Santosh official

  • Home
  • Santosh official

Santosh official News and Notice
https://youtube.com/

खुर्कोटमा भर्खरै बस र विद्युतीय सवारी आपसमा ठोक्किएको छ। बागमतीप्रदेश ०३ ००१ ख २७१८ नम्बरको बस र  मधेस प्रदेश ०४ ००१ ज ०...
22/05/2025

खुर्कोटमा भर्खरै बस र विद्युतीय सवारी आपसमा ठोक्किएको छ। बागमतीप्रदेश ०३ ००१ ख २७१८ नम्बरको बस र मधेस प्रदेश ०४ ००१ ज ००६३ नम्बरको इभि गाडि एकआफसमा ठोकिएको हो । घाइतेहरूको उपचार सुनकोसी सामुदायिक अस्पतालमा भइरहेको छ। थप विवरण आउन बाँकी छ।

27/03/2025

मेरो व्याबहार राम्रो छ त भन्दिन तर तिमिले सोचेको जति खराब पनि नहुन सक्छ 😞

ज्योति मगरले लक्षित गरेकी हिंसा भोग्ने ती चर्चित गायिका एलिना चौहान भएको खुलासा भएको छ । ज्योतिले लेखेकी थिइन- ‘आज काठमा...
19/01/2025

ज्योति मगरले लक्षित गरेकी हिंसा भोग्ने ती चर्चित गायिका एलिना चौहान भएको खुलासा भएको छ । ज्योतिले लेखेकी थिइन- ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर आँसु झारिन् । उनको रगताम्मे अनुहार, आँखा र मुखभरी निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी । यस्तोसम्म भोगेँ भनिन्।’ गायिका एलिनाको केही महिना अगाडि बिष्णु सापकोटा संग बिहे भएको थियो ।😢💔

दुर्गा प्रसाईं पक्राउकेन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको ...
19/11/2024

दुर्गा प्रसाईं पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।

दुधौलि नगरपालिका वडा न  ११ तल्लो धनसरी निबासी  गोबिन्दनाथ  अधिकारी  को  आज बिहान मिलमा धान कुटाउन जादै गर्दा   ११ हजार  ...
06/11/2024

दुधौलि नगरपालिका वडा न ११ तल्लो धनसरी निबासी गोबिन्दनाथ अधिकारी को आज बिहान मिलमा धान कुटाउन जादै गर्दा ११ हजार भोल्टको बिद्युत तार खसेर करेन्ट लाग्दा घटना स्थलमै मृत्यू भएको छ।

  : डिभोर्स गरेकी श्रीमतीको घाँटी काटेर हत्या,                                 टाउको बोकेर गाउँ घुम्दै गर्दा पूर्वपति पक...
10/10/2024

: डिभोर्स गरेकी श्रीमतीको घाँटी काटेर हत्या, टाउको बोकेर गाउँ घुम्दै गर्दा पूर्वपति पक्राउ ।

