समुद्री जनावरको जीवन नष्ट गर्छ, पानीलाई प्रदूषित बनाउँछ, र अन्ततः त्यो प्रदूषण हाम्रो पेटमा फर्किन्छ। यो तथ्य केवल अनौठो मात्र होइन, चेतावनी पनि हो।

५. ध्रुवीय भालूको छाला कालो हुन्छ, तर रौं सेतो हुन्छ।
ध्रुवीय भालूलाई हामी सेतो देख्छौं, तर वास्तवमा यसको छाला कालो हुन्छ। रौं भने पारदर्शी हुन्छ तर प्रकाश परावर्तित हुँदा सेतो देखिन्छ। प्रकृतिले दिएको यो अद्भुत संरचना भालूलाई बरफमै लुकेर शिकार गर्न सजिलो बनाउँछ।

६. मानिसले आफ्नो जीवनकालमा लगभग २५ वर्ष निद्रामा बिताउँछ।
७५ वर्षको औसत जीवनमा २५ वर्ष केवल निद्रामा बिताइन्छ। यसको अर्थ जीवनको एक-तिहाइ भाग हामी निद्रामा बिताउँछौं। निद्रा शरीरलाई आराम दिन्छ, दिमागलाई ताजा बनाउँछ, र जीवनलाई सन्तुलनमा राख्छ। त्यसैले स्वस्थ जीवनको आधार नै पर्याप्त निद्रा हो।

७. पृथ्वीमा हरेक वर्ष करिब १६ मिलियन टन धूलो आकाशबाट झर्छ।
आकाशमा उडिरहेको धूलो, उल्का र कणहरू हरेक वर्ष पृथ्वीमा खस्छन्। करिब १६ मिलियन टन धूलो पृथ्वीले ग्रहण गर्छ। यस धूलोले वातावरणलाई असर गर्छ, कतिपय अवस्थामा जीवनलाई पनि प्रभावित गर्छ। प्रकृति निरन्तर चलायमान छ भन्ने यो प्रमाण हो।

८. साँपले आफ्नो छाला ४–६ हप्तामा फ्याँक्छ।
साँप हरेक ४ देखि ६ हप्तामा आफ्नो पुरानो छाला त्याग्छ। यसलाई "molting" भनिन्छ। पुरानो छाला फालेर नयाँ छाला आउँदा साँप ताजगी पाउँछ। यो प्रक्रियाले हामीलाई पनि एउटा पाठ दिन्छ — जीवनमा पुराना पीडा, दुःख, गल्ती त्यागेर नयाँ अध्याय सुरु गर्न सकिन्छ।

९. केही माछाहरू आफ्नो लिङ्ग परिवर्तन गर्न सक्छन्।
सामान्यतया लिङ्ग स्थायी हुन्छ भन्ने सोच हुन्छ, तर केही माछाहरूले आफ्नो जीवनकालमा लिङ्ग परिवर्तन गर्न सक्छन्। वातावरणीय अवस्था वा प्रजननको आवश्यकता अनुसार माछाले आफैंलाई रुपान्तरण गर्न सक्छ। यो प्रकृतिको अनौठो लचकता हो।

१०. धर्तीको करिब ७०% भाग पानीले ढाकिएको छ।
पृथ्वीलाई "नीलो ग्रह" भनिन्छ किनकि यसको सतहको करिब ७०% भाग पानीले ढाकिएको छ। तर अचम्मको कुरा के छ भने, यस विशाल पानीको भण्डारमध्ये मात्र ३% मिठोपानी हो, बाँकी सबै खारापानी। यसैले हामीले पानीको संरक्षण गर्नैपर्छ, किनकि जीवनको आधार नै यही हो।

