Tanahun Chautari

Call Contact the business

Tanahun Chautari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tanahun Chautari, Photography Videography, Tanahun, Tanahun.

लमजुङको मध्यनेपाल नगरपालिका–२, दुईपिप्लेमा अवस्थित गौरीशंकर महादेव मन्दिर। प्राकृतिक मनोरम दृश्यसँगै धार्मिक आस्थाको केन...
21/09/2026

लमजुङको मध्यनेपाल नगरपालिका–२, दुईपिप्लेमा अवस्थित गौरीशंकर महादेव मन्दिर। प्राकृतिक मनोरम दृश्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मन्दिर परिसर।
तस्बिरः —अस्विन किसोर श्रेष्ठ

व्यास–३, पञ्चमन्दिर परिसरमा निर्माणाधीन १०८ फिट अग्लो व्यासको मूर्तिको फाउन्डेसन। वर्षौँदेखि चर्चामा रहेको यो विशाल मूर्...
17/09/2026

व्यास–३, पञ्चमन्दिर परिसरमा निर्माणाधीन १०८ फिट अग्लो व्यासको मूर्तिको फाउन्डेसन। वर्षौँदेखि चर्चामा रहेको यो विशाल मूर्ति निर्माणको काम कहिले पूरा भएर यहाँ व्यासको पूर्ण स्वरूप देख्न पाइएला? स्थानीयको चासो र प्रतीक्षासँगै निर्माणाधीन संरचनाले मूर्तिको पूर्णताको पर्खाइ गरिरहेको छ।
Photo: Asbin Kisor Shrestha

ऋषिपञ्चमीको अवसरमा आज व्यास नगरपालिका–३ स्थित पञ्चमन्दिरमा महिलाहरूले सामूहिक रूपमा पूजा–आराधना गरेका छन्। तस्बिरमा महिल...
15/09/2026

ऋषिपञ्चमीको अवसरमा आज व्यास नगरपालिका–३ स्थित पञ्चमन्दिरमा महिलाहरूले सामूहिक रूपमा पूजा–आराधना गरेका छन्। तस्बिरमा महिलाहरू रातो पहिरनमा मन्दिर परिसरमा भेला भई पूजाका सामग्रीसहित धार्मिक विधिमा सहभागी भएको देखिन्छ।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीमा नेपाली हिन्दु महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गर्ने धार्मिक परम्परा छ। यस दिन स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने चलन रहेको छ।
फोटो:अस्विन किसोर श्रेष्ठ

मादीमाथि बन्दै गरेको आधुनिक ‘आर्क’ पुलतनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको आर्क प...
14/09/2026

मादीमाथि बन्दै गरेको आधुनिक ‘आर्क’ पुल
तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको आर्क पुलले क्रमशः पूर्ण आकार लिँदै गएको छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको ३१५ मिटर लामो पुलमा ६ वटा स्पान रहनेछन्। हाल पुलको निर्माण अन्तिम चरणतर्फ अघि बढिरहेको छ।
फोटो: अस्विन किसोर श्रेष्ठ

तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित माझिलाङ गाउँ। हरियाली डाँडाकाँडा र खेतीका फाँटले घेरिएको गाउँको यो दृश्यले ग्रामीण त...
13/09/2026

तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित माझिलाङ गाउँ। हरियाली डाँडाकाँडा र खेतीका फाँटले घेरिएको गाउँको यो दृश्यले ग्रामीण तनहुँको प्राकृतिक सुन्दरता प्रस्तुत गर्छ।
Pic: Asbin Kisor Shrestha

13/09/2026

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५, चापाघाटमा नाला निर्माणको काम भइरहेको छ।

व्यास–५, चिसापानीबाट देखिएको मनमोहक प्राकृतिक दृश्य। 🌿हरियालीले ढाकिएका पहाड, पहाडको काखमा रहेका बस्ती र कुहिरोले ढाकिएक...
09/09/2026