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेमा एक युवतीको विभत्स हत्या भयो। २८ वर्षीया प्रमिला लामाको उनकै पूर्वपति ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङले टाउको गिँडेर हत्या गरे।
स्थानीय सम्शेर तामाङको घरमा भाडामा वस्ने र वडा कार्यालय नजिकै चिया पसल गरेर नाबालक २ छोराको पालन पोषण गर्दै आएकी प्रमिलाको हत्या र त्यसपछिको दृष्य सुन्दै मुटु हल्लाउने खालको छ। त्यसमाथि यो घट्नालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले लाईभ गरेर सन्सारलाई देखाए।
जंगवहादुरले मंगलबार साँझ करिव सवा ६ बजे प्रमिलाको घाँटी काटेर टाउको बोकेर हिडेका थिए। कपालमा समातेर प्रमिलाको टाउको तुर्लङ्ग झुण्डाएर हिडेका जंगबहादुरको पछाडि सर्वसाधारणको लर्को लाग्यो। अधिकांशको ध्यान दृष्यलाई भीडीओ गर्ने र लाईभ गर्नेमा थियो। जंगबहादुर भने अगाडि लागेर निर्धक्कसँग पूर्वपत्निको टाउको झुन्ड्याएर हिडिरहेका थिए। यत्तिकैमा कसैले घट्नाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय जलजलेको टोलीले आएर उनलाई पक्राउ गर्यो।
जानकारी अनुसार जंगबहादुरको घर उदयपुरकै ताप्ली गाउँपालिका ४ थानागाउँ हो। उनले करिव १० वर्षअघि प्रमिलासँग विवाह गरेका थिए। तर, सुरुवाती चरणदेखि नै उनीहरुको सम्वन्ध सहज रुपमा अगाडि वढ्न सकेन। जंगवहादुरले प्रमिलालाई कुटपिट गर्ने र हेला गर्न थाले। निरन्तरको यातना सहन नसकेर प्रमिलाले घर छोडिन। सदरमुकाम गाईघाट आसपासमा वसेर दुःख गर्न थालिन। यसैबीचमा उनीहरुका २ छोराको जन्म भयो। जेठा छोरा ८ वर्ष र कान्छा छोरा अहिले ४ वर्षका छन्।
दिन वितिरहेका थिए। तर, प्रमिलालाई गर्ने जंगबहादुरको ब्यवहारमा भने कुनै परिवर्तन आएको थिएन। यत्तिकैमा उनले प्रमिलासँग डिभोर्स मागे। सधैंको रडाको सहनुभन्दा प्रमिलाले पनि पतिको कुरामा सहमति जनाईन। थानागाउँका स्थानीयवासी वेदबहादुर सुवेदीका अनुसार करिव २ वर्षअघि उनीहरुले कानुनी रुपमा सम्वन्ध विच्छेद गरेका थिए।
त्यसपछि प्रमिला चिया पसल गरेर छोरा पढाउन थालिन भने जंगबहादुर रोजगारीका लागि भारततिर लागे। जंगबहादुर आउने जाने गरिरहन्थे। नेपाल आउँदा उनी प्राय प्रमिलासँगै रहन्थे। यस पटक पनि उनी १३ असोजदेखि प्रमिलासँगै वसेको खुलेको छ।
जलजलेस्थित घर मालिक र स्थानीयका अनुसार उनीहरुको बीचमा झगडा भएको थाहा थिएन। ‘छोराहरु स्कुल पुर्याउन र लिन पनि सँगै जान्थे। हामीले त छोराछोरीका कारण मिलापत्र गरेछन भनेर सोच्थ्यौं’ घर मालिक्नी महिला भन्छिन्–‘तर, किन हुन्थ्यो। उसले त मार्ने योजना नै बनाएर आएको रहेछ।’
धर्मकर्म र किर्तनका नाममा गाउँमा बज्ने माईकको आवाजले घट्ना भएको पनि कसैले थाहा नपाएको उनले जानकारी दिईन। ‘छिमेकमा वर्थडे पार्टी थियो, प्रमिला त्यही गएकी थिईन। के काम परेर घर आएको मौका पारेर टाउको गिडाई हालेछ’ घर मालिक्नी भन्छिन्–‘वर्थडे पार्टी र किर्तनको आवाजले अय्या भनेको आवाज पनि कसैले सुन्न पाएनन्।’
मान्छे गिँडेर टाउको झुन्ड्याउँदै गाउँमा पुगिसकेपछि मात्रै सवैले घट्नाका वारेमा जानकारी पाएको उनको भनाई छ। ‘पहिला पनि श्रीमती र छोरालाई देख्नै नसक्ने। कुटपिट गर्ने। कसैले मायाँ गरेर खाने कुरा वा लगाउने लुगा दिएपनि फाल्दिने, कपडा जलाई दिने गर्थ्यो अरे। अहिले यस्तो घट्ना गरायो।’– उनले भनिन्।
जंगबहादुरले प्रमिलाको हत्या गर्नुको कारण भने अझै खुलिसकेको छैन। प्रहरीले उनलाई हिरासतमा राखेर घट्नाको अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले जानकारी दिए। Sindhuli Saugat

उनी हुन १३ बर्षका आयुश घलान । उनी ठूलो भएपछी फुटबलर बन्ने सपना देखेका थिए । आफ्नो सपना पूरा गर्न एन्फा एकेडेमीमा Trainin...
30/09/2024

उनी हुन १३ बर्षका आयुश घलान । उनी ठूलो भएपछी फुटबलर बन्ने सपना देखेका थिए । आफ्नो सपना पूरा गर्न एन्फा एकेडेमीमा Training गर्दै थिए । तर हिजो सिस्नेरीमा आएको पहिरोमा परि आयुश संगै अरु ५ जना साथीहरु पुरिएर मृ'त्यु भयो । हार्दिक श्रद्धाञ्जली । 😢

Address

Sindhuli

45900

Alerts

Be the first to know and let us send you an email when Santosh official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Santosh official:

  • Want your business to be the top-listed Photography Service?

Share