यी तथ्यहरू केवल जानकारी मात्र होइनन्, जीवनका गहिरा शिक्षा पनि हुन्।
👉 DNA ले हामी सबै एउटै परिवार हौं भनेर देखाउँछ।
👉 फ्लाइङ फिसले देखाउँछ — असम्भव पनि सम्भव हुन्छ।
👉 कमिलाले सिकाउँछ — सानो भएर पनि असाधारण हुन सकिन्छ।
👉 प्लास्टिक प्रदूषणले चेतावनी दिन्छ — प्रकृतिको रक्षा गर।
👉 ध्रुवीय भालूले देखाउँछ — बाहिरी देखावट मात्र होइन, भित्र पनि बुझ।
👉 निद्राले सम्झाउँछ — विश्राम पनि जीवनको भाग हो।
👉 धूलोले देखाउँछ — प्रकृति निरन्तर गतिमा छ।
👉 साँपले सन्देश दिन्छ — पुरानो त्यागेर नयाँलाई स्वीकार गर।
👉 माछाले देखाउँछ — लचकता जीवनको सुन्दरता हो।
👉 पानीले सम्झाउँछ — जीवनको जरा नै पानी हो।

संसार रहस्यमय छ, प्रकृति अद्भुत छ, अनि हरेक दिन हामीले केही नयाँ सिक्न सक्छौं। 🌏💫

31/12/2025

🎉🎉🎉

Wow... Heart winning photo of Mt. Annapurna as seen from Madi Gaupalika. ❤️😍 Photo. Yunish Gurung/ RSS
30/11/2025

Wow... Heart winning photo of Mt. Annapurna as seen from Madi Gaupalika. ❤️😍

Photo. Yunish Gurung/ RSS

वर्षौंको कलाकारिता छाडेर समाजका लागि काम गर्न हिँडेका धुर्मुससँग यतिबेला के छ ? – रंगशाला बनाउँदा लिएको उधारो सामाग्रीको...
12/11/2025

वर्षौंको कलाकारिता छाडेर समाजका लागि काम गर्न हिँडेका धुर्मुससँग यतिबेला के छ ?
– रंगशाला बनाउँदा लिएको उधारो सामाग्रीको साढे १८ करोड ऋण छ ।
– उधारो सामाग्री दिने २४ आपूर्तिकर्ताहरुले दायर गरेको मु’द्दा छ ।
– मजदुरलाई ज्याला दिन लिइएको तीन सहकारीको १ करोड ५० लाख रुपैयाँ ऋण ।
– सहकारी सञ्चालकहरुले अनवरत दिइरहने ट’र्चर छ ।
– वर्षौको मेहनतले सिर्जना भएको करियर अर्धमृत अवस्थामा छ ।
– ताली शुन्य– जताततै गालीको वर्षा छ ।
– ‘रंगशाला बनाउँदा धुर्मुसेले पैसा खायो’ भन्ने अप्रमाणित आरोप ।
अनि रंगशाला बनाउँदा आइपरेको आर्थिक दायित्व मिलाउन सिंहदबार–मन्त्रालय–नगरपालिका र नेता कहाँ धाउँदा धाउँदा फाटेका केही जोर जुत्ता छ ।


#धुर्मुस
#सुन्तली

एउटा युवक आँखाभरि रहर बोकेर परदेश पुग्छ अनि तिनै आँखाभरि आँसु र मन भरि याद बोकेर बाँचिरहन्छ । कसैका रहरहरु पूरा हुन्छन् ...
26/10/2025

एउटा युवक आँखाभरि रहर बोकेर परदेश पुग्छ अनि तिनै आँखाभरि आँसु र मन भरि याद बोकेर बाँचिरहन्छ । कसैका रहरहरु पूरा हुन्छन् त कसैका अधुरा रहन्छन् । कोही बाकसमा रहर पूरा गर्ने धन बोकेर फर्किन्छन् त कोही बाकसमा आफ्नै जिन्दगी बन्द गरेर फर्किन्छन् !!!

📸 : S25 Ultra


12/09/2025

नेपाल प्रहरीले आन्दोलनका क्रममा घटेका विभिन्न घटना, आगजनी, लुटपाट, घटनाहरुसंग सम्बन्धिन तस्बिर भिडियो र सामाजिक सन्जालको link हरु nepalpoliceinfo@gmail. com मा send गर्न भनेको छ!

Notice in comment!

10/09/2025

डिल्लीबजार कारागारमा तनावको स्थिति, कैदीहरू निस्किन खोजेपछि यसरी रोक्यो सेनाले !!!





Via

Address

Taplejung
LIBANG

Website

Alerts

Be the first to know and let us send you an email when Kanxa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share