व्यास–५, चिसापानीबाट देखिएको मनमोहक प्राकृतिक दृश्य। 🌿

हरियालीले ढाकिएका पहाड, पहाडको काखमा रहेका बस्ती र कुहिरोले ढाकिएको मानहुँकोट डाँडाले चिसापानीको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ। वर्षायाममा देखिने हरियाली र कुहिरोको यो संयोजनले यहाँको ग्रामीण परिवेशलाई अझ मनमोहक बनाएको छ।

📍 चिसापानी, व्यास नगरपालिका–५, तनहुँ
📸 तस्बिर : अस्विन किसोर श्रेष्ठ

26/08/2026

धादिङको बैरेनिको अवस्था

13/08/2026

विशेष अलर्टः
⚠️ आकस्मिक बाढी तथा गेग्रान बहाव चेतावनी ⚠️
आज रातीदेखि भोलिसम्म उच्च सतर्कता अपनाऔँ।
पूर्वानुमानअनुसार आज राति र भोलि विभिन्न नदी तथा खोलानालामा आकस्मिक बाढी, गेग्रान बहाव (Debris Flow) तथा जल सतह बढ्ने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
🔴 तत्काल लागू हुने गरी भोलि बिहानसम्म आकस्मिक बाढी/गेग्रान बहावको उच्च जोखिम:
गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरू।
🔴 मध्यरातपछि भोलिसम्म उच्च जोखिम हुने जिल्लाहरू:
रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, दाङ, जाजरकोट, सुर्खेत, दैलेख तथा आसपासका जिल्लाहरू।
🟠 सावधानी अपनाउनुपर्ने जिल्लाहरू:
काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, चितवन र नवलपरासी।
🌊 भोलि र पर्सिका लागि बाढी चेतावनी:
नारायणी नदी तथा यसका प्रमुख उपजलाधारहरू- त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती, कालीगण्डकी र यी नदीका सबै उपजलाधारहरूमा बाढीको जोखिम रहेकोले सतर्क रहनुहोस्।
📢 सर्वसाधारणका लागि अनुरोध:
• नदी, खोला तथा तटीय क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस्।
• रातिको समयमा खोला/नदी तर्ने वा जोखिमपूर्ण यात्रा नगर्नुहोस्।
• बाढी, पहिरो तथा गेग्रान बहाव आउन सक्ने स्थानमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुहोस्।
• जल सतह बढेको वा बाढी आएको अवस्थामा पुल, कल्भर्ट तथा खोल्सा पार गर्ने प्रयास नगर्नुहोस्।
• स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचना र चेतावनीलाई निरन्तर पछ्याउनुहोस्।
• जोखिममा रहेका समुदायले समयमै सुरक्षित स्थानतर्फ सर्न तयार रहनुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ🙏

स्रोत : नेपाल बाढि सुचना

#बाढी_चेतावनी #आकस्मिक_बाढी #गेग्रान_बहाव
National Disaster Risk Reduction & Management Authority

तनहुँको व्यास–१४ मा रहेको आस्थाको धरोहर 🙏 छाब्दी वाराही मन्दिर 🛕प्राकृतिक सौन्दर्य र धार्मिक विश्वासले भरिएको यो ठाउँ एक...
13/08/2026

तनहुँको व्यास–१४ मा रहेको आस्थाको धरोहर 🙏 छाब्दी वाराही मन्दिर 🛕
प्राकृतिक सौन्दर्य र धार्मिक विश्वासले भरिएको यो ठाउँ एकपटक पुग्नै पर्ने गन्तव्य हो। ❤️
तस्विरः अस्विन किसोर श्रेष्ठ

📍 छाब्दी वाराही, तनहुँ

Address

Tanahun
Tanahun
33900

Telephone

+9779856043013

Website

Alerts

Be the first to know and let us send you an email when Tanahun Chautari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tanahun Chautari:

Shortcuts

Share